राष्ट्रपतिको दिल्ली उपचार : अर्थलाई मागियो विमान भाडासहित ५५ लाख
१९ असार,काठमाडौं । परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ ।
राष्ट्रपति पौडेलाई २०८० वैशाख ६ गते श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्सबाट भारत लगिएको थियो । भारतबाट वैशाख १७ मा फर्किदा राष्ट्रपतिसहितको टोली नेपाल वायु सेवा निगमको नियमित उडानबाट आएको थियो ।
चार्टर विमान र नियमित उडानका भाडाबापत ५५ लाख २ हजार २७९ रूपैयाँ भुक्तानीका लागि परराष्ट्रले सोमबार अर्थलाई पत्राचार गरेको छ । भारतमा उपचारका क्रममा लागेको खर्च भने सरकारबाट नलिने चाहना राष्ट्रपतिले व्यक्त गरेका थिए । सो खर्च भारत सरकारले व्यहोर्ने वा दिल्लीस्थित दूतावासमार्फत नेपाल सरकारले व्यहोर्ने भन्ने औपचारिक जानकारी सरकारले दिएको छैन ।
गत वैशाख १९ गते राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचार गर्दा लागेको खर्चलाई लिएर शीतल निवासले एउटा प्रेस वक्तव्य निकाल्यो । प्रेस संयोजक खिला कार्कीले निकालेको उक्त विज्ञप्तिमा भारतको नयाँ दिल्लीस्थित अखिल नेपाल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गर्दा लागेको खर्च राष्ट्रपति आफैंले बेहोर्ने इच्छा व्यक्त गरेको उल्लेख थियो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासहितले राष्ट्रपतिले आफ्नो उपचार खर्च आफैंले ब्योहर्न तयार हुनुपर्ने सार्वजनिक टिप्पणी गरेपछि शीतल निवासबाट राष्ट्रपतिको इच्छाबारेको विज्ञप्ति आएको थियो । ‘उपचारका क्रममा भएको उपचार खर्च सम्माननीय राष्ट्रपति ज्यू स्वयम्ले बेहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ,’ कार्कील निकालेको विज्ञप्तिमा भनिएको थियो ।
हिजो मात्र नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापाले राष्ट्रपतिलाई आफ्नो उपचार खर्च आफैँ बेहोर्न आग्रह गरेका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गत वैशाख ६ गते भारत गएका राष्ट्रपति पौडेल वैशाख १७ गते स्वदेश फर्किएका थिए ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply