बाढी–पहिरोका कारण तीन राजमार्ग पूर्णरुपमा अवरूद्ध
२ साउन, काठमाडौं । बर्षासँगै गएको बाढी–पहिरोका कारण तीन वटा राजमार्ग पूर्णरुपमा अवरूद्ध बनेका छन् । १५ वटा एकतर्फी सञ्चालनमा रहेको सडक विभागले जानकारी दिएको छ ।
आज (मंगलबार) बिहान ८ः३० बजेसम्मको अद्यावधिक तथ्यांकअनुसार केचना–चन्द्रगढी–चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङ्गगोला जोड्ने मेची राजमार्गको हेवाखोलामा अवरूद्ध छ । त्यो राजमार्ग असारको पहिलो सातादेखि नै सञ्चालनमा आउन सकेको छैन ।
त्यस्तै तमोर करिडोरअन्तर्गत् चतरा–मूलघाट–माझीछार–अमरापुरडाँडा–गणेशचोक जोड्ने सडक माझीटारमा अवरूद्ध छ । त्यस्तै, बेनी जोमसोम कोरला सडक योजनाअन्तर्गत्को कालिगण्डकी करिडोर पनि बैसरी, नौनी बगर, तातोपानी, गुइँठे आदि ठाउँमा अवरूद्ध छ ।
अहिलेसम्म ९४ वटा सडक अवरूद्ध भएका र त्यसमध्ये ७६ वटा दुवैतर्फ सञ्चालनमा रहेको विभागले जानकारी दिएको छ । मनसुनजन्य विपद्का कारण राजमार्ग बिग्रिए, भत्किएर अहिलेसम्म २४ करोड ९६ लाख बराबरको क्षति भइसकेको सडक विभागको अनुमान छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply