शेखर कोइरालाको आशंका : सुन तस्करी प्रकरणमा प्रधानमन्त्रीकै संलग्नता हुन सक्छ
१८ साउन, काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले १०० किलो सुन तस्करी प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संलग्नता रहेको हुन सक्ने आशंका व्यक्त गरेका छन् ।
आज (बिहीबार) काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराएर सुन तस्करी प्रकरणको अनुसन्धान गर्नु र नेपाल प्रहरीलाई बाहिर राख्नुले आशंका उब्जिएको बताएका हुन् । सुन समातिएको हप्ता दिनअघिसम्म प्रधानमन्त्री प्रचण्डका स्वकीय रहेका (नवराज ढुंगाना) लाई राजश्व अनुसन्धानको प्रमुख बनाउनु र सुन तस्करी अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई सहभागी नगराउनुले प्रधानमन्त्रीमाथि आशंका उब्जिएको बताए ।
उनले प्रहरीलाई अनुसन्धानमा संलग्न नगराएर राजश्व अनुसन्धान विभाग मात्रै संलग्न गराउनुको कारण पत्रकारहरूले खोज्नुपर्ने बताएका छन् । उनले सुन तस्करी प्रकरणको अनुसन्धान चल्दै गर्दा अर्को प्रकरण निस्किने र सुन तस्करी प्रकरणबारे भइरहेको अनुसन्धान आझेलमा पर्ने दाबी गरे ।
कोइरालाले भुटानी शरणार्थी र ललितानिवासको जग्गा हिनामिना प्रकरण अहिले सुन प्रकरणपछि सेलाएको बताए । नेता कोइरालाले सुन प्रकरणमा माथिल्लो तहका नेताहरूको संलग्नता रहेको आशंका गर्दै घटना सामसुम बनाउने प्रयास भइरहेको बताए । उनले देशमा अराजकता र दण्डहीनता बढेको बताए । कोइरालाले मानिसको हत्या गर्नेहरूलाई राजनीतिक लेपमा छुट दिनु देशका लागि राम्रो नभएको बताए ।
नेता कोइरालाले संसद अवरोध गरेर मात्रै समस्याको समाधान नहुने बताए । उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरिरहेको प्रसंग निकाल्दै बोल्ने कुरा संसदमा बोल्दा राम्रो हुने र त्यसमा सत्तापक्षका सांसदहरूले पनि आफ्ना धारणा राख्न पाउने बताए । कुनै घटना आउने बित्तिकै शीर्ष तीन दलका नेताहरू छलफल बसिरहेकोप्रति पनि उनले आशंका व्यक्त गरे ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply