सुन प्रकरण : दुई चिनियाँ नागरिक पक्राउ
२६ साउन, काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्वीन्टल सुन तस्करी प्रकरणमा थप दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
ब्यूरोका एक अधिकृतका अनुसार, चिनियाँ नागरिक ली जिएलिन र लुई फुयान पक्राउ परेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कालोसूचीमा रहेका उनीहरु विमानस्थल पुगेपछि अध्यागमन विभागले सीआईबीका अधिकृतहरुलाई जानकारी गराएको थियो । त्यसपछि विभागबाट बुझेर उनीहरुलाई पक्राउ पूर्जी थमाइएको एक अधिकृतले बताए ।
अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, दुई चिनियाँ नागरिकको १४ साउनमा पक्राउ परेका बेल्जियन नागरिक दावा लामासँग सम्बन्ध देखिएको छ । उनले सञ्चालन गरेको ठमेलस्थित होटल भियनामा छापा मारेर दावालाई अनुसन्धान अधिकृतहरुले पक्राउ गरेका थिए ।
स्रोतका अनुसार, दावाले केही चिनियाँ नागरिकहरुलाई होटलको नाममा लिएको गाडी उपलब्ध गराएको पाइएको थियो । ती गाडी पक्राउ परेका दुई चिनियाँ नागरिकसहित अरुले प्रयोग गर्ने गरेको अधिकृतहरु बताउँछन् ।
‘उनीहरुबाट सुन प्रकरणका थप तथ्यहरु खुल्छन् भन्ने अपेक्षा हो’, एक अनुसन्धान अधिकृतले भने ।
राजश्व अनुसन्धान विभागले ३ साउनमा हङकङबाट आएको सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । लगत्तै ट्याक्सी चालक र भन्सार एजेन्ट पक्राउ परेका थिए ।
विभागले १९ दिनसम्म अनुसन्धान गरेर यसमा संगठित अपराधको कसूर आकर्षित हुने देखिएपछि थप अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई जिम्मा लगाएका थियो ।
अनुसन्धान अधिकृतहरुले यो प्रकरणमा यसअघि अर्का चिनियाँ नागरिक ज्यास्याङ लिनलाई पनि पक्राउ गरिसकेको छ । प्रहरीको विशेष ब्यूरोले उलनाई दरबारमार्ग नजिकै उत्तर ढोकामा लोकेट गरेको थियो । पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।
सम्बन्धित समाचार
-
आईएमएफको नयाँ प्रक्षेपण: नेपालको आर्थिक वृद्धि घट्ने
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
प्रहरी तथ्यांक: महिलासँगै पुरुषमाथि पनि घरेलु हिंसा बढ्दै
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
ठमेलमा अनैतिक गतिविधि नियन्त्रण: २० युगाण्डेली महिला एक वर्षका लागि प्रतिबन्धित
-
कर्णाली नदीमा डुंगा दुर्घटना: बुबा–छोरा बेपत्ता, खोजी कार्य जारी
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
६७४ थान सवारी लाइसेन्स तयार, विभागले विवरण सार्वजनिक गर्यो
-
सिद्धबाबा सुरुङ मार्ग: तीव्र गतिमा निर्माण, सुरक्षित यात्राको नयाँ युगतर्फ
Leave a Reply