कृषि समितिको सभापतिमा आरजु राणाको उम्मेदवारी
१० भदौ,काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिको सभापतिमा आइतबार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । भोलि चुनाव हुँदैछ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच समितिको सभापतिमा समहमित भएअनुसार दलहरूले सभापतिमा भागवण्डा गरेका छन् ।
यसरी कांग्रेसको भागमा परेको एउटा समितिको हो – कृषि । सो समितिको सभापतिमा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको उम्मेदवारी परेको छ । आइतबार उम्मेदवारी दर्ता गराएपछि छोटो प्रतिक्रिया दिँदै उनले आफू किसानकी छोरी भएको दाबी गरिन् । आइतबार संघीय संसद सचिवालयमा गई उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।
प्रमुख दहरुले प्रतिनिधिसभाका १० र संघीय संसदका २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबण्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
बुटवलमा तालिम, परीक्षण र उद्योगी अन्तरक्रिया एकसाथ
-
११औँ महाधिवेशनपछि पहिलो ठूलो जिम्मेवारी बाँडफाँट गर्दै एमाले
Leave a Reply