एमालेमा चर्काचर्की, ‘एकलौटी’ कार्यविभाजन प्रस्ताव
काठमाडौं । सोमबार विहान बसेको सचिवालयको बैठकमा महासचिव ईश्वर पोखरेलले कार्यविभाजनको एकलौटी प्रस्ताव पेस गरेपछि माधव नेपाल पक्ष आक्रोशित बनेको छ । दिउँसो अध्यक्ष केपी ओलीको निवासबा बाल्कोटमा बस्ने बैठकमा दुई पक्षबीच विहानझैं चर्काचर्की पर्ने भएको छ ।
पहिला सचिवालयमा छलफल नै गर्न नचाहेका महासचिव पोखरेलले सोमबार अध्यक्ष ओलीको समूहमा भएको छलफल अनुसार आफू पक्षधर नेताहरुलाई अञ्चल इन्चार्ज र महत्वपूर्ण विभाग प्रमुख प्रस्ताव गरेका छन् । स्रोतका अनुसार, एमालेका १५ अञ्चल कमिटीमध्ये वागमतीमा शेरबहादुर तामाङबाहेक अरु सबै आफू पक्षधरको नाम अघि सारिएको छ । मेचीमा हिक्मत कार्की, कोसीमा संघीय समाजवादीबाट भर्खर फर्किएका विजय सुब्बा, सगरमाथामा रामप्रित पासवान, जनकपुरमा योगनारयण यादव, नारायणीमा काशीनाथ अधिकारी, उपत्यकामा सानु श्रेष्ठ, लुम्बिनीमा रामनाथ ढकाल, गण्डकीमा मायानाथ अधिकारी, धौलागिरीमा गणेश तिम्सिना, राप्तीमा भागवत विश्वासी, भेरीमा यामलाल कँडेल, कर्णालीमा गोरखबहादुर बोगटी, सेतीमा कर्णबहादुर थापा र महाकालीमा गणेश ठगुन्नाको नाम छ । वागमतीमा पशुपति चौलागाईंलाई इन्चार्ज बनाउँ भन्दा सभासद् भएको तर्क अघि सारिएको तर सेती र महाकालीमा सभासद्लाई इन्चार्ज बनाउन खोजिएको गुनासो माधव नेपाल पक्षको छ ।
यसैगरी, उपमहासचिव घनश्याम भुसाललाई दिनुपर्ने भएपछि पार्टी स्कुल विभाग अध्यक्ष ओली स्वयम्ले राखेर शंकर पोखरेललाई उपप्रमुख बनाउने प्रस्ताव गरिएको छ भने संगठन विभागमा पृथ्वी सुब्बा गुरुङ, सचिवालय सचिवमा प्रदीप ज्ञवाली, राजकीय मामिला भीम आचार्य, मोर्चा गोकर्ण विष्ट र प्रचारमा योगेश भट्टराईलाई प्रस्ताव गरिएको छ ।
केन्द्रीय कार्यालयमा सचिवमा कृष्णगोपाल श्रेष्ठ, आर्थिक विभागमा विष्णु रिमाल, युवा संघको इन्चार्जमा निरु पाल, विद्यार्थीमा रविन्द्र अधिकारीलगायतको नाम छ ।
असन्तुष्ट पक्षले कार्यविभाजनको प्रस्ताव एकपक्षीय र गुटगत हिसावले आएको भन्दै तीब्र आक्रोश जनाएको छ । बैठकमै सचिव योगेश भट्टराईले ‘तपाईंले लडाइँको मोर्चा खोल्नुभयो, हामी जुनसुकै हिसावमा तयार छौं’ भन्ने चुनौती दिएका थिए भने उपमहासचिव भुसालले ‘यति गुटगत रुपमा प्रस्ताव आउला भन्ने अपेक्षा नै गरेका थिएनौं, तपाईंहरुको आत्माले शान्ति पाओस्’ भन्न भ्याएका थिए । जतिसुकै चर्को विरोध भए पनि जवाफमा महासचिव पोखरेलले एक शब्द पनि आफ्नो प्रस्तावको डिफेन्ड नगरेको एक नेताले बताए ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply