एमालेको विभागमा सचिव छानिादै
काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय विभागहरूले सर्वसम्मत रूपमा पूर्णता पाएसागै अब ती विभागमा सचिव छनोट सुरु हुने भएको छ । विभागमा परेका धेरै सदस्य काठमाडौं बाहिर रहेकाले अब चााडै उनीहरूलाई काठमाडौं बोलाएर सचिव छनोट प्रक्रिया अघि बढाउने बुझिएको छ ।
३१ वटा विभागमध्ये दुईवटामा यसअघि नै केन्द्रीय कमिटीले सचिव तोकिसकेको छ भने बााकी २९ विभागले चााडै बैठक बसेर सदस्यहरूमध्येबाट सचिव चयन गर्नेछन् । अध्यक्ष केपी शर्मा ओली प्रमुख रहेको पार्टी स्कुल विभागमा पहिले नै केन्द्रीय सदस्य ईश्वरी रिजाललाई सचिवको जिम्मेवारी तोकिएको छ भने पृथ्वीसुब्बा गुरुङ प्रमुुख रहेको संगठन विभागमा पनि केन्द्रीय सदस्य ज्ञानबहादुुर भुजेललाई सचिवको जिम्मा दिइएको छ ।
पोलिटब्युरो सदस्य विष्णु रिमाल प्रमुख रहेको आर्थिक विभागले पूर्णता पाएको छैन । २५ सदस्य रहनुपर्ने यो विभागमा अहिले कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठ र लेखा शाखा प्रमुख खेमराज पौडेल पदेन सदस्य छन् । यसअघि पनि सचिव रहेका पौडेललाई नै सचिव बनाउने तयारी छ ।
स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे प्रमुख रहेको अर्थ योजनामा डा. गोविन्दबहादुर थापा र कृष्ण पन्तमध्ये एकलाई सचिव बनाउने तयारी भएको बुझिएको छ । अर्का स्थायी समिति सदस्य मुकुन्द न्यौपाने प्रमुख रहेको उद्योग तथा वाणिज्य विभागमा श्रीचन्द्र शर्मा सचिव हुने पक्कापक्कीजस्तै छ । केन्द्रीय सदस्य घनेन्द्र बस्नेत प्रमुख रहेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभाग सचिवमा प्रयाग खड्काको सम्भावना रहेको बताइन्छ । यो विभागको सचिव बन्न मकवानुपरका सांसद सुवासचन्द्र ठकुरी र अधिकारकर्मी ज्योति बानियाा पनि इच्छुक देखिएका छन् ।
केन्द्रीय सदस्य ठाकुर गैरे प्रमुख रहेको कृषि तथा भूमिसुधार विभागको सचिवमा पूर्वविद्यार्थी नेता लक्ष्मण लम्सालको नाम चर्चामा छ भने पोलिटब्युरो सदस्य रघु पन्त प्रमुख रहेको कानुन तथा न्याय विभागमा यसअघिका सचिव वामदेव ज्ञवाली नै दोहोरिने सम्भावना बलियो रहेको बुझिएको छ ।
जलस्रोत तथा ऊर्जा विभाग सचिवमा महेश बस्नेत सचिव बन्ने सम्भावना छ । युवा संघका पूर्व अध्यक्ष र पूर्वमन्त्रीसमेत रहेका बस्नेतलाई यसअघि कर्ण थापा प्रमुख रहेको खेलकुद विभागमा राखिए पनि उनले त्यो विभागमा नबस्ने सार्वजनिक रूपमा बताएपछि उनलाई पोलिटब्युरो सदस्य प्रदीप नेपालले आफ्नो विभागमा ल्याएका हुन् । सचिव योगेश भट्टराई प्रमुख रहेको प्रचार विभागको सचिवमा राजेन्द्र अर्याल, गगन विष्ट र विष्णु रिजाल चर्चामा छन् । पोलिटब्युरो सदस्य काशीनाथ अधिकारी प्रमुख रहेको पुस्तकालय तथा अभिलेख विभागमा रामचन्द्र बोहरालाई सचिव बनाउने बुझिएको छ ।
पोलिटब्युरो सदस्य डा. विजय पौडेल प्रमुख रहेको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको सचिव पूर्वविद्यार्थी नेता मोहन गौतमको सम्भावना बलियो छ भने युवा तथा खेलकुद विभागमा अर्का पूर्वविद्यार्थी नेता किशोरविक्रम मल्ल र दामोदर अर्यालको नाम पनि चर्चामा छ ।
सचिव भीमप्रसाद आचार्य प्रमुख रहेको संघीय मामिलामा गणेश बीके, पोलिटब्युरो सदस्य तुलबहादुर गुुरुङ प्रमुख रहेको राष्ट्रिय हित सुरक्षा प्रवद्र्धनमा पूर्वविद्यार्थी नेता सोभियत ढकाल र पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी प्रमुख रहेको वन तथा वातावरणमा ध्रुव चौलागाईंको नाम सचिवका लागि पहिलो नम्बरमा रहेको छ । पोलिटब्युरो सदस्य डा. वंशीधर मिश्र प्रमुख रहेको विज्ञान तथा प्रविधी विभागमा शालिग्राम पराजुली र रोमकान्त पाण्डेमध्ये एकजना सचिव बन्दै छन् भने वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख रहेको वैदेशिक मामिला विभागमा यादवचन्द्र शर्मा सचिव हुादै छन् । पोलिटब्युरो सदस्य गंगालाल तुलाधर प्रमुख रहेको शिक्षा तथा मानवस्रोत विभागमा पासाङ दोर्जी शेर्पाको सम्भावना बलियो छ भने अर्का पोलिटब्युरो सदस्य पशुपति चौलागार्इं प्रमुख रहेको सहकारी तथा गरिबी निवारण विभागमा केबी उप्रेती, पोलिटब्युरो सदस्य प्रकाश ज्वाला प्रमुख रहेको श्रम तथा रोजगारमा युवासंघका पूर्वमहासचिव निरज आचार्य, पोलिटब्युरो सदस्य परशुमेघी गुरुङ प्रमुख रहेको संघीय मामिलामा शिव गुरुङ, स्थायी समिति सदस्य किरण गुरुङ प्रमुख रहेको सामाजिक सेवा विभागमा लालकुमार केसी वा जुद्धबहादुर गुरुङमध्येबाट र केन्द्रीय सदस्य ममता गिरी प्रमुख रहेको सामान्य प्रशासन विभागमा धनकुमारी सुनार सचिव बन्ने सम्भावना छ । पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे प्रमुख रहेको निर्वाचन विभागमा बाबुराम दाहाल, पोलिटब्युरो सदस्य श्रीमाया थकाली प्रमुख रहेको सहरी विकासमा मोतीप्रसाद पौडेल, केन्द्रीय सदस्य सूर्य थपा प्रमुख रहेको पर्यटन प्रवद्र्धनमा राजेन्द्र सापकोटा, केन्द्रीय सदस्य खगेन्द्र राई प्रमुख रहेको संस्कृतिमा भिक्टर प्रधानको नाम सचिवका लागि चर्चामा छ । केन्द्रीय सदस्य सुजिता शाक्य प्रमुख रहेको स्वास्थ्य विभागमा भक्तिमान सुब्बा र डा. झलक गौतममध्ये एक सचिव बन्ने भएका छन् । यो विभागमा सुब्बाको तेस्रो कार्यकाल भएको र राष्ट्रिय स्वास्थ्यकर्मी संघका अध्यक्ष पनि भएकाले वरिष्ठताका हिसाबले पनि उनकै सम्भावना बलियो रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply