यसरी बन्दै छ न्यायालय राजनीतिक चलखेलको मैदान
काठमाडौं । उच्च अदालतका ८० न्यायाधीश नियुक्ति प्रकरणलाई लिएर सरकारका कानुनी सल्लाहकार महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनले न्यायालयलाई ‘राजनीतिक मैदान’ बनाउन खोजेपछि अधिकांश कानुन व्यवसायी रुष्ट हु“दै गएका छन् ।
खासगरी नियुक्तिमा केही व्यक्तिको स्वार्थ पूर्ति नभएको कुरालाई प्रधानन्यायाधीश सुशीला कार्कीस“ग ‘इगो’ सा“धेर उनीस“ग पौंठेजोरी खेल्न खोजिएपछि धेरै कानुन व्यवसायीहरू रुष्ट बन्दै गएका हुन् । प्रधानन्यायाधीश कार्कीस“ग दोस्रो मर्यादामा रहेका न्यायाधीश गोपाल पराजुलीको ‘उमेर विवाद इगो’ लाई समेत बार एसोसिएसनले न्यायाधीश नियुक्ति प्रकरणस“ग अप्रत्यक्ष रूपमा जोडेर आन्दोलन सुरु गरेपछि न्यायालयमा निकै ठूलो राजनीतिक चलखेल भइरहेको टिप्पणी हुन थालेको छ ।
तर, आश्चर्यको विषय त यो छ कि न्यायालयलाई सकेसम्म विवादमुक्त बनाएर न्यायिक पहु“च अभिवृद्धि गर्ने उद्घोषसहित काम गरिरहेकी पहिलो महिला प्रधानन्यायाधीश कार्कीलाई न्यायपरिषद्मा निरीह साबित गर्दै न्यायाधीश नियुक्तिमा पार्टीकरण गर्न जुन व्यक्ति र प्रवृत्ति सफल भए, तिनै लबीका व्यक्ति र प्रवृत्तिहरू उनलाई थप असफल बनाउन उद्यत देखिएका छन् । जबकि, परिषद् बैठकबाट बाहिरिएका बार एसोसिएसनको सिफारिसमा सदस्य बनेका कांग्रेसनिकट रामप्रसाद सिटौलाको असहयोग, वरिष्ठतम न्यायाधीश वैद्यनाथसिंह उपाध्यायको अनुपस्थितिका बाबजुद परिषद्बाट कांग्रेसको सिफारिसमा १५ जना तथा माओवादी केन्द्रबाट १२ जना न्यायाधीश नियुक्तिमा परेको विषयले न्यायिक क्षेत्रमा भएका बहसले दुई साताभन्दा बढी गर्माएको थियो ।
१० वर्षदेखि कांग्रेसको जिल्ला कार्यसमितिको नेतृत्व सम्हालेकादेखि कांग्रेस नेताकै भतिज र आफन्तहरूसमेत अन्तिम घडीमा दबाब र प्रभावमा उच्च अदालतको न्यायाधीश बन्न सफल भएका थिए । धेरै सक्षम हु“दाहु“दै जम्मा चारजना मात्रै एमालेनिकट वकिलहरू न्यायाधीश बने । अर्घाखा“ची कांग्रेसका सचिव वासुदेव आचार्य वकालती पेसामा टिक्न नसकेर १० वर्ष पहिल्यैबाट जिल्ला राजनीतिमा सक्रिय थिए । तनहु“का हरिप्रसाद पौडेल पनि कांग्रेसमै सक्रिय थिए । तर, ती दुवै नेताहरूकै आशीर्वादमा न्यायाधीश बन्न सफल भए । त्यति मात्रै होइन, गृहमन्त्री विमलेन्द्र निधिको भतिजादेखि नेता खुमबहादुर खड्काका आफन्तहरू पनि सूचीमा समेटिएको विषयले निकै चर्चा पायो । तर, सिफारिसमा सभापति शेरबहादुर देउवाको हालीमुहाली भए पनि पार्टीमा विरोध नहोस् भनेरै रामचन्द्र पौडेलका नजिकका आफन्त हरिप्रसादलाई सिफारिसमा पारिएको विषय पनि प्रकाशमा आएको थियो ।
उता, माओवादी केन्द्रका नेता वर्षमान पुनले जति पनि १२ जना न्यायाधीश पार्टीको कोटामा नियुक्त गर्न सफल भए तीस“ग कुनै साइनो–सम्बन्ध नदेखिएको झोंकमा महान्यायाधिवक्ता रमणकुमार श्रेष्ठले सरकारी वकिलहरू उचालेर इजलास बहिष्कारसम्मको घोषणा गर्न लगाए । नेता पुनले नेपाल बार एसोसिएसनमा महासचिवको उम्मेद्वार बनेका दिनमणि पोखरेलस“ग परामर्श गरेर कानुनमन्त्री अजयशंकर नायकलाई लिस्ट फाइनल गर्न निर्देशन दिएका थिए । तर, त्यो सूचीमा आफ्ना एकजना पनि नपरेको झोंकमा श्रेष्ठले सरकारी वकिलहरूलाई अन्याय गरिएको भन्दै आफैंले आन्दोलनको अगुवाइ गरे । स्रोतका अनुसार सरकारी वकिलहरूका तर्फबाट श्रेष्ठ आफूनिकटलाई न्यायाधीश बनाउन चाहन्थे, तर त्यहा“बाट विशिष्ट श्रेणीका राजेन्द्र सुवेदी बाजी मार्न सफल भए ।
उता, सर्वोच्च अदालतको न्यायाधीशमा आफू नियुक्त हुन चाहे पनि कांग्रेसको लिस्टमा नपरेको र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा पनि आफूले चाहेका व्यक्ति कोही नपरेपछि न्यायपरिषद्कै पूर्वसदस्य उपेन्द्रकेशरी न्यौपानेले बारलाई उचालेर भा“डभैलो मच्चाउन खोजेको बताइन्छ । त्यसो त उमेर हद बढाएर १० महिना प्रधानन्यायाधीश बन्ने आकांक्षामा वर्तमान प्रधानन्यायाधीश कार्की नै बाधक बनेपछि वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले पनि न्यायाधीश नियुक्ति प्रकरणमा न्यायालयलाई नै राजनीतिक मैदान बनाउने गरी बार एसोसिएसनका अध्यक्ष र पदाधिकारीहरूलाई पछाडिबाट ढाडस दिइरहेको बताइन्छ । न्यायपरिषद्को पुरानो अभिलेखमा पहिलो नागरिकताअनुसार पराजुलीको जन्ममिति २००९ साउन २१ उल्लेख गरिए पनि उमेर बढाउन उनले नागरिकता हराएको बाहनाबाजी गरी २०१० वैशाख १६ गते जन्ममिति भएको प्रतिलिपि नागरिकता पेस गरेका थिए । पुरानो कायम हु“दा ५६ दिन र नया“ कायम हु“दा १० महिना कायम हुने भएकाले उनले उमेर सच्याउन लिइएको नागरिकतालाई वैधानिकता दिने प्रयास गरे । तर, परिषद्मा प्रधानन्यायाधीश कार्कीका कारण त्यो सफल हुन नसकेका कारण पराजुलीले बारका पदाधिकारीलाई उचालेर ‘इगो’ को प्रस्फुटन घुमाउरो बाटोबाट गरिरहेका छन् । केही हप्ताअघि उनले वामपन्थी पत्रकारहरूको नेतृत्व रहेको संवैधानिक तथा कानुन पत्रकार मञ्चलाई समेत घुमाउरो बाटोबाट आफ्नो पक्षमा प्रचारका लागि प्रयोग गर्न खोजेको कुरा छताछुल्ल भएको थियो । मञ्चको नाममा गरिएको कार्यक्रममा कांग्रेसनिकट केही वरिष्ठ पत्रकार उभ्याएर उनले आफ्नो पछिल्लो उमेरको पक्षमा वकालत गर्नसमेत भ्याएका थिए । यहा“सम्म कि कार्यक्रममा सहभागी एकजना कांग्रेसनिकट वरिष्ठ पत्रकारले त तपाईंको उमेर तपाईं र तपाईंको आमालाई थाहा हुन्छ कि प्रधानन्यायाधीश कार्कीलाई भन्दै कार्यक्रममै खुलेआम भनेपछि उनको ‘लबिङ’ को उद्देश्य छताछुल्ल भएको थियो । पराजुली कांग्रेसका पूर्वकार्यकर्ता मात्रै होइन, कुनैबेला नेविसंघका केन्द्रीय सदस्यसमेत रहेकाले उनलाई टिकाउन अहिले न्यायालयलाई राजनीतिक मैदान बनाउने प्रयास भइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply