डाक्टर साबको पीडा छताछुल्ल
काठमाडौं । वित्तीय क्षेत्रका अपराधीहरूलाई जोगाउन अख्तियार दुरूपयोग अनुुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त लोकमानसिंह कार्कीले नेपाल राष्ट्र बैंकका गभर्नरदेखि उच्च तहका कर्मचारीहरूलाई कसरी सताउँथे ? केही दिनअघि राष्ट्र बैंकका भुक्तभोगीहरूले लोकमानको कार्यकालमा भोगेका पीडालाई छताछुल्लै पोखेका छन् । राष्ट्र बैंकको एमालेनिकट कर्मचारीहरूको राष्ट्रिय अधिवेशनका क्रममा लोकमानबाट पीडितहरू लोकमानविरुद्ध पूरै खनिएका थिए ।
राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडाले वित्तीय क्षेत्रका अपराधीहरूलाई संरक्षण गर्न लोकमानले राष्ट्र बैंकका कर्मचारीहरूलाई सम्पत्ति छानबिनको दायरामा ल्याएर सताएको बताए । उनले भने, ‘राष्ट्र बैंकका इमानदार कर्मचारीहरूलाई समेत सम्पत्ति छानबिनको नाममा फसाउन खोजेपछि कर्मचारीहरूको मनोबल गिर्न पुग्यो र हामीले सोचेजस्तो काम गर्न सकेनौं ।’ अहिले अख्तियारले डामेका राष्ट्र बैंकका सबै कर्मचारीहरूले सफाइ पाइसकेका छन् ।
तत्कालीन अख्तियार प्रमुख कार्कीले बैंक तथा वित्तीय संस्थाहरूको सुपरिवेक्षण गर्ने राष्ट्र बैंकको सुपरीवेक्षण तथा अनुगमन विभागका सबैलाई सम्पत्ति छानबिनको दायरामा ल्याएका थिए । सो विभागमा रहेका कार्यकारी निर्देशक र निर्देशकहरू लक्ष्मीप्रपन्न निरौला, लोकबहादुर खड्का, नारायण पौडेल, चिन्तामणि शिवाकोटी, भीष्मराज ढुंगाना, वासुदेव अधिकारीलगायत एक दर्जनजतिलाई सम्पत्ति छानबिन गर्न अख्तियारले पत्र काटेको थियो । अहिले सबै कर्मचारीहरूले सफाइ पाइसकेका छन् र शिवाकोटी त डेपुटी गभर्नरका रूपमा कार्यरत छन् ।
पूर्वगभर्नर डा. खतिवडाले अख्तियारको प्रमुखमा कार्की आउनेबित्तिकै राष्ट्र बैंकसँग १ करोडभन्दा माथि ऋण लिने व्यापारी÷व्यवसायीहरूको सूची माग गरेको खुलासा गर्दै आफूले भने त्यस्तो सूची उपलब्ध गराउन इन्कार गरेको पनि बताए । उनले लोकमानकै कारण वित्तीय क्षेत्रमा अस्तव्यस्तता बढेको पनि उल्लेख गरे ।
पूर्वअर्थमन्त्री तथा एमाले स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले आफू पनि लोकमानबाट पीडित रहेको जनाउँदै सक्षम गभर्नर र डेपुटीहरू आफूले नियुक्त गरेको बताए । उनले भने, ‘युवराजजीलाई त मैले चिनेको थिएँ । तर, महाप्रसादजीलाई भने मैले चिनेको थिइनँ । उनी सक्षम हुन् भन्ने थाहा पाएर डेपुटीमा नियुक्त गरें ।’
पूर्वअर्थमन्त्री पाण्डे र पूर्वगभर्नर खतिवडा उपस्थित रहेको सो कार्यक्रममा गभर्नर डा. चिरञ्जीवी नेपालले भने एउटा गलत तथ्यांक पेस गरेर सबैलाई हँसाएका थिए । गभर्नर नेपालले बैंकहरूसँग १० अर्ब मात्र चुक्ता पुँजी भएको तथ्यांक बताएका थिए । गभर्नरले त्यस्तो तथ्यांक बताउनेबित्तिकै उनलाई कसले गलत तथ्यांक दिएछन् भनेर कार्यक्रममा हल्ला चलेको थियो ।
सम्बन्धित समाचार
- सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
- जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
- ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
- हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
- एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
- रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
- निगुरो टिपेर लाखौं कमाई
- संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply