देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
१९ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश असाध्यै अप्ठ्यारो र असहज स्थितिमा रहेको टिप्पणी गरेका छन् । काठमाडौँमा आयोजित ग्रासरुट समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशमा राजनीतिक स्थिरताको स्थिति नरहेको बताएका हुन् ।
कसैको बहुमत नआउँदा चारतिर फर्किएका दलहरू मिलेर सरकार चलाउनु परेको उनको भनाई थियो । अध्यक्ष ओलीले ले भने, ‘देश असाध्यै अप्ठ्यारो असहज स्थितिमा छ । देशमा राजनीतिक स्थिरताको स्थिति छैन । देश अस्थिरतातिर गइरहेको छ । सहज रूपमा कसैको बहुमत नआउने स्थिति भएपछि नीति नभएका चारतिर फर्किएका तत्त्वहरू मिलेर सरकार बनाउनुपर्ने अवस्था छ । त्यसो भए पनि देश नीतिहिनतामा जाने भयो ।
चारतिर फर्किएका दलले सरकार बनाउँदा देशको विकास र सुशासन हुन नसकेको बताए । यदि एउटा पार्टीको बहुमत हुने भए यो नीतिका साथ काम गर्छु भन्ने स्थिति हुने ओलीले बताए । त्यस्तै सरकारले जारी गरेको साझा न्यूनतम कार्यक्रम आफूहरूले बनाए पनि पछि तोडमोड गरेकाले जनताको पक्षमा केही काम नहुने ओलीले जिकिर गरे । अध्यक्ष ओलीले मुलुकको अर्थतन्त्र ओरालो लागेको र सुधारमा ध्यान नदिने हो भने अबको एक–डेढ वर्षमा नेपाल असफल राष्ट्र बन्ने खतरा रहेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले प्रश्न गर्दै भने, यहाँ यत्तिकै हाहा हुँहूँ गरेर कुद्नेहरु, चार वटा ढुङ्गा हानेर कुद्नेहरु, तिनलाई देशको के मतलब ?’ तिनका समर्थनमा स्टाटस र वक्तव्य दिनेहरुलाई देश वर्वादीमा गएकोमा कुनै मतलब नभए पनि एमालेलाई चिन्ता लागेको ओलीले बताए ।
खानीजन्य उद्योग, अरु औद्योगिक उद्योगहरू, निर्माण व्यवसाय ध्वस्त भएको छ । एमालेको कार्यकालमा दिनमा सिक्स लेनका बाटा ६ किलोमिटरका दरले बन्थे, ओलीले दाबी गरे । उनले आफ्नो कार्यकालमा पुनर्निर्माणका असीमित कामहरु भएको दावी गरे । विकासको काम त्यसरी भएकाले नै धेरैले रोजगारी पाउनुका साथै अर्थतन्त्र चलायमान भएपनि अहिले ठप्पप्राय रहेको जिकिर गरे । उनले राजश्व उठ्नै छाडेको र जीडीपी घटेको भन्दै यही सरकार रहिरहे देश टाट पल्टिने चेतावनी दिए ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
- राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण : ओली
Leave a Reply