नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
२७ वैशाख,काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नक्कली भुटानी शरणार्थी प्रकरणमा कारबाहीको प्रगति विवरण प्रतिनिधिसभा बैठकमा जानकारी गराउन सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस विषयमा सभामुखबाट रूलिङको माग गरे ।
लिङदेनले शीर्ष नेताहरू भेट्दा समेत जनतामा कारबाही कमजोर बनाउन भएको हो कि भन्ने शंका बढेको बताएका छन् । यसमा कति प्रगति भएको छ, कारबाही प्रक्रिया कहाँ पुग्यो संसद्लाई जानकारी गराउन माग गर्छु । सरकारले प्रतिवद्धता व्यक्त गर्नुपर्यो र प्रगति कति भयो यहाँ जानकारी गराउनु पर्छ’ उनले भने, यसमा सभामुखबाट रूलिङ होस् ।
सांसद लिङ्देनले देशको गरिमा अन्तर्राष्ट्रियस्तरसम्म झुकेको भन्दै दोषीलाई उन्मुक्ति दिने र कमजोर बनाउने काम नगर्न अनुरोध गरे । तर पछिल्लो समय प्रहरीले अनुसन्धान नगर्ने हो कि अख्तियारलाई बुझाउने हो कि जस्ता तर्कहरु आउन थालेको भन्दै उनले यस्ता गल्ती नगर्न आग्रह गरेका छन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
- राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण : ओली
Leave a Reply