प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
८ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो भनेर प्रश्न गरेका छन्।
उनले मंगलबार प्रचण्डविरुद्ध नाराबाजी गर्ने युवाहरूको सुरक्षाकर्मीले मुख थुनेको प्रसंग कोट्याउँदै यस्तो प्रश्न गरेका हुन्।
‘गरिबमारा’ भन्दै जब प्रधानमन्त्री प्रचण्डकै अगाडि नारा लाग्यो
सामाजिक सञ्जाल फेसबुकमा सुरक्षाकर्मीले थुनेको तस्वीर राख्दै उनले भनेका छन्, ‘हामीले गणतन्त्र ल्यायौँ, संघीयता ल्यायौँ, धर्मनिरपेक्षता ल्यायौँ र त सबैले बोल्न पाएका छौँ भन्नुहुने कमरेड प्रचण्ड हेर्नुहोस् त हेर्दाहेर्दै मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो?
मंगलबार प्रधानमन्त्रीदाहालविरुद्ध नयाँबानेश्वरमा नाराबाजी भएको थियो। मूल्यवृद्धि खारेज गर्, नालयक सरकार होसियार,युवालाई मार्न पाइँदैन यस्तो सरकार चाहिँदैन जस्ता नारा लगाउने प्रधानमन्त्रीविरुद्ध प्रदर्शन हुँदा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो।
उनले चाँडोभन्दा चाँडो बैंक तथा वित्तीय संस्थाहरूको चर्को ब्याजदर घटाउन तथा देशभित्रै रोजगारी सिर्जनाको वातावरण बनाउन अनुरोध गरेका छन्।
नभए मुख थुनेर मात्र नभई बन्दुकले पनि आवाज थुनिने उनले बताएका छन्। उनले भनेका छन्, ‘अन्यथा मुख थुनेर त के बन्दुकले पनि आवाजहरू थुनिन्ननज्जो!! जो तपाईं स्वयमलाई सबैभन्दा राम्रो थाहा छ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
- राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण : ओली
Leave a Reply