म सधैंभरी माधव नेपालसंगै छु, ओली बढी निरंकुश छन्
प्रदीप नेपाल, नेता, नेकपानेकपा विभाजनपछि लामो समय मौन जस्तो रहनुभएको थियो, पछिल्लो समय प्रचण्ड माधवपक्षको केन्द्रीय कमिटी बैठकमा नागरिकताको प्रमाणपत्र बुझाउनुभएको भन्ने सुनियो, कुरा के हो ?
त्यो सत्य कुरा होइन । नागरिकता किन खोजेका हुन् त्यो कुरा मलाई थाहै छैन । त्यो चाँही रामकुमारीजीले भन्नुभएको हो । तर मैले काँही पनि दिएको छैन ।
रामकुमारीले भन्नु चाँही भएको थियो ?
भन्नुभएको हो । तर मैले कसैलाई बुझाइन ।
बाहिर त प्रदिप नेपालले माधव प्रचण्ड पक्षमा खुल्नु भयो र आधिकारिकताको लागि त्यतै नागरिकता बुझाउनुभयो भन्ने व्यापक हल्ला छ त ?
त्यो प्रचार होस्, मलाई केही आपत्ती छैन । म सधैंभरी माधव नेपालसंगै छु । नवौं महाधिवेशनमा मात्र म माधव नेपालललाई छोडेर केपी प्यानलमा गएको हुँ । मैले मेरो आफ्नो निष्ठा बेचेर भनेपनि मैले माधव नेपाललाई विगतमा सघाएको हो । म अहिले पनि महाकालीको बाँध नबनेकोमा दुखी छु । म त्यो बेला भित्रैदेखि त्यसको विरोधी हो । तर मैले महाकाली सन्धीको बेला माधवलाई समर्थन गरेको हुँ । तसर्थ बेग्लै कारणले माधव नेपालसंग मेरो सम्वन्ध छ । अहिले पनि माधव नेपाल पार्टीको अध्यक्ष हुनुहुन्छ भने म खुसी छु ।
प्रतिनिधीसभा विघटन भइकन लगत्तै नेकपा जसरी विभाजन भयो, यसमा तपाँइको के प्रतिक्रिया छ ?
यो विघटन नहुनुपथ्र्यो । मेरो सामान्य मनले बुझ्दा कमसेकम केपीले अध्यक्ष भएपछि सबैलाई समेट्न सक्नुपथ्र्यो । नेता हो नी उहाँ त । नेता पनि अरु जस्तै सन्किने, फन्किने गरेर के हुन्थ्यो । हुँदैन नी । पिडा उहाँहरु बताउनुहुन्छ । त्यस्तो पिडा उहाँहरुसंग भन्दा बढी हामीसंग छ । मैले जति त अरु कसैले भोगेको छैन पिडा । सुरुमा त मलाई अविश्वास गरियो । त्यसैले म महाधिवेशनमा हारे । केपी ओलीसंग म हिजोका दिनमा लागेंकै हो । म र मुकुन्द न्यौपाने ज्यान फालेर उहाँको पक्षमा लाग्यौं । ज्यान फालेरै सघाएको हो । तर उहाँले त्यसलाई चिन्न पनि सक्नुभएन । उहाँलाई त्यती चिन्ता नै देखिएन हाम्रो बारेमा । हामीहरु दुइ जनालाई नै लात्ताले हानेर उहाँले बाहिर निकालीदिनुभयो । त्यसैले केपी ओलीको कार्यशैलीप्रति कोही सहमत हुन सक्दैन । हामी जस्ता लाई पनि युज गर्न पाइन्छ ?ह ामी त उहाँका साथी हौं नी ।
अहिले कस्तो लाग्छ त तपाँइलाई ?
मैले यसो विगत फर्केर हेर्छु । अहिलेको परिदृष्य झल्झली नाँच्छ । शंकर पोखरेल उता हुनुहुन्छ । बेदुराम भुषाल यता हुनुहुन्छ । यि मुख्य नेता जो ६ जना छन् । उहाँहरु ६ जना नै रिटायर हुनुपर्छ । अन्य राम्रा साथीहरु कोही यता छन्, कोही उता छन् । ति साथीहरु जसको मैले राम्रो भविश्य देखिरहेको छ, उहाहरुको भविश्यको बारेमा चाँही मलाई चिन्ता लागेको छ ।
पाँच वर्षका लागि म्यान्डेट पाएको सरकारले बीचैमा प्रतिनिधीसभा विघटन प्रश्ताव ल्याएपछिको तपाँइको के प्रतिक्रिया छ ?
बीचैमा प्रतिधिीसभा विघटन गर्नु गलत हो ।
प्रतिगामी कदम नै हो यो ?
ह्या ….. छोड्दिनुस् । बेकारको कुरा । नेपालीहरुले शव्द सुनेका छन् तर त्यसको अर्थ पनि बुझेका छैनन् । कसले कसको प्रतिगमन गरिदिएको छ ? पार्टी त्यही छ । विचार त्यही छ । सिद्धान्त त्यही छ ।
संविधानमा व्यवस्था नै नभएको अवस्थामा आफु अनुकुल व्याख्या गरेर भंग किन गरेको भन्ने प्रश्न छ नी
विघटन गर्न पाउने व्यवस्था त छैन । तर तपाँइसंग विकल्प रहेन भने तपाँइ के गर्नुहुन्छ ? प्रधानमन्त्रीले के गर्ने ? यो त प्रधाजमन्त्रीको विशेषाधकार हो । तर त्यो विशेषाधिकार जथाभावी प्रयोग गरिनुहुन्न । केपीले त्यो गल्ती गर्नुभयो । र, यतातिर हाम्रोतिर भन्नुहुन्छ भने माधवले प्रचण्डलाई साथ दिएर गल्ती गर्नुभयो । हाम्रा राम्रा मान्छे यिनै दुइवटा हुन् अहिले । दुइवटैबाट गल्ती भयो । उहाँहरुले एक अर्काप्रति विश्वास राख्न सक्नुपथ्र्यो । तर राख्नु भएन ।
पार्टी विभाजन डिल डिलमै पुगिसकेपछि एकता बचाउन पहल गरिदिन भन्दै तपाँइको घरमा नेताहरु धाएका थिए नी ?
आउन त आउनु भयो, तर त्यतीबेला धेरै समय अघि बढिसकेको अवस्था थियो । म त्यसको भोलिपल्टै केपी कमरेडकोमा पुगें नी त । हामी दुइजना बसेर कुरा ग¥यौं । तपाइ र माधवको बीचमा अर्को कोही मान्छे बसेको लाजमर्दो हो, त्यसैले दुइजना बस्नुस्, कुरा गर्नुस्, झगडा गर्नुस् तर पार्टी नफुटाउनुस् भनेर मैले भनिदिएर आएको हो ।
तपाँइले त्यस्तो सुझाव दिँदा के भन्नुभएको थियो केपी ओलीले ?
हुन्छ, म बोलाएर कुरा गर्छु भन्नुभएको थियो ।
तर व्यक्ति व्यक्ति बोलाएर उचाल्ने, पछार्ने र आफ्नो अनुकुल हिँडाउन प्रयोग गर्ने र अहंकारी काम भयो भन्छन् नी त ?
हुनसक्छ । केपी ओलीको व्यवहारबाट म सन्तुष्ट छैन । सबैभन्दा असन्तुष्ट नै छु म । किनभने उहाँले जे जे भन्नुभएको छ नी त्यो कुरा मैले भर्खरै निकालेको निवन्ध संग्रहमा सबै समेटेको छु । झुटो कुरा केही लेखेको छैन मैले । उहाँले त मलाई राष्ट्रिय सभामा लगेर मन्त्री बनाउने भन्नुभएको थियो । तर पाइन मैले । पाइन मात्र होइन मैले त पार्टी भेट्नै पाइन ।
केपी ओली किन त्यस्तो भएका होलान्, उनी ठिकै भएर वरिपरिकाले बिगारेका हुन् की स्वभावै त्यस्तो हो ?
होइन, होइन । संसारमा केपी ओलीलाई घेराबन्दी गर्न सक्ने शक्ति नै छैन । उहाँमा नै बढी निरंकुशताको हावी छ । उहाँलाई कसैले केही गर्न सक्दैन ।
तपाँइले चिनेदेखि केपी ओली त्यस्तै निरंकुश हुन् की पछि भएका ?
पहिलेदेखि नै त्यस्तै हुन् ।
प्रचण्ड र माधव नेपालको एकताको भविश्य के होला ?
त्यो अर्थहिन छ । कुनै सिद्धान्त छैन । विचार छैन । योजना छैन । किन मिलेको भन्दा केपी ओलीले दुइवटैलाई पेले भनेर मिलेका । त्यस्तो पनि हुन्छ । बरु आ आफ्नो गरि खाँउन । माओवादी केन्द्रको साथीहरु उतैतिर आफ्नो गरिखानुहुन्छ, हामी यता गरिखान्छौं । दुइवटा पार्टी त माओवादी केन्द्र र एमाले न हुन् । उहाँहरु अहिले पनि अधिनायकत्व बोकेर हिँड्नुहुन्छ, माक्र्सवादले अधिनायकत्वलाई मान्दै मान्दैन । एउटा गल्ती के भयो भने हाम्रा नेताहरु कसैले माक्र्स पढेनन् । झलनाथले पनि पढ्नुभएन । माओवादी पक्षका साथीहरुले पढ्दै पढेनन् । केपीले पनि पढ्नुभएको छैन । माक्र्सवाद भनेको वैयक्तिक स्वतन्त्रताको चिनारी हो । उहाँहरु कसैले त्यो कुरा पढ्नुभएन ।
पुर्व एमाले जति एक हुनुपर्छ भन्ने कुरा पनि उठिरहेको छ नी ?
त्यो सही कुरा हो । म पनि त्यही भन्छु । हामी जनताको बहुदलीय जनवादीहरु एक ठाँउमा हुनुपर्छ । एक्काइसौं शताव्दीमा समाजवाद आँउदै आँउदैन । समाजवाद चाँडो आयो भने २५ औं शताव्दीमा आउने हो । ३–४ सय वर्ष पहिले त हामी समाजवादमा जानै सक्दैनौं । त्यसैले जनताको वहुदलीय जनवाद पक्षधरहरु एक हुनुपर्छ ।
पुर्व माओवादीले बोकेको सिद्धन्त पनि उही वहुदलीयता स्वीकर्ने भइसकेपछि उ पनि एमालेकै बाटोमा आएको भन्न मिल्दैन र ?
छैन । जवनताको बहुदलीय जनवाद ग्रहण गरेको भए त कुरा सिद्धिहाल्थ्यो नी । आसपासमा आएर भएन नी त अंगिकार नै गर्नुप¥यो । जवज ग्रहण नगरीकन नेपालमा कोही पनि माक्र्सवादी हुन सक्दैन । स्वय् माधव नेपाल पनि माक्र्सवादी हुन सक्नुहुन्न । माक्र्सवाद भनेको प्रजातन्त्र अर्थात व्यक्तिगत स्वतन्त्रताको सिद्धान्त हो । लेनिनवादले सर्वहारा अधिनायकत्वको कुरा गर्छ ।
वामदेव गौतम पछिल्लो समय कतै नलागी एकता अभियान अभियानका नाममा अलग्गै बस्नुभएको छ, यसलाई कुन रुपमा लिनुभएको छ ?
उहाँँको प्रयत्न हो । राम्रै छ । उहाँले म गुट बनाएर पनि बस्दीन, प्रचण्ड ओली कतैतिर लाग्दीन भन्नुभयो । उहाँको विचार राम्रौ छ ।
तर केहीले त अवसरको लागि बार्गेनिङ पावर बढाउन खोजेको भन्छन् ?
जे गरे पनि भङ्रङग लड्यो । पल्लो भित्तो र वल्लो भित्तो ग¥यो । उहाँको यही बैलि थियो । बीचको बाटोमा कहिल्यै जानुभएन । अहिले ठिक गर्नुभएको छ । अर्को कुरा उहाँले जनताको बहुदलीय जनवाद म छोड्दिन भन्नुभएको छ । जो जो जनताको बहुदलीय जनवादको पक्षमा हुनुहुन्छ, मसंग आउनुस् भन्नुभएको छ । जो जसले छोड्छन् उहाँहरु आफैं सिद्धिन्छन् । आतंककारी हुन्छन् । विप्लवले पनि ढिलो चाँडो स्विकार गर्छन् । माक्र्सले कााही पनि हतियारबन्द संघर्षको कुरा गर्नुभएको छैन । उनले त जहिले पनि प्रजातान्त्रिक कुरा मात्रै गरेका छन् ।
वामदेवलाई हिजो माले कालमा विभाजन पछि एक नम्मर भ्रष्टाचारी भनेर घोषणा गर्नुभयो, अहिले उनले गरेको अभियान टुङ्गोमा पुग्ला, अवसरका लागि होइन भन्ने के आधार छ त ?
उहाँले जे जति सक्नुहुन्छ, जे क्षमताले भ्याँउछ त्यही गर्नुहुन्छ । यसमा म उहााको कपट देख्दिन । एउटा एजेन्डा राखेर बाहिर अर्को बोलेको देख्दिन । तर उहाँ अस्थिर मान्छे हो । आज एकथोक बोल्नुहुन्छ, भोली अर्को थोक । बोलिमा विश्वास पनि हुँदैन ।
वैशाखामा निर्वाचन होला त ?
मलाई निर्वाचन होला भन्ने लाग्दैन । निर्वाचनको तिथि त तोकियोे तर त्यतीखेरसम्म पार्टीहरु तयार होलान् जस्तो लाग्दैन ।
तर प्रधानमन्त्री ओली त जसरी पनि गराएरै छोड्छु, एक दिन पनि पर सार्दिन भन्नुहुन्छ ?
उहाँले त भन्नुभएको छ नी । उहाँलाई गराउनु छ, भन्नुभएको छ । जसलाई गराउनु छैन, उसले हामी भाग लिन्छौं भन्नुप¥यो नी । अलि अपारदर्शी ढंगले केपी ओली जानुभयो । उहाँले कमसेकम सर्वदलीय बैठक बोलाएर त्यहाँबाट पास गराउनुपथ्र्यो ।
अब मुलुकको राजनीतिक भविश्य कस्तो होला ?
अलिक अध्यारो छ । धुमिलो छ । त्यसलाई ठिक बाटोमा ल्याउन यी सबैले राजनीति छोडिदिनुपर्छ । प्रधानमन्त्री भइसकेका जति सबैले राजनीतिक सन्यास लिनुपर्छ । नयाँ पुस्तालाई पठाउने काम गर्नुपर्छ । काँग्रेसमा पनि शेरबहादुरले छोडिदिए भने सबै राम्रोसंग चल्छ । धेरै राम्रा युवाहरु हुनुहुन्छ ।
बुढो गोरुले जस्तो ओगट्न भएन ?
त्यही हो ।
पात्रले समस्या होइन समस्या प्रवृतीमा होइन र ?
होला, त्यो त आ आफ्नो भनाई हो नी त । मलाई के लाग्छ भने बुढाहरुलाई हामीले विदा दिने हो भने नयाँ प्रतिनिधीहरुले राम्ररी गर्छन् । उनीहरु बुढाहरुबाट गाइडेड हुँदैनन् । स्वतन्त्र हुन्छन् । त्यसले राम्रो काम गर्न सक्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply