लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
२८ वैशाख,काठमाडौँ । प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकु शिविरलगायतका भ्रष्टाचार पनि छानविन हुनुपर्ने बताएका छन् । उनले पहिला लडाकु शिविर र अहिले अयोग्य लडाकुलाई दिने भनेको रकमबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थाल्नु पर्ने बताए ।
आज (बिहीबार) पार्टी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्यको ढुकुटी अनुचित ढंगले खल्तीमा हाल्ने कुरा भ्रष्टाचार भएको भन्दै लडाकु शिविरमा भ्रष्टाचार भएकाले त्यसको छानविन गर्नुपर्ने बताएका हुन् ।
अहिले कर्मचारीलाई तलब खुवाउन मुस्किल पर्ने अवस्था छ तर अयोग्य लडाकुलाई दुई लाख बाँड्ने भनेर एकलौटी निर्णय गरेर अगाडी बढ्न खोजिरहेका छन् ओलीले भने, माओवादी केन्द्रको जसले सरकारको नेतृत्व गरिरहेको छ उहाँहरू सरकारबाट बलजफ्ती निर्णय गराउने र एकलाख ५० हजारजति कार्यकर्तालाई दिने र फेरि त्यो आफैँ लिने पहिले पनि क्यान्टोनमेन्टको सवालमा त्यस्तो भएको छ ।
अध्यक्ष ओलीले क्याटोनमेन्टको नाममा नभएका व्यक्तिको नाममा अर्बौ पैसा घोटाला भएको भन्दै राज्यको ढुकुटी अनुचित ढंगले छलछाप गरेर खल्तीमा हाल्ने कुरा भनेको भ्रष्टाचार नै भएको बताए । ‘राज्यको पैसा व्यक्ति वा संस्थाले अर्बौ रूपैयाँ कुम्ल्याएका छन् । अख्तियारले होल्ड गरेर राखेको छ । म भन्न चाहन्छु कि खुट्टा कमाउनुहुन्छ ? त्यसबारे पनि छानबिन गर्नुस्’, ओलीको भनाइ छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
- राष्ट्रपतिमा भण्डारीको भूमिका गौरवपूर्ण : ओली
Leave a Reply