उपनिर्वाचनको परिणामले हामीलाई उत्साहितसँगै गम्भीर तुल्याउको छ
ठाकुर गैरे, युवानेता, नेपाल कम्युनिस्ट पार्टी० हालै सम्पन्न उपनिर्वाचनमा नेकपा पहिले जितेका ठाउँमा पनि हार्न बाध्य भयो, यसले उसको लोकप्रियता घट्दै गएको देखाँउदैन र ?
यो उपनिर्वाचनमा नेकपाका ज्यादै बलिया पिल्लरका रूपमा रहेका क्षेत्रहरू पनि हामीले गुमाएका छौं । यसले नेपाल कम्युनिस्ट पार्टीलाई धेरै ठूलो होसियारी गर्न, सचेत हुन र गम्भीर बन्न निर्देश गरेको छ । तथापि समग्र उपनिर्वाचनमा फेरि पनि हामी प्रथम हैसियतमै छौं । तर यो प्रथम भएको परिणामबाट उत्साहितभन्दा पनि अझ बढी गम्भीर हुनुपर्ने देखिन्छ । हामीले पार्टी निर्माणमा अझ बढी जोड दिनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
० पछिल्लोपटक लिपुलेक, कालापानी र लिम्पियाधुराका भूभागहरू भारतले आफ्नो देशको नक्सामा समेटेको कुरा उठेपछि नेपालमा राष्ट्रियताको मुद्दा फेरि जोडदार ढंगले उठेको छ तर तपाईंहरूको पार्टी नेकपाले यसबारे स्पष्ट दृष्टिकोण सार्वजनिक गर्न सकेन भन्ने छ, यसबारे के भन्नुहुन्छ ?
लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपाल हो । हाम्रो हो । हाम्रा भूमिमाथि गरिएका हस्तक्षेपहरू हामीलाई स्वीकार्य छैन । नेपालको महाकाली नदी सीमानदी हो र महाकालीको मुहान लिम्पियाधुरा हो । त्यो नदीलाई सीमानदी मान्ने कुरा सुगौली सन्धिमा उल्लेख छ । हामीसँग तथ्य, प्रमाण र ऐतिहासिक दस्तावेजका हिसाबले यथेष्ट ढंगले सम्पन्न छौं । त्यसैले भारतले गरेको अत्याचारबाट नेपाललाई मुक्त गर्न महŒवपूर्ण र निर्णायक भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ । कालापानी क्षेत्रदेखि लिएर पूर्वको पशुपतिनगरसम्म, लक्ष्मणपुर बाँधदेखि महलीसागरसम्म भारतको सीमा अतिक्रमण जारी छ । तिलाठीमा, छप्कैयामा हाम्रो सीमामाथि हस्तक्षेप चल्दै आएकै छ । अझै डरलाग्दो कुरा भारतले उत्तरबाट बहेका र दक्षिण प्रवेश गरेका सबै नदीलाई एक ठाउँमा जोडेर रिभर लिंकिङ प्रोजेक्ट अगाडि बढाइरहेको छ र सीमानदीमा बाटो बनाउने नाममा, यातायातका सवारीसाधन चलाउने नाममा बाँध बाँध्ने र यसलाई क्रमशः कोसी, गण्डकी, महाकाली, तीनवटै नदीलाई नेपालको सिमानामा एक ठाउँमा जोडेर सिंगो तराईलाई समेत जलाशयमा परिणत गर्ने योजनाका साथ भारत अगाडि बढिरहेको छ । त्यसकारण, नेपाली भूमिको रक्षा गर्नु नै हाम्रो सम्प्रभुताको रक्षा गर्नु हो । हाम्रो जमिनको सुरक्षा गर्ने काममा अहिले नेकपाले नेतृत्व गर्नुपर्नेछ । नेकपाको नेतृत्वको सरकारले गर्नुपर्नेछ । नेपाल कम्युनिस्ट पार्टी आफ्नो स्थापनादेखि आजसम्म राजनीतिक अधिकार, जनजीविकासम्बन्धी अधिकार र उत्तिकै महŒवका साथ राष्ट्रियताको आन्दोलनका साथै राष्ट्रिय स्वाधीनता र लोकतन्त्रका लागि लड्दै आएको छ । त्यसैले नेकपाको दृष्टिकोणमा अलमल छ भन्ने भन्नु भनेको थप कन्फ्युजन सिर्जना गर्ने मात्र हो । हामी त्यसमा स्पष्ट छौं र अहिले विगतदेखि हामी त्यसका लागि लड्दै आइरहेका छौं । १९५० सालको असमान सन्धि खारेजीका लागि लड्ने नेकपा नै हो । त्यसैले आज हामी एउटा यस्तो महŒवपूर्ण र निर्णायक बिन्दुमा आएका छौं कि यो हाम्रा लागि एउटा स्वर्णिम अवसर हो, सीमाक्षेत्रमा र अरू क्षेत्रमा भारतबाट भइरहेका हस्तक्षेपबाट सदासदाका लागि मुक्त हुने ।
० तर नेकपा अध्यक्षले नै नेतृत्व गरेको सरकारले पनि कडाइका साथ कुरा राख्न सकेन र परराष्ट्र मन्त्रालयले पनि बेनामे विज्ञप्ति निकालेर झारा टार्ने काम भएको गुनासो छ नि ?
नेपालको इतिहासमा अहिले नेकपाको नेतृत्वको खासगरी हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा नेपालको इतिहासमै एउटा महŒवपूर्ण घटना भएको छ । त्यो घटना भनेको सरकारले बोलाएको सर्वदलीय र सर्वपक्षीय बैठकबाट कालापानी क्षेत्र नेपाल हो, यसका लागि कूटनीतिक पहल गर्नुपर्छ भनेर आज नेपालमा पहिलोचोटि सीमाजस्तो महŒवपूर्ण विषयमा राष्ट्रिय सहमति भएको छ । यो सरकारले गरेको र अहिले नेपालले हासिल गरेको धेरै महŒवपूर्ण उपलब्धि हो जुन विगतमा हुन सकिरहेको थिएन । एउटाले कालापानी हाम्रो हो भनेर जुलुस लगाउँदा अर्काले हाम्रो होइन भनेर विरोध हुन्थ्यो । हामीले विगतमा त्यस्तो खाले तितो यथार्थता भोगेका छौं । हामी विगतमा लक्ष्मणपुर जाँदा, महलीसागर जाँदा, छप्कैया जाँदा, तिलाठी जाँदा हामीलाई त्यो राष्ट्रियताको आन्दोलन गर्नेहरूलाई अपमान गर्ने, त्यसको तेजोवध गर्ने परिस्थिति विगतमा थियो भने आज सिंगो देश एक ठाउँमा उभिएको छ र त्यसको नेतृत्व नेकपा नेतृत्वको सरकारले गरेको छ । यो आफैंमा खुसीको कुरा हो तर त्यसमा मात्रै खुसी भएर पुग्दैन । त्यसलाई परिणममा ल्याउन अब सार्थक वार्ता, परिणाममुखी वार्ता, परिणाममुखी कूटनीतिक पहलकदमी जरुरी छ । अब नेपालका राजनीतिक दलका शीर्ष नेताहरूले नेकपाका अध्यक्षहरू, नेपाली कांग्रेसका सभापति, अरू राजनीतिक दलका अध्यक्षहरूले भारतका सबै राजनीतिक पार्टीका अध्यक्षहरूसँग सिधासिधी राजनीतिक स्तरमा वार्ता गर्नुपर्ने आवश्यकता छ । सरकारले सरकारसँग शीर्ष स्तरमा प्रधानमन्त्री तहमा त्यसका लागि वार्ता गर्नुपर्ने आवश्यकता छ । म त भन्छु कि नेपालले धार्मिक क्षेत्रका, सांस्कृतिक क्षेत्रका, साहित्य क्षेत्रका, कलाकारिता क्षेत्रका, उद्योग–व्यवसाय क्षेत्रका, खेल, पर्यटनलगायत विविध क्षेत्रका एक हजार छानिएका मानिसहरूलाई भारतका ती सबै क्षेत्रका छानिएका मानिसहरूसँग कुरा गर्नेगरी किन नेपालले पहलकदमी नलिने ? यसरी हामीले समग्र देशको संयन्त्र परिचालन गरेर नेपालको सम्प्रभुताको रक्षाका लागि सिंगो रूपमा हरेक क्षेत्रको परिचालन आवश्यक छ । यसलाई सरकारले नेतृत्व गरेर सफलता प्राप्त गर्नुपर्छ ।
० नेकपामा दुई अध्यक्षबीच एकले सरकार चलाउने र अर्कोले पूर्ण रूपमा पार्टी मात्र चलाउने भनेर कार्यविभाजन पनि भएको छ तर त्यसैमा पनि आ–आफ्नो ढंगले व्याख्या गर्न थालिएको छ, यसमा के भन्नुहुन्छ ?
मूल रूपमा पार्टी बलियो नभईकन हामीले न त सरकार बलियो बनाउन सक्छौं न देशको राष्ट्रिय सम्प्रभुता । पार्टी बलियो नभईकन सरकारले गरेका राम्रा कामलाई जनताका बीचमा पु¥याउने, सरकारले अगाडि सारेका कामहरूलाई सफलतापूर्वक सम्पन्न गर्ने, सरकारले अगाडि बढाएका परियोजनाहरूलाई सफलतापूर्वक निष्कर्षमा पु¥याउनेलगायत सबै कामहरूलाई पार्टी बलियो हुनु जरुरी छ । हामीले समाजवाद हासिल गर्ने लक्ष्य लिएका छौं, त्यसकारण नेपाल कम्युनिस्ट पार्टीलाई समाजवादी ढंगले चलाउन आवश्यक छ । त्यसैले यसमा अहिले अध्यक्षहरूको जुन कार्यविभाज भएको छ, त्यो सुखद कुरा हो । त्यसको सँगसँगै सिंगो पार्टी केन्द्रीय कमिटीको परिचालन, स्थायी समितिको परिचालन र पार्टीलाई विधिसम्मत र संस्थागत ढंगले परिचालन महŒवपूर्ण आवश्यकता हो र सरकार र पार्टीका बीचमा नङ र मासुको सम्बन्ध स्थापना गर्दै जाने आजको आवश्यकता हो । त्यसका लागि फेरि पनि हामीले यति लामो समय केन्द्रीय कमिटीको बैठक नहुने, पोलिटब्युरोको गठन नहुने, स्थायी कमिटीको बैठक नहुने विषयहरू अब परिवर्तन होऊन् भन्ने म चाहन्छु । सोमबार बसेको सचिवालय बैठकले विभिन्न बैठकको मिति तोकेर केही आशा देखाएको छ । अब पोलिटब्युरोको गठन शीघ्र होस् । एकीकरणका बाँकी काम तत्काल होऊन् । देशभरि नागरिकता, जनजीविका र रूपान्तरणका सवालमा जति पनि बहसहरू उठेका छन्, ती बहसहरूलाई लिएर नेकपाले मेची–महाकाली स्तरको एउटा ठूलो राष्ट्रिय जागरणको कार्यक्रम सिर्जना गर्नेगरी अभियान सञ्चालन गर्ने परिस्थितिको निर्माण होस्, त्यसका लागि फुलफ्रेजमा पार्टी सञ्चालन गर्ने परिस्थिति निर्माण होस् । सरकार पनि त्यही गतिका साथ अघि बढोस्, जसले गर्दा सरकार र पार्टी एउटै उद्देश्यका साथ एउटै लक्ष्यका साथ एउटै मिसनका साथ वायुपंखी रेसमा कुदेको अनुभूति आमजनताले गर्ने परिस्थिति बनोस् ।
० आगामी पार्टीका बैठकहरू तोकिएका छन्, यसलाई कुन रूपमा लिनुभएको छ ?
अत्यन्त राम्रो भएको छ । हामीले पहिलेदेखि नै लिखित र मौखिक रूपमा यस्ता माग राख्दै आएका थियौं । पार्टी विधानले नै निर्दिष्ट गरेको अवधिभित्र हरेक बैठक बस्नुपर्छ । पार्टीलाई केही व्यक्तिहरूमा केन्द्रित गर्नुभन्दा पनि संस्थागत निर्णयको प्रक्रियाबाट सञ्चालन गरिनुपर्छ । यो कम्प्रोमाइज गर्ने विषय होइन । पार्टी पार्टीको घोषित नीति र विधिअनुसार चल्नुपर्छ । त्योअनुसार चलेन भने हामी ठीक बाटोमा पुग्न सक्दैनौं ।
सरकारले गरेका नियुक्तिहरू पनि बिनाछलफल गुट र परिवार केन्द्रित भयो भन्ने छ नि ?
विगतमा पार्टीले टिकट वितरण गर्दा राजनीतिक नियुक्तिहरू गर्दा, मन्त्री बनाउँदा तथा अरू विभिन्न निर्णय गर्दा पार्टी कार्यकर्ताले उचित मूल्यांकन भएको, पार्टीभित्र न्याय स्थापित भएको महसुस गर्न पाइरहेको स्थिति छैन । यसको अन्त्य र सिंगो पार्टी पंक्ति आफैंले निर्णयहरू गरेजस्तो अनुभूति गर्न पाउनेगरी प्रणाली स्थापित हुनुपर्छ । यो हाम्रो माग हो ।
० पछिल्लोपटक मन्त्रीहरू हेरफेर भए, आशालाग्दा भनिएका योगेश भट्टराई, घनश्याम भुसाललगायत पनि मन्त्री भएका छन्, के अब यो सरकारले केही राम्रो परिणाम देखाउँछ ?
यसमा आफूलाई कार्यक्षेत्रमा प्राप्त भएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्ने दायित्व सम्बन्धित व्यक्तिमा हुनुपर्छ । त्यसमा सम्बन्धित व्यक्तिले सफलता प्राप्त गर्नैपर्छ । तर म यो सरकार सफल बनाउन, यो सरकारलाई जनपक्षीय बनाउन, यो सरकारलाई नेकपाले चुनावको बेला जारी गरेको घोषणा पत्र र पार्टीले अगाडि सारेका लक्ष्यअनुसार चलेको छ भन्ने अनुभूति हुने कुराको सन्दर्भमा यो एउटा व्यक्तिको एउटा खास मन्त्रालयको प्रश्न होइन । यो त समग्र मन्त्रिपरिषद्को प्रश्न हो । सिंगो मन्त्रिपरिषद् सामूहिक रूपले चल्ने परिस्थिति निर्माण हुँदाखेरि नै हामी त्यो सफलता प्राप्त गर्न सक्छौं । त्यसका लागि फेरि पनि पार्टी र सरकारका बीचमा र सरकारले बनाएका योजनाहरूलाई सफलतापूर्वक सम्पन्न गर्न पार्टीको परिचालनसँग यो सम्बन्धित विषय हुन्छ । त्यसैले, यसमा कसैले पनि म भन्ने तरिकाबाट होइन, हामी सफल हुने कि नहुने भन्ने कुराबाट गाइडेड हुन सक्नुपर्छ । त्यसो भयो भने हामी सबै सफल हुन्छौं ।
० वामदेव गौतमले म आफूचाहिँ प्रधानमन्त्री हुन किन नहुने भन्ने प्रश्न गर्दै एक अन्तर्वार्ता दिनुभएको छ, ठीक यहीबेला केही पछि उहाँलाई राष्ट्रिय सभामाा नियुक्त गर्ने कुरा पनि चलेको छ, यो बेमौसमको बाजा हो वा आवश्यकताको कुरा हो ?
अहिले हामी संविधानमा जे व्यवस्था छ, त्यो व्यवस्थाअनुरूप नै चल्ने कुरा हुन्छ होला । यसमा राष्ट्रिय सभाको भूमिका, प्रतिनिधिसभाको भूमिका, अरू क्षेत्रको भूमिकालाई कसरी अझ बढी प्रभावकारी बनाउने भन्ने सन्दर्भमा प्रश्नहरू आउलान् । पार्टीभित्र राष्ट्रिय सभामा को जाने, को नजाने भन्ने कुरा पार्टीको आवश्यकता र देशमा हामीले पूरा गर्नुपर्ने ज्वलन्त प्रश्नहरूको नेतृत्व गर्न कहाँ, कसको कुन कामको सन्दर्भमा भूमिका आवश्यक हो भन्ने कुराले निर्धारण हुने कुरा हो । यसमा मिडियामा आएको कुरा र स्वयं वामदेव कमरेडले भन्नुभएके कुरा के हो ? त्यो विषयमा उहाँसँग कुरा हुन पाएको छैन । तर यो विषयलाई मैले खास नेताको व्यक्तिगत विषयभन्दा पनि त्यो सिंगो पार्टीको साझा सवाल हो भन्ने म ठान्छु ।
० माक्र्सवादसम्बन्धी विभिन्न अभियान सुरु गर्नुभएको छ, माक्र्स फर्किआए भन्ने नाटक प्रदर्शनीबारे स्पष्ट पारिदिनुस् न ।
कार्लमाक्स जन्मिएको दुई सय वर्ष पुगेको सन्दर्भमा हामीले विगत लामो समयदेखि कार्ल माक्र्स द्विशताब्दी शतवार्षिकी समारोह समिति गठन गरेर माक्र्सवादको चर्चा–परिचर्चा, यसको प्रचार, व्याख्या–विश्लेषण गर्दै आइरहेका छौं । त्यही सन्दर्भमा विभिन्न गोष्ठी पनि भए । यसकै सन्दर्भका यहीबीचमा अमेरिकी सुप्रशिद्ध नाटककार हावर्ड जिनद्वारा लिखित माक्र्स फर्किए भन्ने भन्ने नाटक गुरुकुल नाट्य समूह र आरोहणको टिमले ख्यातिप्राप्त कलाकारको समूहमार्फत प्रस्तुति दिने तयारी छ । पुस १, २ र ३ गते प्रज्ञाभवनको हलमा बेलुका ५ देखि साँढे ६ बजेसम्म सो गर्दै छौं । यो टिकट सो हो । म सबैलाई माक्र्सको जीवनीसँग सम्बन्धित विषयलाई हेर्नलाई अनुरोध गर्दछु । आज दुई सय वर्षपछि पनि माक्र्स हरेक ठाउँमा चर्चामा हुनुहुन्छ । अझै पनि माक्र्स चर्चाबिना कुनै पनि निर्णय हुन सक्दैन । त्यस्तो व्यक्तित्व कसरी बन्यो भन्ने कुरा उक्त नाटकले प्रस्ट्याउँछ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply