ओलीले कार्यकर्तालाई भने– ‘सत्यको बाटोमा हिँड्नुस्, चलाखीको बाटो होइन’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यकर्ता तथा नेतालाई सत्यको बाटोमा हिँड्न निर्देशन दिएका छन् । उनले भने, ‘कार्यकर्ता नमूना हुनुपर्छ र आदर्श हुनुपर्छ अनि मात्र जनताले पत्याउँछ । चलाखीले व्यक्तिगत चाहना पुरा गर्ने होइन, निष्ठाले देशको सेवा गनुपर्छ । एमालेको स्कूल विभागले आज आयोजना गरेको विशेष अनुशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जो मान्छेले चलाखीले व्यक्तिगत लाभ लिन्छ त्यो राजनीतिमा सफल नहुने धारणा राखे । उनले त्यस्ता मान्छेलाई समाजले नसम्झिने धारणा राखे ।
एमालेपन भनेको अनुशासन ढंगले अगाडि बढ्नु हो, कहीं कतै अनुशासन उल्लघंन भएको भए त्यो व्यक्तिगत कुरा हो, त्यसको जिम्मेवारी त्यो व्यक्ति नै हो यदि पार्टीलाई जोडेर संस्थागत भ्रष्टाचार गरिएमा त्यसलाई पार्टीले कारवाही गर्छ’ अध्यक्ष ओलीले भने । समाजले स्वीकार नगरेका कामहरु गर्दा मान्छे समाप्त हुने उनले बताए । ओलीले भने, संविधान र कानुनले निषेध गरेका कामहरु गर्दा मान्छे समाप्त हुन्छ, सत्यसँग नलड्नुस्, शक्तिसँग नझुक्नुस् ।
अध्यक्ष ओलीले सत्यसँग कसैले लड्यो भने सिंह भाँचिने समेत बताए । एमालेको वास्तविक शैलीलाई सत्यको बाटोबाट अगाडि बढाउन समेत उनले सबैसँग आग्रह गरे ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply