किरणजीलाई गद्दार भनिसकेका छैनौं
खड्गबहादुर विश्वकर्मा, नेता, नेकपा– माओवादी० तपाईहरु फेरी जंगल नै जाने तयारी हो ?
– पछिल्लो दिनमा प्रचण्डजीले क्रान्ती गर्नुभएन । हामी उहासंगै हुदा उहाले क्रान्ती विसर्जीत गर्नुभयो भनेर हामी उहासग छुट्टीयौं । त्यसकै फलस्वरुप नेकपा माओवादीको जन्म भएको हो । यो पार्टी जन्मीसकेपछि अढाइ वर्षको समयावधि हेर्दा यो पार्टीले जसरी क्रान्तिको प्रक्रिया अगाडी बढाउनुपथ्र्यो त्यो ढंगले बढाउन सकेन । राष्ट्रि्रय राजनीतिमा प्रतिक्रियावादीहरुले गरी राखेको षड्यन्त्रलाई क्रस गर्न सक्नुपथ्र्यो । त्यसरी अगाडि बढ्ने कुरामा समस्या आएपछि नया वशह सुरु भयो । हाम्रो पार्टीको अहिलेको वहश भनेको वैचारीक राजनीतिक वहस हो । अब पार्टीको कार्यदिशा र नीति के हुने भन्ने कुरा प्रधान हो । यो वहस लम्बीदै आउदा अहिले जटिल ठाउमा पुगेको छ । धेरै जटिल ठाउमा पुगेकाले हामीले यसलाई हल गर्ने अन्तिम प्रयाश गरीराखेका छौं । नेपालमा ०५२ सालमा नेपाली जनताले माओवादी पार्टीको नेतृत्वमा सुरु गरेको जनयुद्ध अर्थात नेपाली क्रान्ति ०६३ मा आएपछि धक्का खाएको छ । यो पुरा हुन पाएको छैन । यसलाई पुरा गर्ने दायित्व बोकेर माओवादी पार्टी जन्मीएको हो । हामी त्यो दायित्व पुरा गर्न चाहन्छौं । नेपालमाक्रान्तिको अबको प्रक्रिया र कार्यक्रम तथा कार्यदिशाहरु २० औं शताब्दीका र नेपालममा हामीले पनि प्रयोग गरीसकेका परम्परागत ढंगबाट मात्र संभव छैन । त्यसकारणले कार्यदिशाको विकास गर्नुपर्छ । विकसीत कार्यदिशाको पहलमा नेपालामा क्रान्ति पुरा गर्नुपर्छ ।
० जंगल नगई क्रान्ति पुरा नै हुदैन त ?
– नेपालमा क्रान्ति गर्ने भन्यो भने जंगल जाने भनेर त्यसको गलत अर्थ लगाइन्छ, त्यो होइन । क्रान्ति हामी नया ढंगले अगाडि बढाउछौं । क्रान्ति शहर र गाउ दुबैतिर जरुरी हुन्छ । हामी गाउ र शहर दुबैतिरको आवश्यकतालाई परीपूती गर्ने गरीकन अबको कार्यदिशा विकास गरेर क्रन्ति अगाडी बढाउन चाहेका छौं ।
० अढाइ वर्षमै पार्टी विभाजनतिर उन्मुख हुनु अनि बुढा नेता एकातिर ठिटा नेताहरु अर्कोातिर हुनुले त्यसको औचित्य पुष्ट्री हुन्छ र ?
– हुनत भौतीक फ्याक्टर संगै जोश जागर पनि हुन्छ नै । तैपनि त्यो कुरा महतवपूर्ण होइन । राजनीतिमा विचार र नेतृत्व नै महत्वपूर्ण हो । विचार र राजनीतिक लाइन मुख्य हो । यसैमा फरक परेपछि हामीबिचमा वहश चलिरहेको हो ।
० हिजो किरणजी महान् अनि आज क्रान्तिप्रति गद्दार भन्न मिल्छ ?
– हामीले अहिले गद्दार भनिसकेका छैनौं । पार्टीको पुनर्गठन भइसकेपछि वैचारीक राजनीतिक रुपमा जसरी नेतृत्व गर्नुपथ्र्यो त्यसरी उहाबाट काम भएन । हामीले अनावश्यक आक्षेप लगाएका छैनौं तर पार्टी जिवन र राष्ट्र्रीय राजनीतिमा माओवादी पार्टीबाट जे अपेक्षा थियो त्यो पुरा हुन सकेन । माओवादी पार्टीको अहिलेको राष्ट्रि्रय राजनीतिमा जे भुमीका हुनुपथ्र्यो त्यो भुमीका पूर्ण रुपमा हुन सकेन ।
० हिजो विप्लवसंग संगै रहेका रामदिप आचार्य, रिसीराज बराल लगायतले त साथ दिएनन् रे नी ?
– अहिलेको सन्दर्भमा ०६३ देखि यतातिर आउदा जसरी यो समाजमा प्रतिक्रान्ति हावी भएको छ ठिक त्यसैगरी यस्ता सोचाइ र प्रवृतीहरु देखा पर्न सक्छन् । अहिले क्रान्ति धेरै मान्छेको बस र सोचाइ भन्दा बाहीरको कुरा भएको छ । यो बेलामा हाम्रो पाटीभित्र पनि त्यस्ता समस्या आउछन् ।े राष्ट्र्र र जनताको नीम्ती क्रान्ति भनेको कुरा त एउटा जोखिम मोल्ने कुरा हो । निस्वार्थ जोखिम मोल्ने कुरा हो । जब निस्वार्थ जोखीम मोल्ने बिन्दु आउछ त्यो बेला केही मान्छे धर्मराउछन् । जब सम्म कुरा मात्रै गरीकन क्रान्तिकारी भइने हुन्छ, त्यतिबेला सम्म त ति मान्छे संगसंगै हुन्छन् । जब स्टेप लिनुपर्ने हुन्छ , त्यो त मृत्युसंग खेल्ने कुरा हो । त्यो बेला मान्छेहरु धर्मराउछन् । केही साथीहरु यो बिचमा धर्मराएको त्यो संग सम्वन्धीत कुरा हो । तर वहश र छलफल गहिरो हुदै जादा पहिले किरण दाइलाई समर्थन गर्ने मान्छेहरु हामीतिर पनि आएका छन् ।
० पोलिट्व्युरोमा विप्लवको पक्षमा त तपाइ एक्लै देखिनुभएको छ,, कुलबहादुर केसी र धमेन्द्र बास्तोलाले पनि साथ छाडे रे ?
– होइन, होइन । धमेन्द्रजी हामीसंगै हुनुहुन्छ । कुलबहादुरजीको पनि हामीप्रति निगेटीभ धाराणा छैन । सकारात्मक नै भुमीका निर्वाह गरीरहनु भएको छ । गणितीय हिसाबमा पनि कमजोर छैनौं । पदाधिकारी, पोलिट्व्युरो र हाम्रो ४३ को सीसीमा हामीभन्दा उहाहरु बढी हुनुहुन्छ ।तर जब हामी १ सय ५१ मा जान्छौं त्यहा त हाम्रो बढी भैहाल्छ ।
० १० वर्षे जनयुद्धले तहश नहश मुलुकमा एउटा अवस्थामा आएर सम्झौता नगरी धरै भएन, तपाइहरु चाही फेरी उही अवस्थामा लैजान खोज्नुहुन्छ, मुलुकले कति थेग्ने ?
– मुलुकमा क्रान्तिको पूर्णता त अनिवार्य भैसक्यो । निर्विकल्प हो त्यो कुरा । किसान, मजदुर ,युवा, राष्ट्रि्रय पुजीपति सबैले चाहेको कुरा यही हो । किनभन्दा राष्ट्रि्रय रुपमा दलालवर्गले राष्ट्रि्रय पूजीपति वर्गलाई सताएको छ । उत्पीडन गरेको छ । राजनीतिक क्षेत्रमा रहेका दलालहरुले मजदुरकिसान र राष्ट्रि्रय उद्यमी व्यवसायीहरुलाई सताइरहेका छन् । त्यसो भएको हुदा क्रान्ति त अनिवार्य छ । तर हाम्रो सवाल क्रान्ति थेग्न सक्ला कि नसक्ला भन्ने कुरा सहायक कुरा हो भन्ने लाग्छ । नेपालका कम्युनिस्ट पार्टीका नेताहरु जसले कुनै बेला क्रान्ति उठान पनि गरे । तर त्यसलाई निर्णायक बनाउन सकेनन् । नेपालको दुर्भाग्य त्यो हो । पछिल्लो दिनमा अलिकति नया प्रयास गर्या भन्या १० वर्षसम्म क्रान्ति टिकाएको चलाएको हामीले हो प्रचण्डजीको नेतृत्वमा । तर उहाले पनि पूर्ण गर्न सक्नुभएन । त्यसकारणले क्रान्ति हाम्रो समाजको आवश्यकता हो । तर नेतृत्वले त्यो आवश्यकता परिपूर्ती गर्न सकेका छैनन् । नेतृत्वका सिमितताहरु रहे ।जसका कारणले एक तह माथी उठेका क्रान्ति पनि धक्का खायो । इतिहासका यि गम्भीर शिक्षलाई मध्यनजर गरेर अबको क्रान्तिको विचार र कार्यदिशा विकासको प्रश्न अनि क्रान्तिलाई निर्णायक विजयसम्म पुयाउने लिडरशीप विकासको प्रश्न नै नेपाली कम्युनिस्ट आनदोलनको अहिलेको अहम् प्रश्न हो । त्यसैलाई हल गर्न हामी कोशीष गरीरहेका छौं ।
० कपिलवस्तुमा आयोजना गरेको गोप्य भेलाबाट केन्द्रीय कमिटीको रुपरेखाा नै तय गरीसकेको भन्ने कुरा आएको छ नी ?
– यो कुरा पुरा प्रायोजीत हल्ला हो । हामीले पार्टीभित्रको समस्यालार्य हल गर्नको निम्ती फागुनमा राष्ट्रिय सम्मेलन गर्ने भन्ने हाम्रो निर्णय थियो । पमंसीरको अन्तिम हप्ताको केनद्रीय समिति बैठकले नै त्यो निर्णय गरेको थियो । जब वहश चर्कीदै गयो, राष्ट्रिय सम्मेलन नजिकै आयो, त्यो वशह दुइवटा दश्तावेज बन्ने स्थितिसम्म पुग्यो । त्यस्तो अवस्था भएपछि किरण दाई लगायतको टिमले महाधिवेशन गर्नुपर्छ भन्यो । महाधिवेशन गर्नुपर्छ भन्दा हामीले पार्टीभित्रका यि जटिलताई त्यसै थाती राख्नुहुन्न। झन् गलत दिशामा जान्छ, त्यसो भएमा केन्द्रीय समितिको पूर्ण बैठक बोलाउ र त्यहा छलफल बहश गरेर निकास दिउ न त भनदा पनि उहाहरु तयार हुनुभएन । राष्ट्रिय राजनीति र हाम्रो पार्टी जिवन दुबैमा एउटा जटिलता आयो त्यसैले यसको समाधानको निम्ति हामी एकपटक देशैभरीका कार्यकर्तासंग अन्तरक्रिया गछौं , परामर्श गर्छौ भनेर हामी बैठकमा नगएका हौं । हाम्रो आव्हानमा देशैभरीका साथीहरु आए ।अन्तरक्रिया गरीयो । जसरी समानान्तर भेला भनियो । त्यहाबाटै अर्को पार्टी घोषणा गछैन् भनीएर प्रचार गरीएको थियो, आखीर त्यो गलत सावीत भयो । उनीहरुले त त्यहीबाट पार्टी फुटाउछन् भनेर प्रचार गरेका थिए ।
फुटाउने नै उद्देश्य भए त हामी त्यहीबाट पार्टी घोषणा गथ्र्यौ होला , हाम्रो उद्देश्य त साथीहरुसंग परामर्श र अन्तरक्रिया गरीसकेपछि ति सुझावहरु ल्याएर केन्द्रीय समितिमा वशह गर्ने हाम्रो विचार थियो तर त्यसअघि नै उहाहरुले अनुशासनको कुरा उठाउनुभयो । स्पष्ट्रीकरण दिनुपर्छ भनने गलत निर्णय गरीदिनुभयो । त्यो गलत निर्णयको भुमरीमा उहाहरु ऋाफैं अहिले परीरहनु भएको छ । त्यो निर्णय उहाहरु ऋाफैलाई घाडो भएको छ ।
० डाकीएको बैठक छाडेर समानान्तर भेला आयोजना गर्न जानु त संगठनको पद्दतीमाथी उल्लंघन होइन र ?
– पदाधिकारीको बैठक उहाले आफ्नो साइडबाट मात्र गर्नुभयो । आफ्नो समुहको मात्र डाक्नुभयो । पोलिट्न्युरो पनि आफ्नो समुहको गर्नुभयो । त्यो कुरा पहिल्यै हामीलाई थाहा भएको भए त हामी बैठकमै आउथ्यौं त । हामी अन्तरक्रिया गएपछि यता केन्द्रीय कमिटी डाकीएछ । यो त योजनावद्ध रुपमा एकपक्षीय पार्न गरीएको बैठक थियो ।
भरत दहाल, रबीन्द्र श्रेष्ठ जस्ता व्यत्तिहरुलाई समेट्ने कुरा गर्दा तपाइको समुहभित्रै असन्तुष्ट्री छाएको भनिन्छ नी ?
मिडीयाले लेखेको रहेछ । यो अलि बढी प्रायोजीत नै छ । हाम्रा विरुद्धषड्यन्त्रकै रुपमा मैले यसलाई बुझेको छु । तर सबै पार्टीका सबै नेताहरु र यो समाजका राष्ट्र र जनाका पक्षमा सोच्नेहरुसंग हामी परामर्श गरीराख्या छौं । परामर्शपछि तिनिहरु सबैलाई एकतावद्ध गरेर मात्र देश बन्छ भन्ने हाम्रो धारणा छ । बेइमानहरुको त कुरा नगरौं तर आधारभुत रुपमा इमानदारहरु चाहे त्यो कम्युनिस्ट क्रान्तिकारी होस, चाहे त्यो प्रगतिशील होस्, चाहे त्यो देशभक्त, चाहे त्यो रेडीकल डेमोक्र्याट होस् वा चाहे त्यो उत्पीडीत वर्ग समुदायको होस् त्यो सबैलाई एकतावद्ध गरेर लिएर गए मात्र क्रान्ति हुन्छ । त्यसकारणले छलफल त भइ नै रहन्छ । तर पार्टीमा ल्याउने, एकता गर्ने भन्ने बारेमा केही कुरै भएको छैन ।
० मुल नेतृत्व नसच्चीए भने अब त्यसो भए उनीहरुसंग सम्वन्ध बिच्छृद नै हुन्छ त ?
– अढाइ वर्ष धेरै ढिलो भइसक्यो । दाइहरु ऋगाडि बढ्नुभएन भने फेरी पनि अर्को अढाइ वर्ष पर्खीने हो भने क्रान्ति त छोड्दीनुस् माओवादी पार्टी नै रहदैन । त्यसकारणले हामीले स्टेप लिनुपर्छ । पहिलो कुरा हाम्रो इच्छा त सिगो पार्टी सहित स्टेप लिने हाम्रो इच्छा हो । यदि दाइहरु तयार हुनुभएन भने राम्रैसंग हामी सरसल्लाह गरेरै स्टेप लिन्छौं ।
० सरसल्लाह गरेरै पार्टी फोड्ने भन्नुभाको ?
– हो, सरसल्लाह गरेरै स्टेप लिने हो । विगतको कम्युनिस्ट आन्दोलनको जस्तो नगर्ने । संकीण नहुने । आग्रही पूर्वाग्रही नहुने । गलत संस्कार र संस्कृति नदिने । विचार र राजनीति मिलेन भने अहिले हामी हाम्रो ढंगले अघि बढ्छौं । उहाहरु उहाहरुको ढंगले अगाडि बढ्नुहुन्छ । पछि एउटा बिन्दुमा गएर फेरी संगै पनि जान सकीन्छ । एकता गर्न सकीएला । संयुक्त मोर्चा बनाउन सकीएला इमान्दार हौं भने । बेइमान हौं भने लडाइ पर्ला ।
० अब कम्युनिस्ट आन्दोलन चाहि कता जान्छ त, धुजा धुजा हुने भयो होइन ?
– कम्युनिस्ट आन्दोलन देशको निम्ती जरुरी छ । अबको क्रान्तिलाई कुशलतापूर्वक नेतृत्व प्रदान गर्ने र सबै क्रान्ति चाहने शक्तिलाई एकिकृत गर्ने लिडरशीप भएन क्या हामी कहा । विचार र नेतृत्वको समस्या हो । जब हाम ियसको परीपूर्ती गछौं तव कमयुनिष्ट्र आन्दोलन एकिकृत हुन्छ ।
० त्यस्तो लिडरशीप विप्लव मात्र हुन् ?
– हामीले विप्लव मात्र भनेका छैनौं । हामीले त्यस्तो पार्ने कोशीस गर्ने भनेका हौं । त्यसको लागि उहाकै नेतृत्वमा अघि बढेर हेरौं भन्ने कुरा हो ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply