प्रचण्डले अहिले लगाएका आरोप जनताले धेरै पहिलेदेखि लगाएका थिए
मुमाराम खनाल राजनीतिक विश्लेषक सत्तारूढ नेकपामा जन्मिएको कलहलाई कसरी हेर्नुभएको छ ?
दुईवटा कम्युनिस्ट पार्टीको एकताको जुन मुल आधार थियो, त्यो नै कमजोर देखियो । यसको वैचारिक, सांगठनिक, सांस्कृतिक र तलदेखि माथिसम्मका पार्टीका सबै संरचनाहरूलाई सबै प्रकारले विश्वासमा लिएर सबै विषयहरूमा आगामी महाधिवेशनसम्म जाने महाधिवेशनबाट ती एकताका आधारहरू के हुन् भन्ने कुरा प्रस्टसँग पारदर्शी ढंगले छलफल र बहसमा आइदिएको भए राम्रो हुन्थ्यो । त्यसो भएको भए यसका शुभेच्छुकहरूले पनि एकताको मूल राजनीतिक आधार यो रहेछ भनेर बुझ्थे । समाजवादमा पुग्ने बेलासम्म यसले लिने बाटाहरू दुईवटा पार्टीका छुट्टाछुट्टै थिए । एउटाले जनताको बहुदलीय जनवादको कुरा गरेको थियो भने अर्कोले एक्काइसौं शताब्दीको जनवादको कुरा गरेको थियो । दुवै दस्तावेजले मोटो ढंगले समाजवादमा जाने कुरा त गरेका छन् तर समाजवादमा जाने बाटोको कुरा गर्दा दुवै पार्टीमा धेरै असमान कार्यनीति उल्लेख गरिएको छ । त्यस्ता जटिल विषयमा पार्टीमा आन्तरिक बहस र छलफलहरू नगरीकन नेकपाले जनताको जनवादका रूपमा कम्युनिस्टहरूकै शब्दमा सारसंग्रहवादी विचार तय ग¥यो । तर, त्यसको प्रस्टता आएन । पार्टीको तल्लो संरचनाबाट बहस हुँदै आएर ती विचारहरू बनेका नभई तात्कालिक रूपमा दुईवटा पार्टीका अध्यक्षहरूका महŒवाकांक्षालाई केन्द्रमा राखेर, उहाँहरूको पदको बाँडफाँडलाई केन्द्रमा राखेर एकताको आधार तयार गरियो । जसका कारण व्यक्तिहरूका बीचमा एकताको मूल आधारमा अन्तरविरोध आयो । कार्यशैलीगत समस्याले एकताको आधारलाई खल्बल्याइदियो । एकताको आधार पनि दुईजना नेताको भागबन्डामा बन्यो । यो आधार बिग्रने काम पनि उहाँहरूको भागबन्डा र वितरणमा गडबडी हुँदा बित्तिकै सबै कुरा गडबड भएर गए । जसले गर्दा कम्युनिस्ट पार्टीको यत्रो ठूलो संरचनाले पनि त्यो विवादलाई ठीक ठाउँमा ल्याउन सकेन ।
भनेपछि बाहिर प्रचारमा आएजस्तै पदकै लेनदेन र भागबन्डा नमिलेर भएको विवाद हो भन्न मिल्छ यसलाई ?
पदको भागबन्डासँगै कम्युनिस्ट पार्टीहरूमा व्यक्तिवादबाट मिश्रित संरचना छ । तत्कालीन नेकपा एमालेको दस्तावेज माओवादीको तुलनामा बढी लोकतान्त्रिक छ । माओवादी केन्द्रमा भन्दा इतर पार्टी डेमेक्रेसी अलि बढी रहेको भए पनि त्यहाँ जनवादी केन्द्रीयताको सिद्धान्तअनुरूप संगठनहरू चल्ने उल्लेख गरिएको छ । जसका कारण त्यो मातहतवादी हुन्छ । माथिल्लो कमिटीको मातहत तल्लो कमिटी हुन्छ । जबसम्म त्यो मातहतमा चल्छ र स्वाभाविक रूपले त्यो जनवादी केन्द्रीयताले भनेको केन्द्रीयताको मातहत जनवाद रहन्छ । जबसम्म केन्द्रीयताको मातहत डेमोक्रेसी रहन्छ, तबसम्म एउटा नेता शक्तिशाली बन्ने र शक्तिशाली नेताका वरिपरि कार्यकर्ता तथा अरु नेताहरूको समूह बन्ने प्रक्रिया अन्त्य हुन्न । त्यसो हुनाले पूर्वएमालेमा पनि धेरै समूह छन् । जनवादी केन्द्रीयताको आधारले तयार गरेका केही नेताको वरिपरि जुन शक्तिकेन्द्र बन्छ, ती शक्तिकेन्द्रहरूको बीचमा जुन सम्झौताहरू हुन्छन्, त्यसैकारण अहिले पनि कहिले भैंसेपाटी, कहिले खुमलटार, कहिले कोटेश्वर त कहिले बालुवाटारमा भेलाहरू हुन्छन् । त्यसो हुनाले पार्टीभित्र यो प्रकारका प्रवृत्तिले कुन समूह चाहिँ बढी वैचारिक समूह हो भन्ने कुरा यत्तिकै देखिँदैन । व्यक्ति मिश्रित कम्युनिस्ट पार्टीको समूह र बुझाइको तरिका हेर्दा सांगठनिक मामिलामा अभ्यास गर्दा जुन तरिका छ, त्यो तरिकामा फेरबदल नल्याउँदासम्म यसले ठूलो समस्या उत्पन्न गरेको छ । ती स्वार्थहरूलाई एकीकृत गर्न जुन प्रयत्न हुन्छन्, कहिलेकाहीँ त्यसले सकारात्मक परिणाम पनि दिन्छन् । उदाहरणका लागि यति ठूलो कम्युनिस्ट पार्टीमा दुई नेता मिल्नेबित्तिकै त्यो एकतामा पनि गयो । त्यसले झन्डै दुई तिहाइको बहुमत पनि प्राप्त ग¥यो । नेपाली जनताको विश्वासलाई पनि जित्यो । उहाँहरू दुइजनाको मात्रै भागबन्डालाई एकातिर छोडिदिने हो भने उहाँहरूको नियत एकदमै राम्रो भएको भए त परिणाम त राम्रो दिएको हो नि ! तर, तपाईंले त्यसको अर्को पक्ष हेर्नुभयो भने ती दुईजनामा दरार पैदा हुनेबित्तिकै यति ठूलो कम्युनिस्ट पार्टी, यति ठूलो उपलब्धि सजिलै गुम्न लागेको अवस्था पनि छ ।
कार्यकारी अध्यक्ष प्रचण्डले पेस गरेको १९ पन्ने प्रस्ताव ‘प्रधानमन्त्री ओली पक्षले भनेजस्तै के आरोपपत्र मात्र हो त ?
स्वाभाविक रूपले त्यो एउटा आरोपपत्र त हो नै । उहाँले जुन आरोप लगाउनुभएको छ, त्यो आरोप वास्तवमा भन्नुहुन्छ भने नेपाली जनताले धेरै अघिदेखि नै ओली सरकारमाथि लगाएका आरोपहरू नै हुन् । हिजोसम्म जतिबेला कोरोनाको कहर सुरु भयो र लकडाउन हुन थाल्यो, बिस्तारै त्यो आलोचनाको दायरा पनि बढेर गयो । किनभने, सरकारको पर्फर्मेन्सका लागि एक वर्षको समयभित्र पनि खासै धेरै डेलिभरीको कुरा हुन सकेनन् । विभिन्न कुरामा सरकार चुक्दै गएपछि उहाँले भनेका कुराहरूले पार्टीलाई पनि व्याक फायर भयो । मुलुक पनि एउटा निराशामा पुग्यो । ठीक त्यही बेलामा प्रचण्डजीले बाहिर जति सरकारको आलोचना भएको छ, यो आलोचनालाई समातेर अब पार्टीबाट ओलीजीलाई गलाउन सकिन्छ भन्ने निष्कर्षमा पुग्नुभयो । तर, पार्टीको आन्तििरक संरचनाका हिसाबले त्यो देखिएन । त्यतिबेला वास्तवमा प्रचण्ड समूह चुकैकै हो ।
कहाँनेर चुकेको भन्ने लाग्छ ?
बाहिरबाट आलोचना जति भइरहेको थियो, त्यही ढंगको पार्टीभित्रबाट आलोचना थिएन । यद्यपि, केपी ओलीकै सरकार सबैको सरकारका रूपमा जानुभन्दा पनि व्यक्तिगत इगोका प्रतिक्रियाका रूपमा प्रस्तुत हुन थाल्यो । सुनियोजित योजनामा नआउँदानआउँदै पनि यो लडाइँ प्रवेश ग¥यो । यो प्रवेश गरिसकेपछि प्रचण्डजीले जे कुरा नेपाली जनताले पार्टी बाहिरबाट ओली सरकार र कम्युनिस्ट पार्टीमाथि आरोप लगाएका थिए, तिनै आरोपलाई उहाँले सूत्रबद्ध गर्नुभएको छ । अब ओलीको जवाफ कस्तो आउला त ?
त्यो आरोपपछि मलाई लाग्छ, फेरि १३ गते ओलीजीको पनि त्यस्तै विषयवस्तु आउँछ । उहाँको आरोप पनि त्योभन्दा धेरै पृथक् हुनेवाला म देख्दिनँ । किनकि उहाँहरूले एकअर्कालाई राम्रोसँग चिन्नुभएकै पनि छ । र, ओलीजीको व्यक्तित्व निर्माण भएका मूल तीनवटा तŒव जुन थिए, त्यसबारे पनि हामीले बुझ्नुपर्छ ।
के थिए त ती तीनवटा तŒव ?
मूलत तीनवटा अवयव थिए, जहाँबाट ओलीजीले शक्ति आर्जन गर्नुभयो । किनकि, एमालेमा छँदा पनि उहाँ लामो समय प्रतिपक्षमा बसेको नेता हो । उहाँले शक्ति आर्जन गर्नुका पछाडि एक त उहाँको उग्र माओवादी विरोधी छवि थियो । त्यही चिन्तन धाराले पार्टीभित्र उहाँका लागि एउटा फराकिलो स्पेस पनि बनायो । दोस्रो कुरा, उहाँ परम्परावादी सोचबाट आएका कुराहरूमा सहमत हुनुहुन्थयो । माओवादी र मधेसवादी दलहरूले जुन मुद्दा सारे, त्यो मुद्दाप्रति उहाँ निकै अनुदार हुनुहुन्थ्यो । संघीयताविरोधी, जातिवादविरोधी उहाँ एकीकृत शासन नै आवश्यक छ भन्ने वकालत गर्दै गर्दा त्यो कुरा नेपालको बहुसंख्यक क्षेत्रीबाहुनमा राम्रै प्रभाव पा¥यो । अर्को कुरा, उहाँले पछिल्लो समयमा जब संविधान जारी भयो, त्यसपछि भारतीय नाकाबन्दी र त्यो संविधानको विरोधी पक्षलाई त्यो संविधानको पक्षमा राखेर उहाँले एउटा उग्र राष्ट्रवादी छवि पनि बनाउनुभयो । यी तीनवटा छविबाट जहाँ उहाँको व्यक्तित्व निर्माण भयो र अहिले नेकपाले बहुमत प्राप्त गर्न ओलीजीको त्यो व्यक्तित्वले निकै हदसम्म काम पनि ग¥यो । उहाँले जुन प्रतिक्रिया गरेर शक्ति आर्जन गर्नुभयो, त्यो प्रतिक्रिया गरेर शक्ति आर्जन गरिसकेपछि उहाँ प्रधानमन्त्री र पार्टी अध्यक्षको तहसम्म पुग्नुभयो । त्यो पुगिसकेपछि अब प्रतिक्रियाले काम गर्दैन भन्ने कुरा उहाँले बुझ्नुपर्ने हो । किनभने, उहाँ अब प्रतिक्रिया गर्ने ठाउँमा होइन, समस्याको समाधान गर्ने ठाउँमा उहाँ पुग्नुभएको थियो । उहाँले नबुझेको कुरा के हो भने अहिले पनि उहाँले पुनः प्रतिक्रिया गरिरहनुभएको छ । त्यो प्रतिक्रियाले उहाँलाई नकारात्मक दिशातिर पु¥याउँछ । त्यो प्रतिक्रिया गर्ने ठाउँमा अहिले पार्टीका अरू नेता हुनुहुन्छ । माधव नेपालजीको प्रतिक्रिया अहिले स्वाभाविक हुन्छ, किनकि उहाँ पार्टी अध्यक्ष पनि हुनुहुन्न र उहाँ सरकार प्रमुख पनि हुनुहुन्न । तर पार्टी अध्यक्ष र सरकार प्रमुखका रूपमा आफैंले सबैतिर जिम्मेवार लिइसकेपछि उहाँ राज्यसत्ताप्रति पनि प्रतिक्रियात्मक, जनताप्रति प्रतिक्रियात्मक, पार्टीका अरु नेताहरूप्रति प्रतिक्रियात्मक जुन हुनुभएको छ, उहाँलाई के लाग्यो भने यही गरेर मैले शक्ति आर्जन गरेको, अब पनि यही गरेर मैले त्यो शक्ति टिकाइराख्छु भन्ने छ ।
त्यो सम्भव छैन त ?
हो, अब त्यस्तो सम्भव छैन । उहाँ त्यस्तै गलत भ्रममा हुनुहुन्छ । तसर्थ, प्रचण्डजीले जुन प्रतिवेदन भनेर लेख्नुभयो, त्यसमा खास समस्याहरू उहाँमा पनि छन् ।
प्रचण्डजीमा के समस्या देख्नुहुन्छ ?
कल्पना गर्नुस्, लगातार ३४ वर्ष भयो, उहाँ पार्टीको सेकेन्डमेन हुनुभएको छैन । सेकेन्ड मेन नभईकन आउन उहाँले दसौंपटकसम्म पार्टी विभाजन गर्नुभएको छ । र, त्यो विभाजन भएर जानेहरूलाई उहाँले जान दिनुभएको छ । तर, आफ्नो नेतृत्वबारे उहाँसँग कुनै प्रश्न नै छैन । उहाँले आफूबाहेक अर्कोलाई नेतृत्वमा राख्नुहुन्छ भन्ने कुरा कल्पना पनि गर्नुहुन्न ।
यस हिसाबले अब नेताहरू सँगसँगै जालान् कि पार्टी फुट्ला त ?
केपी ओलीजीका गतिविधिहरूले त्यस्तै संकेत गर्छन् । अझै पनि प्रचण्ड र माधव नेपालजीको प्रयत्नले पार्टी विभाजन गरेर जाँदा जुन जोखिम छ, त्यो जोखिमप्रति उहाँहरू अलि बढी नै संवेदनशील भएको देखिन्छ । सकारात्मक रूपमा यसलाई संवेदनशील भएको भन्न सकिन्छ भने नकारात्मक ढंगले भन्दा डराएको पनि भन्न सकिन्छ । तर, ओलीजीका लागि भने उहाँले एउटा सुनियोजित योजनामा काम गर्नुहुन्न । उहाँको हठ छ । त्यो हठले यो मुलुक दुर्घटनामा जाने धेरै खतरा छ ।
कसरी ?
किन हो भने यत्रो पार्टी हुँदाहुँदै पार्टीसँग भन्दा बढी उहाँ प्रतिपक्षीसँग पदको बार्गेनिङ गर्ने र पार्टी फुटाएर भए पनि तिनीहरूलाई देखाइदिने मानसिकतामा हुनुहुन्छ । खासगरी उहाँको देखाइदिने भन्ने जुन मानसिकता छ, त्यस मानसिकताले के गर्छ भन्ने कुरा थाहा छैन । त्यसकारण, ओलीजीले लिने जुन कदम हो, जहाँ एउटा पार्टी विभाजनको कुरा मात्र होइन, एउटा प्रधानमन्त्रीले लिने कदमले मुलुकको भविष्यलाई पनि धेरै ठूलो असर गर्छ । यसले अहिलेको लोकतान्त्रिक प्रक्रियालाई पनि असर पार्छ । नेकपाको अहिले जुन खालको भोट माग्ने धरातल थियो, त्यो धरातल पनि उहाँले प्रायः समाप्त गरिदिनुभएको छ । एउटा त उहाँले सेवा प्रवाहमार्फत कमजोर प्रदर्शन गरेर र अर्को कुरा शक्तिशाली कम्युनिस्ट पार्टी झगडा मात्रै गरिरहन्छ र पार्टी फुटाउनेसम्मको हदमा जान पछि पर्दैन भन्ने जुन नकारात्मकता छ, त्यस प्रवृत्तिले अर्को निर्वाचनमा स्वाभाविक रूपमा कांग्रेसलाई नै स्पेस बढाइदिने हो ।
प्रधानमन्त्रीले विचार गर्नुपर्ने कुरा के हो ?
उहाँ नेकपाको मात्र प्रधानमन्त्री होइन । नेकपाको मात्र भए एउटा कुरा हो । सबै नागरिकको प्रधानमन्त्री भए पो राम्रो । उहाँ त नेकपा भित्रका पनि सबैको हुन नसकी एउटा गुटको मात्र हुनुभयो भन्ने आरोप छ । प्रधानमन्त्रीका गतिविधिहरूले मुलुकको प्रधानमन्त्री, मुलुकको संस्थापन शक्ति हुँ भन्ने कुरा उहाँले बुझ्नुभएन । उहाँ अहिले पनि प्रतिपक्ष, अहिले पनि संघर्षशील नेता र अहिले पनि विद्रोही नेताको जस्तो उहाँका अभिव्यक्तिहरू छन् । उहाँको कामकारबाही पनि त्यस्तै छ । उहाँलाई पोहोर साल जुन समस्याको जसरी समाधान गर्नुभयो, अहिले त्यो समस्याको त्यसरी नै समाधान गर्नुभयो भने त्यो समाधान नै हुँदैन । तर, उहाँले जानेको त्यही छ । लामो प्रतिपक्षी नेता हुँदा उहाँले मान्छेलाई च्यापेर, उडाएर, उसमाथि प्रतिक्रिया गरेर, उसमाथि खनिएर जुन शक्ति आर्जन गर्नुभयो र उहाँ यो ठाउँमा पुग्नुभयो । यो ठाउँमा पुगेपछि अब त उहाँ झर्ने मात्र हो । चढ्ने ठाउँ छैन ।
अहिले पनि पूर्वएमालेलाई ब्यँुताउने षड्यन्त्र छ, त्यसका लागि फेरि अध्यादेश आउन सक्छ भन्छन् नि ?
उहाँले त्यही विवादास्पद अध्यादेश ल्याएर पार्टी विभाजन गर्ने तहको योजना बनाएको आरोप लाग्यो । जवाफमा नेकपा होइन, अरु पार्टी विभाजन गर्न खोजिएको भनेर जवाफ आयो । उहाँले त्यो अध्यादेश ल्याइसकेपछि जुन ढंगले सामाजिक सञ्जालमा नेपाली नागरिकको तहबाट र कतिपय अवस्थामा भौतिक रूपमा पनि विरोध प्रदर्शनहरू भए । त्यसपछि बाध्य भएर उहाँले अध्यादेश फिर्ता लिनुभयो । फिर्ता लिए पनि कुनै बेला फेरि त्यो अस्त्र म चलाँउछु भनेर उहाँले तयारी अवस्थामा त्यो अस्त्र राखिरहनुभएको छ । तर, उहाँ अपमान सहेर त्यो अध्यादेश फिर्ता लिन बाध्य हुनुप¥यो । त्यो फिर्ता लिएसँगै प्रचण्ड र माधवजीहरूले ओलीलाई धेरै हदसम्म गलाएकाले यही बेलामा प्रधामन्त्री वा पार्टी अध्यक्षबाट हटाउन सकिन्छ भन्ने गलत विश्लेषणमा उहाँहरू पुग्नुभएको थियो । उहाँहरूले गरेको आक्रमण त्यतिबेला नभइदिएको भए यतिबेला ओली सायद आफैं हट्ने स्थिति पैदा हुन्थ्यो । पछिल्ला दिनमा आन्तरिक कचिंगलको निकासमा ओलीजी नै बाधक भइरहनुभएको छ । उहाँले निकास निकाल्न नै खोज्नुभएको छैन । उहाँले पार्टीलाई विभाजनतिरै लिएर जानुभएको छ । पार्टी विभाजन गरेर लिएर जाने सवालमा उहाँ अझ एक कदम अघि बढेर प्रतिपक्षीसमेतलाई कलहको बिउ राखि दिइसक्नुुभयो । कांग्रेसमा पनि यसको समर्थन विरोधमा धारणाहरू आउन थालिसक्यो । पछिल्लो चिन्ता के हो भने ओलीजीले एजेन्डा पनि दक्षिणपन्थी बोक्दै जानुभएको छ । तर, ती सुविचारित दक्षिणपन्थी एजेन्डा छैनन् । उहाँले विरोधीलाई देखाइदिने नाममा जेजस्तो काम अगाडि आउँदै जान्छ, त्यसैको आधामा मुलुक कहाँ जान्छ भनेर निर्धारण हुन्छ ।
अध्यक्ष प्रचण्डले राखेको प्रस्ताव वा १९ पन्ने प्रतिवेदन फिर्ता हुनुपर्ने अडान छ, के फिर्ता हुने सम्भावना देख्नुहुन्छ ?
अहिले प्रचण्डजीको मात्र आयो । केपी ओलीजीको पनि आरोपपत्र आउँदैछ । प्रचण्डजीको पत्रको जवाफ अवश्य नै होला । त्यो आइसकेपछि बल्ल त्यसलाई दुवै प्रतिवेदनलाई एक ठाउँ मिलाएर त्यसपछि बल्ल ती आरोपपत्रहरूलाई समीक्षा पत्र भन्न सकिन्छ । आरोपपत्रहरू आरोपपत्रकै ठाउँमा रहन्छन् । त्यसको राजनीतिक अर्थ रहँदैन । त्यसैले, पार्टी समीक्षाका लागि यी दुइटैलाई मर्ज गरेर सुझावपत्र मान्न सकिन्छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply