भूपू नेपालीबाट नेपाल बन्दैन
– लालबाबु पण्डित मन्त्री, सामान्य प्रशासन० मन्त्री भएको एक वर्ष हुन लाग्यो, कति सन्तुष्ट हुनुहुन्छ ?
– मेरो कामको मूल्यांकन गर्ने जनताले हो । तर, मैले आफैंले मूल्यांकन गर्नुपर्दा, यो संयुक्त सरकार हो । संयुक्त सरकारको भावना अनुसार चल्नुपर्ने स्थिति छ । हरेक मन्त्रीहरूका लागि कार्यसम्पादन नियमावली अनुसार चल्नुपर्ने हुन्छ । जो मन्त्री जुन मन्त्रालयको हो, त्यसैप्रति जिम्मेवार हुन्छ । तर, सरकारको मन्त्री भएको कारणले सरकारले गर्ने क्रियाकलापमा पनि सामूहिक जिम्मेवारी हुन्छ ।
० मन्त्रीहरूले आफूले काम गर्न नसकेपछि दोष चाहिँ ‘संयुक्त सरकार’ भन्दै पन्छाउने प्रवृत्ति छ नि ?
– मैले संयुक्त सरकार भनेर दोष सार्न खोजेको होइन । एकल सरकार हुँदा एक ठाउँमा निर्णय गर्दा हुन्छ । एक किसिम सोच्दा हुन्छ । अनि, त्यसलाई विधि पुर्याउन छलफल कका रूपमा लगिन्छ । तर, संयुक्त सरकार हुँदा संयुक्त रूपमा द्विपक्षीय, बहुपक्षीय कुरा सुरु गरेर मन्त्रिपरिषद् बैठकमा लगिन्छ । त्यहाँ पनि व्यापक छलफल गर्नुपर्दा वादविवाद पनि हुन्छ, समय पनि लाग्छ ।
० स्वतन्त्र रूपले काम गर्न सक्नुभएको छ
त ?
– केही–केही अप्ठ्याराहरूका बीच मैले काम गरिरहेको छु ।
० यो एक वर्षमा सम्झनलायक के काम गर्नुभयो ?
– मन्त्री भएपछि पहिलो बैठकमा शपथ लिने काम मात्र भयो । दोस्रो बैठकदेखि मैले नेपालका कर्मचारीहरू आफ्नो देशप्रति मात्र ‘लोयल’ छैनन्, डीभी, पीआर, ग्रिनकार्ड लिएर उनको ‘लोयाल्टीमा’ विभाजन भएको छ भन्ने कुरा उठाएा । नेपालमा आर्जन गरेको सम्पत्ति पनि विदेश लगेका छन् । त्यसले भ्रष्टाचारका निम्ति उत्प्ेररित गरेको छ । पाएको जिम्मेवारी बिर्सेका पनि छन् । त्यसैले कर्मचारीले डीभी, पीआर र ग्रिनकार्ड लिने सिस्टम समाप्त गर्नुपर्छ भनेर लागो । अर्को, सरकारी र निजी क्षेत्रको काम अलग्याउनुपर्छ भन्ने प्रक्रिया सुरु गरो । त्यस्तै, अहिलेको समय भनेको विशिष्टीकरणको समय हो । लोकसेवा आयोगको सचिव आलुविज्ञ पठाएर हुँदैन । कृषिको कृषि, इन्जिनियरिङको इन्जिनियरिङ, कानुनको कानुन, स्वास्थ्यको स्वास्थ्य, प्रशासनको प्रशासनमै उनको वृत्ति विकास हुनु आवश्यक छ । त्यसकारण मैले क्लस्टर अर्थात् विशिष्टीकरण प्रणालीको सुरुआत गरो, जुन अहिले विधेयकमा सर्वसम्मत् भएर अन्तिम चरणमा छ । कुनै एउटा राष्ट्रसेवक दुई वर्षको अध्ययन बिदा लिएर १२ वर्ष फर्कंदैन । ऊ उतै जागिर खान्छ । उसलाई सरकारले लगानी गरेको आफ्नो राष्ट्रका लागि हो । तर, ऊ त्यहीँ काम गर्छ । यहाँ पद पनि राखिछाडेको छ । बढुवाको समय भयो भने एक हप्ता अगाडि आउँछ, बढुवा भएपछि एक हप्तापछि फेरि जान्छ । त्यसैले अब बिदा सकिएको ३० दिनभित्र फर्किएन भने जागिरबाट बर्खास्त गर्ने प्रक्रिया सुरु गर्ने गरी सुधारको प्रक्रिया अगाडि बढाएँ । त्यस्तै, दुई सिफ्टमा कार्यालय सञ्चालन गर्ने प्रक्रिया सुरु गरें । नारायणहिटीस्थित राहदानी विभागमा बिहान ३ बजेदेखि लाइन लाग्थ्यो । सडकमा युवाहरूले गरेको पिसाब खोलाजस्तै बग्थ्यो । पासपोर्ट लिने पीडा दर्दनाक थियो । नागरिकता लिन वैदेशिक रोजगार विभागमा अनुमति लिन, यातायातमा लाइसेन्स लिन पनि त्यस्तै पीडा थियो । त्यसैले मैले भीडभाडका कार्यालयहरू दुई सिफ्टमा बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म खोल्ने निर्णय नेपाल सरकारबाट गराएँ ।
० तर, यो त्यति प्रभावकारी भएन भन्ने सुनिन्छ नि ?
– मसँग कुन दिन कति काम भयो भन्ने सबै रेकर्ड आएको छ । दुईखाले मान्छेहरूले यो प्रभावकारी भएन भन्छन् । एकखाले, जसले त्यहाँ लेखन्दासको काम गर्छन् । जति भीडभाड भयो, उनीहरूको आम्दानी त्यति बढी हुन्छ । अर्काथरि, केही बानी बिग्ेरका कर्मचारी छन् । भीडभाड भयो भने कमाउन पाइन्छ भन्नेछ । बसमा भीडभाड भयो भने पकेटमार पस्छ । खाली बसमा पकेटमार पस्दैन । कमी–कमजोरी छन् भने तिनलाई सुधारे र लाने हो तर यो कामलाई प्रभावकारी बनाएर लगिन्छ ।
० कसरी प्रभावकारी बनाउने योजना छ ?
– मैले प्रस्ट भनेको छु– कुनै कार्यालय प्रमुखले व्यवस्थापन गर्न सक्दैन भने व्यवस्थापन गर्न सक्ने कार्यालय प्रमुख पठाउँछु । कोही कर्मचारीले म काम गर्न सक्दिनँ भन्छन् भने म काम गर्ने कर्मचारीलाई पठाउँछु । काम गर्न नसक्ने कर्मचारीलाई किन जागिर खुवाउने ? वा, उसको बानी व्यहोरा केही बिग्ेरको स्थिति छ भने बानी व्यहोरा परिवर्तन गर्नुपर्छ । उसको बानी व्यहोराबाट सरकारले नीति परिवर्तन हुने कि व्यक्ति परिवर्तन हुने ? म जनताले दु:ख पाएको हेर्न सक्दिनँ । त्यसकारण यो आवश्यकताले गरिएको हो । आवश्यकता समाप्त भयो भने त्यसपछि अर्को निर्णय होला । अहिले जनतामा उत्साह छ ।
० डीभी, पीआरधारी कर्मचारीले कि जागिर छाड्नुपर्ने कि डीभीपीआर छाड्नुपर्ने भन्ने तपाईंको विधेयक त अलपत्र पर्यो नि ?
– यो विधेयक संसद्मा जेठ १८ मा प्रस्तुत भएको हो । लामो समयसम्म संसद् अवरुद्ध थियो । संसद् अवरोधपश्चात् त्यो विधेयक राज्यव्यवस्था समितिमा गयो । त्यो समितिले उपसमिति बनायो । उपसमितिले काम गरेर टुंग्याएको छ । अब आउने संसद्को अधिवेशनमा पहिलो विधेयकका रूपमा पारित हुनेछ भन्नेमा आशावादी छु । विधेयक प्रस्तुत भइसकेपछि मन्त्रिपरिषद्मा डेढ महिना छलफल गर्नुपर्यो ।
० काम गर्न गाह्रो छ ?
– कुन काम गर्न सजिलो छ र ? खाना खाँदा पनि त तागत त लाग्छ नि † तागतकै लागि भात खाने हो तर खान पनि तागत लाग्छ ।
० संसदीय दलका बैठकमा मन्त्रीहरूले काम गर्न सकेनन् भनेर सभासद्हरूले चर्को आलोचना गर्ने गरेका छन् नि ?
– सरकारको आलोचना नै नहुने कुनै यस्तो सरकार छ र ? सरकारको आलोचना हुन्छ, आलोचनाका बीचमा राम्रो काम गर्ने प्रयास छाड्नुहुँदैन ।
० सरकार संयुक्त भए पनि कांग्ेरसको एकलौटी जस्तो छ, एमालेका मन्त्रीहरू निरीह छन् भनिन्छ नि ?
– मैले सुरुमै भनें, मन्त्री–मन्त्रीको फरक–फरक कार्यशैली पनि छ । नयाँ एजेन्डाको कुरामा, नियमित एजेन्डाकै कुरामा आ–आफ्नो हिसाबले काम गरिएको छ ।
० तपाईंले आफूले गरेको कामको फेहरिस्त सुनाउनुभयो, सन्तुष्ट हुनुहुँदोरहेछ हैन ?
– ढिलो–छिटो एउटा कुरा हो । तर, मैले जे एजेन्डा अगाडि सारेको छु त्यो एजेन्डालाई अगाडि बढाएकै छु । मैले बोल्दै आएको थिएँ– नेपालका राष्ट्रसेवकहरूलाई उनीहरू निवृत्त भइसकेपछि बाँचुञ्जेल राष्ट्रसेवामा लगाउँछु । अहिले त्यो कामको थालनी गरिसकेको छु । पहिलो चरणमा फागुन ७ गते नयाँ संरचना घोषणा गर्दैछु । अहिलेसम्म विशिष्ट श्रेणीबाट अवकाश पाएका निजामती, प्रहरी, सेना, कानुन, कृषि, वन स्वास्थ्य, इन्जिनियरिङलगायतका सेवाका नौवटा क्लस्टर बनाएर ११ जनाको एउटा कमिटी बनाउने निर्देशिका पारित भएको छ । सिंहदरबारमा एउटा कार्यालय स्थापना गर्दैछौं । अवकाश पाएपछि सडकछाप हुने वा अपहेलित हुने होइन, उहाँहरूको ज्ञान–सीपलाई सरकारले सदुपयोग गर्छ । सरकारको ‘थिंक ट्यांक’को रूपमा म उहाँहरूलाई जिम्मेवारी दिन लागिरहेको छु ।
० कार्यरत कर्मचारीको तारो बनेका बेला अवकाश पाएकाहरूको चाहिँ माया बटुल्न खोज्नुभएको हो ?
– मैले सिस्टम बसाउन खोजेको हुँ । गलत कुरा रोक्न खोजेको हुँ । मैले प्रस्ट रूपमा भन्दै आएको छु– सबैभन्दा पहिला कसले के काम गर्ने हो, ऊ आफ्नो कामप्रति गौरवान्वित होस् । राष्ट्रप्रति समर्पित हुनुहोस्, कर्तव्यनिष्ट हुनुहोस्, इमानदार हुनुहोस् र भविष्यप्रति उत्साही पनि हुनुहोस् ।
० यो सिस्टम बसाउन सक्छु भन्ने लाग्छ ?
– म जहाँ–जहाँ कमजोरी छन्, ती कमजोरी हटाएर अगाडि बढाउँछु । त्यसैले गर्दा डीभी, पीआर लिएका अलिक–अलिक रिसाउलान् । तर, खुसी पनि भएका छन् । गोविन्दराज जोशीका छोरा दीपकराज जोशी अमेरिकाको ग्रिनकार्ड त्यागेर, मकहाँ नै आएर बुझाएर ‘म राष्ट्रको निम्ति काम गर्छु, तपाईंलाई स्यालुट गर्छु’ भने । विचारमा त फरक हो । तर, राष्ट्रको सन्दर्भ उठाउँदा विचार मिल्ने पनि छन् । बाँचुञ्जेल मातृभूमिको सेवा र विकासमा लाग्नेहरूलाई म स्यालुट गर्छु । तर, विदेश गएर त्यहाँका नेपाल र नेपालीलाई सराप्नेलाई म भूपू नेपाली भन्छु । भूपू नेपालीबाट नेपाल बन्दैन ।
० कर्मचारी प्रशासनभित्रको सिस्टम बिग्रेको कर्मचारीबाटै हो कि राजनीतिले बिगारेको रहेछ ?
– राजनीति र प्रशासन अलग–अलग कुरा भए पनि दुईटाको मेलले नै देश बन्ने हो । राजनीतिभित्रको कमजोरी राजनीतिज्ञले हटाउने हो, प्रशासनभित्रको कमजोरी प्रशासनिक रूपले नै हटाउनुपर्छ ।
० राजनीतिबाट थेग्न नसक्ने दबाब आउँछ रे नि त ?
– राजनीतिमा पनि दवाव आउँछ, प्रशासनमा पनि दवाव आउँछ । दवाव आयो भन्दैमा गलत कुरा गर्ने हो भने त के हुन्छ ? गलत कुराको भविष्य गलतै हुन्छ । कक्षामा पढ्न नजाने अनि आलु नम्बर आयो भनेर शिक्षकसँग रिसाएर के हुन्छ ? पहिलो कुरा, नीतिमा कहाँ कमजोरी छ, त्यो खोज्नुपर्छ । नीति ठीक छ नियतमा कमजोरी छ भने गलत काम हुन्छ । गलत काम गर्नेलाई दण्ड दियो भने गलत काम हुँदैन । दण्डहीनताबाट रमाउने हो भने परिणाम पनि त्यस्तै आउँछ ।
० कर्मचारी संगठनहरूको दवाव कत्तिको भोग्नुपरेको छ ?
– संगठनहरू छन् । उनीहरूलाई मैले नीतिगत कुरा लिएर आउनूस् भनेको छु । खुद्रा–मसिना कुरामा नअल्झनूस्, ट्ेरड युनियनको काम खुद्रा–मसिना कुरामा अल्झिने होइन भनेको छु ।
० सबै संगठनको एउटै ट्ेरड युनियन बनाउने कुरा पनि अगाडि सार्नुभएको थियो, त्यो कहाँ
पुग्यो ?
– आधिकारिक ट्ेरड युनियन बनाउँछु भनेको हुँ । परिस्थिति, वातावरण अलिकति सम्हालेर लानुपर्ने भएकाले गति लिएको छैन ।
० आफैं खुुद्रा–मसिना कुरामा नअल्झनु भन्ने अनि सानातिना सरुवामा पनि छानी–छानी कांग्ेरसनिकट मानिनेलाई प्राथमिकता दिनुहुन्छ भन्ने आरोप लाग्ने गरेको छ नि ?
– आस्थाको आधारमा सरुवा गरेकै छैन । ऐन, कानुनले सरुवा हुने हो ।
० बढुवाको भागबन्डा चाहिँ किन रोक्न सक्नुभएन, यसपटक सचिव बढुवामा पनि भागबन्डा नै भयो क्यारे ?
– कसले भन्यो भागबन्डा ? कुनै भागबन्डा भएको छैन । भएका मध्ये असल खोज्ने हो । उपयुक्त व्यक्ति खोजेरै भएको छ र प्रस्तावित मध्येबाटै भएको छ ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply