मन्त्रालय फुटाएर सरकारलाई ठूलो आकारमा लैजानु हुँदैनथ्यो
गणेशसिंह ठगुन्ना केन्द्रीय सदस्य तथा सांसद, नेकपा (एमाले)० तपाईको पार्टीको नेतृत्वमा सरकार बनेको ती महिना पुग्न लागिसकेको छ, अहिलेको विशिष्ट परिस्थितिमा सरकारको कामको समीक्षा कसरी गर्नुभएको छ ?
– अहिले देश विशिष्ट परिस्थितिबाट गुज्रिरहेको छ । विभिन्न समस्या आइलागेका छन् । राष्ट संकटमा परेका बेला अन्य कुराहरुमा समिक्षा गर्नु ठीक हो जस्तो लाग्दैन । मूल समस्या नै हल गर्नतिर जानुपर्छ । देशका भइरहेको आन्दोलनलाई समाप्त गर्दै आपुर्तिको व्यवस्था सहज गर्नुपर्छ ।
० आपुर्ति व्यवस्था पनि त तीन महिनादेखि असहज छ, त्यसलाई सहज बनाउन यो समय काफी होइन र ?
– बाधा विरोध र चुनौती पनि त्यत्तिकै थिए । सरकारको मात्र नियन्त्रणमा सम्पुर्ण कुराहरु छैनन् । यदपी विद्यमान समस्या समाधान गरेर जनजीवन सामान्य बनाउने यो कामका लागि सरकार अगाडी बढ्नु पर्छ,ब ढिरहेको पनि छ । अहिल्यै हामीले निष्कर्ष निकाल्ने बेला भएको छैन तर जुन गतिमा बढ्नु पथ्र्यो त्यो गति लिन नसकेको गुनासो चाहि आम जनताको छ ।
० बाहिर आम जनतामा त सरकारको कडा आलोचना शुरु भइसकेको छ नि ?
– शुरु भएको छ । हामीले पनि जनताकै आवाज बोल्ने हो । जनताका छिट्टै कुनै निकास आओस् भन्ने छ । सरकारले जतिसक्दो चाँडो निकास दिएर जनताको गुनासोलाई सम्बोधन गर्न सक्नुपर्छ ।
० सरकारले गर्न नसकेका कामलाई लिएर भउको आलोचनाको पाटो एकातिर छ, अर्कातिर गरेका कामको पनि त आलोचना भएको छ नि ?
– अहिले सरकारको ध्यान प्रमुख मुद्दामा नै केन्द्रित छ भन्नेमा म विश्वस्त छु । सरकार आफ्नो बलबुताले नाकावन्दीबाट राहत दिलाउने हिसावले नै लागिरहेको छ । अन्य साना मसिना कुरामा जनताबाट जुन खालका प्रतिक्रिया आएका छन् तीनलाइ पनि प्रधानमनत्रीले ध्यान दिनुपर्छ ।
० यो अवस्थामा मन्त्रालय फुटाएर राज्यलाई भार थोपर्ने जस्तो कुरा लाई सामान्य मान्न सकिन्छ र ?
– यो परिस्थितिमा मन्त्रालय फुटाएर सरकारलाई ठूलो आकारमा लैजानु हुदैनथ्यो । यसमा कमजोरी भएको छ । यसबाट जनतामा नकरातमक सन्देश गएको छ । अब छिट्टै सरकारले कुनै रचनात्मक काम गरेर यो नकरात्मक सन्देशलाई चिर्नसक्नुपर्छ ।
० मन्त्रीमण्डल विस्तारलाई लिएर तपाइको पार्टीभित्रै असन्तुष्टी जन्मिएको छ भन्ने सुनिन्छ, तपाई चाहि कत्तिको सन्तुष्ट हुनुहुन्छ ?
– जटिल परिस्थितिमा मन्त्रीमण्डल विस्तार भएकोृ छ । यस विषयलाई लिएर पार्टीमा विरोध गर्नुपर्ने, विवाद गर्नुपर्ने समय यो होइन । अध्यक्ष आफै प्रधानमन्त्री भएको हुनाले उहाँलाई सजिलो कसरी हुन्छ त्यहि ढंगले मनत्रीमण्डल गठन गर्नुभएको छ उहाँले । यसमा विरोध गर्नुभन्दा पनि हामीले सहयोग गर्नुपर्छ । तर, यसको औचित्य चाहिँ समयक्रममा सावित हुनुपर्छ । मन्त्रीमण्डल विस्तारमा प्रधानमनत्रीलाई सहज वातावरण बनाइदिने दायित्व सबैको हो, विरोध गर्न आवश्यक छैन । प्रधानमन्त्रीले आफूलाई सहज हुने ढंगले मन्त्रीमण्डल बनाइसकेपछि भोलीका दिनमा यसले उचित परिणाम चाहिँ दिनुपर्छ ।
० यसअघि पनि कयौ पटक तपाईंको पार्टी सरकारमा गएको छ, त्यो बेला कहिल्यै औचित्य पुष्टी गर्ने काम भए र ?
– अहिले मात्र होइन यस्ता काम श्रृखलावद्ध रुपमा भएका छन् । यसले जनता र कार्यकर्तामा एक किसिमको नैरश्यता चाहिँ उत्पन्न गरेको छ । कुनै निश्चित प्रणली र पद्धतीअनुसार सरकारमा सहभागी हुनुपर्ने हो । त्यो हुँदा मन्त्रीमा नपर्ने मान्छेले पनि चित्त बुझाउँछ । तर, विगत केही समय देखि पार्टीमा व्यक्ति केन्द्रित छनौट हुने प्रवृति बढेको छ । यसले सिंगो पार्टीको सरकार हो कि व्यक्ति को भन्ने गम्भीर आशंका खडा गरेको छ । यो पद्धतीलाई सुधार्नु पर्छ । एउटा निश्चित पद्धती अनुसार मान्छेहरुलाई सहभागी गराउने र अवसर दिने कुरामा ख्याल गर्नुपर्छ ।
० तल जनताको निराशाको सम्बोधन त तपाइहरुले गर्नुपर्छ, पार्टीका यस्ता कामले तपाईंहरुलाई काम गर्न कति अप्ठेरो बनाएको छ त ?
– हामी त अचानोमा परेका छौं । जनताको निराशाको प्रहार हामी माथि नै हुने, जवाफ हामीले नै दिनुपरेको छ । पार्टीको सिपाहीको नाताले त्यो दायित्व वहन पनि गर्नुपर्छ ।
० मन्त्री छनौट गर्दा पार्टीभित्रको समिकरणको सन्तुलनता सगै, भौगोलिक, क्षेत्रीय, जातीय सन्तुलनतालाई त ख्याल गर्नुपर्छ होला नि ?
– मैले अघि नै भने प्रधानमन्त्रीले आफूलाई सहज हुने गरि मन्त्रीमण्डल बनाउनु भएको छ । उहाँलाई सजिलो हुनु भनेको पार्टीलाई सजिलो हुनु हो । उहाँले राम्रै परिणामा दिनका लागि रामे टिम छनौट गर्नुभएको होला । अहिले यसमा अरु भन्नु केही छैन । अब यसको कामको परिणाम बाट प्रतिक्रिया दिनु राम्रो हुन्छ ।
० विहानीले दिउँसोको संकेत गर्छ भन्छन् नि, राम्रो काम हुने संकेत देख्नुभएको छ ?
– त्यो परिणामले देखाउँछ । यसबारेमा अहिल्यै केही भन्नु हतारो हुन्छ । आाकलन गरिहाल्नुपर्ने अवस्था छैन । भोलि परिणाम राम्रो दिन सके पनि नसके त्यसको जिम्मेवारी पनि लिनुपर्छ ।
० मन्त्रीका लागि तपाईंको नाम पनि चर्चामा आएको थियो ….
– मेरो आफ्नो चाहाना भन्दा पनि सुदुर पश्चिमका अधिकांश जनता र कार्यकर्ताको चाहाना त्यस्तो थियो । अहिलेको मन्त्रीमण्डलमा मेरो नाम पर्न सकेन । के कारणले पर्न सकेन ? छनौट गर्ने जिम्मेवार नेताहरुले मूल्यांकन गरेरै गर्नुभएको होला । चर्चामा हुनासाथ हुनपर्ने पनि होइन । राजनीतमा चर्चामा आउनु, छुट्नु लाई पनि मैले स्वभाविक प्रकृयाका रुपमा लिएको छु । चर्चामा आएर मन्त्री हुन नपाउँदैमा राजनीति सकिने पनि होइन । हामीले जनताका पक्षमा निरन्तर पार्टी कामलाई ध्यान दिएर जानुपर्छ । सरकारमा आउने/जाने क्रम त चलिरहन्छ ।
० संविधानलाई लिएर भौगोलिक रुपमा तपाईको सुदूरपश्चिम क्षेत्रमा जनताको प्रतिक्रिया कस्तो छ नि ?
– यो संविधानलाई सुदूरपश्चिमका जनताले स्वागत गरेका छन् । संविधानको कार्यन्वयनका पक्षमा व्यापक जनमत छ ।
० सुदूरपश्चिमको तराई भेगमा असन्तुष्टी छ भनिन्छ नि ?
– त्यसरी प्रचार गर्ने काम भएको छ । तर त्यो गलत प्रचार हो । भर्खरै हामीले कैलालीको अत्तरियामा विशाल आम सभा गर्यौं । थारु समूदायबाटै त्यसको व्यापक स्वागत गर्दै सहभागिता भयो । उनीहरुले त्यहाँ आफ्ना कुरा राखे ।
० थारु बहुल क्षेत्रको अलग्गै राज्य बनाउने कुरा त शीर्ष तहमा पनि छलफलमा त आएको थियो नि ?
– त्यो त्यहाँका आम जनताको माग होइन । सुदुर पश्चिम को ९० प्रतिशत जनताको माग होइन । सिंगो देशलाई जातीय संघर्षमा होम्न खोज्ने र दलीय स्वार्थमा अल्झिएका केही प्रतिशत मान्छेको माग हो त्यो । सुदुर पश्चिममा यस्तो किसिमको कुनै आन्दोलन पनि छैन, माग पनि छैन । यहाँका ९० प्रतिशतभन्दा बढी जनताले अहिलेको संविधानलाई स्वीकारेका छन् । अहिलेको सीमांकनलाई स्वीकारेका छन् । यहाँसम्म कि कैलाली र कंचनपुरका ८० प्रतिशतभन्दा बढी जनसंख्याले यसलाई स्वीकारिसकेका छन् ।
सम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply