वरिष्ठता भन्ने नै आफैमा विवादास्पद विषय हो
धनराज गुरुङ, केन्द्रिय सदस्य, नेपाली काँग्रेस० १० वर्षपछि बल्ल बल्ल बनेको तपाईको पार्टीको कार्यसम्पादन समिति पनि विवादमुक्त हुन सकेन नि ?
–जेसुकै भएपनि अहिले कार्यसम्पादन समिति बनेको छ । वरिष्ठताको क्रममा भनेर जसरी आयो, यसले मुल्याङ्कनको पद्दती र उर्जाशिल युवा क्षमतावानहरुलाई पद्दतीबाट बनाइयो । त्यसले निश्चीत रुपमा एकप्रकारले एकपक्षलाई अवरोध भएको छ ।
० निर्वाचनको मुखमा यसरी निस्कीएको वरिष्ठताको विवादलाई कसरी लिनुभएको छ ?
– अब हाम्रो पुरै ध्यान निर्वाचनमा केन्द्रीत हुनेछ । जे नहुनुपर्ने थियो, भइनै सक्यो । त्यसैले अब यसलाई विवादको विषय बनाएर अघि लाँदैनौं ।
० महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएर विजयी हुने शेखर कोइरालालाई कनिष्ठ भनेर कार्य सम्पादन समितिमा नल्याउनु उहाँप्रतिको अन्याय होइन र ?
–मैले अघि नै भनिसकें, कुनै व्यक्तिको नाम किटेर यो वा त्यो भन्नु भन्दा अब पार्टीभित्र जुन मुल्याङ्कनको पद्दती बसाल्नु पथ्र्यो, त्यो नभएर वरिष्ठताको पद्दती भनिएको छ । वरिष्ठताको पद्दती भन्ने पनि एक प्रकारको आफैंमा विवादास्पद विषय हो । तथापि हामी चुनावको संघारमा छौं । त्यसकारण अब हामी यही कुरालाई समातेर विवाद गर्नुभन्दा चुनाव केन्द्रीत भएर तयारी गरिरहेका छौं ।
० बैठकमा शेरखर कोइरालाले त नेतृत्वको ध्यान नियुक्ति र पैसा कसरी आँउछ भन्नेमै केन्द्रीत भएको भनेर गम्भिर आरोप लगाउनुभयो नी ?
– विशेष गरेर उहाँले कुन नियुक्तिको सन्दर्भमा भन्नुभएको हो ? तथापि निश्चित रुपमा आइजीपी प्रकरण र राजदुत नियुक्तिका लागि शिफारीश जुन ढंगबाट बाहिर आयो, त्यसले केही विवादहरु जन्माएका छन् । यसमा पार्टी नेतृत्वले सुधारेरै लानुपर्छ भन्ने कुराहरु बैठकमा उठेका छन् । मलाई लाग्छ, यसले काँग्रेस नेतृत्वलाई पाठ सिकाएको छ ।
० पार्टीले आगामी निर्वाचनको तयारी कसरी गर्दैछ ?
– अहिले चुनावको तयारीको क्रममा घोषणा पत्र समिति घोषणा गदैैछौं भने निर्वाचन परिचालन समिति पनि घोषणा गर्दैछौं ।
० बैठकमा टिकट कसरी कसले वितरण गर्ने भन्ने सवालमा पनि निक्कै विवाद भयो नी ?
– टिकट वितरणका लागि जिल्लामा नै एउटा संयन्त्र बनाउने भन्ने कुरा भएको छ । जिल्लामा जिल्ला सभापति, गत अधिवेशनमा जिल्ला सभापतिका निकटतम प्रतिद्धन्दी रहेका व्यक्ति, क्षेत्रीय सभापतिहरु, त्यो जिल्लामा रहेका सांसदहरु, र यदि केन्द्रीय सदस्यहरु पनि छन् भने उनीहरु पनि रहेर जिल्ला स्तरीय टिकट वितरण समिति जिल्लामा नै गठन हुन्छ ।
० मिति नजिकिएसंगै चुनाव निर्धारित समयमा नै हुन्छ भन्नेमा अझै मान्छेहरु विश्वस्त हुन सकेका छैनन् नी, तपाँइलाई के लाग्छ, चुनाव होला ?
–यो माहोल तयार गर्ने काम पार्टीहरुको पनि हो । काँग्रेसले टिकट वितरण समितिदेखि लिएर घोषणा पत्र समिति र परिचालन समितिहरु गठन गर्नु भनेको आफैंमा चुनावी तयारी पनि हो । त्यसैले अब चुनाव हुन्छ, हुन्न भन्ने ढंगले आशंका गरिनुहुन्न । अब अन्यौलतमा देश रहँदैन, चुनावमै जान्छ ।
० काँग्रेसले निर्वाचन केन्द्रीत कुनै गतिविधी नगरेकाले चुनाव निर्धारित समयमा चुनाव नहोला भन्ने आशंका छ नी ?
–होइन, केन्द्रीय समितिले निर्वाचनका सबै तयारी समितिहरु थालिसकेको छ । त्यसै गरेर टिकट वितरण समिति पनि बन्दैछ । यिनै कुराहरुले पनि अब काँग्रेस पुरा रुपमा चुनाव केन्द्रीत भएको पुष्टी हुन्छ ।
० यतिबेला, यही अवस्थामा मधेसमा निर्वाचन संभव देख्नुहुन्छ ?
– मधेसमा पनि केही छिटफुट ठाँउ बाहेक मधेसकै जनता पनि चुनावप्रति अत्यन्तै व्यग्रतापूर्वक प्रतिक्षारत छन् । मधेसकै स्थानीय तहका नेताहरु पनि चुनावकै तयारीमा लागेका छन् । त्यसकारण मलाई त्यस्तो लाग्दैन की मधेसमा चुनाव हुन्न भन्ने म देख्दिन ।
० मधेसी मोर्चा सहितको चुनाव हुन्छ की मोर्चा बेगरको ?
–मधेसी मोर्चा अन्तर्गतका केही दलहरुले पनि आफ्नो दल जिल्लाहरुमा दर्ता गरिसकेका छन् । त्यसले गर्दा उनीहरु बाहिर जे सुकै भएपनि आन्तरिक रुपमा उनीहरु पनि चुनावी तयारी गरिरहेको म देख्छु । चुनावबाट पर भाग्ने अवस्था कुनै पनि दललाई त्यो छुट छैन । नेपाली जनताले त्यो छुट दिँदैन । यदी छुट्छन् भने उनीहरु राजनीतिबाटै छुटेर जान्छन् । त्यसकारणले नेपाली जनताको एउटा महोत्सवको रुपमा १९–२० वर्ष पछि हुँदै गरेको निर्वाचनमा नेपाली जनताले महोत्सवकै रुपमा अगाडि बढाउन खोजिरहेको अवस्थामा त्यसलाई सबैले स्वीकार्नुपर्छ । एक दुई जना त्यो रेलबाट छुट्यो भने त्यो उसकै लागि अभिषाप बन्छ ।
०एमालले त्यत्रो मधेस केन्द्रीत अभियान चलाउँदा नेपाली काँग्रेस भन्ने दल नै छ की छैन की जश जस्तो कुनै भूमिका देखिएन नी ?
–नेपाली काँग्रेसले आन्तरिक तयारीमा व्यस्त भएको अवस्था र सकेसम्म नेपाली राजनीतिमा अधिकतम सहमति जुटाएर अगाडि बढौं भनेर हामीले हेर र पर्ख को रणनीति तय गरेका थियौं । तर धेरै कु¥यौं, बस्यौं, हे¥यौं । तथापि अब यो अवस्थालाई धेरै कुर्न सकिँदैन । त्यसैले पनि हामीले चुनावी अभियान अब थालिसकेका छौं । त्यसकारण हिजो के भयो भन्नुभन्दा पनि अब के गर्छौ ? भन्ने कुरा महत्वपूर्ण कुरा हो । अब नेपाली काँग्रेसले यसलाई अभियानको रुपमा अगाडि बढाइसकेको छ । त्यसकारणले हिजोका दिनमा कुन दलले के ग¥यो भन्दा पनि आगामी दिनमा कुन दल कसरी अगाडि बढ्छ भन्ने कुरा महत्वपूर्ण हो भन्ने लाग्छ ।
०नेपाली काँग्रेसमाथी एमालेको मधेसमा भएको त्यत्रो कार्यक्रम विथोल्दा मुकदर्शक बन्यो, कतै काँग्रेसकै कार्यकर्ता हुलमा मिसिएर ढुङ्गामुढा गर्ने कार्य गरे भन्ने आरोप छ नी ?
–आरोपका लागि आरोप लगाउने हाम्रो जुन नेपाली संस्कार छ, त्यो संस्कारबाट कुनै पनि दल बाहिर निस्कन नसक्नुको कारण नै यही हो । नेपाली काँग्रेस एक प्रजातान्त्रीक दल हो र प्रजातन्त्रबादीहरुले हामीले भन्दै आए झैं कसैलाई पनि निशेधको राजनीति गर्नुहुँदैन । विगतमा माओवादीले निषेधको राजनीति गर्दा पनि हामीले त्यही भनेका थियौं । तिनले निषेधको राजनीति गरेका थिए । मधेसी मोर्चाले निषेधको राजनीति गर्दै गर्दा प पनि हामीले भन्यौं की निषेधको राजनीति गलत हो । साँच्चै भन्ने हो भने प्रजातन्त्रमा अवश्य पनि निषेधको राजनीति हुँदैन ।
शान्तराम बिडारीसम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply