स्थायी समितिले नै नेकपाको विवादको समाधान गर्छ
० नेकपाभित्रको विवाद अहिले स्थायी कमिटीमा प्रवेश गरेको छ, जारी बैठकले सो विवाद हल गरेर निकास दिने सामथ्र्य राख्छ त ?
योभन्दा अगाडि भदौ २६ गतेको स्थायी समिति बैठकको निर्णयमा पुग्नुमा पनि स्थायी समितिभित्रको छलफल, बहस, अन्तक्र्रियाको देन छ । अहिले भदौ २६ गतेको निर्णय कार्यान्वयनको प्रश्नमा पनि गम्भीर प्रश्नहरू उठिसकेपछि जुन यो नयाँ विवाद आएको छ, मलाई लाग्छ– स्थायी समितिमार्फत नै यो हल हुन्छ । यो बैठकले केही न केही निकास दिन्छ भन्नेमा म आशावादी छु ।
० यो बैठकले दिने समाधानको बिकल्प के हुन सक्छ त ?
विशेषतः हामीले भदौ २६ गते स्थायी समितिको एक मतका आधारमा कार्यदलको निष्कर्षलाई आधार मानेर जुन निर्णय ग¥यौं, त्यो कार्यान्वयनका क्रममा त्यसमा केही अवरोध आयो । तर, त्यो निर्णयबाट कुनै पनि पक्ष पछाडि फर्किएको छैन । र, स्थायी समितिले मुख्यतया भदौ २६ गतेकै निर्णयलाई आलोचना, आत्मालोचना गर्दै र किन भदौ २६ को त्यो निर्णय कार्यान्वयन भएन भन्ने प्रश्नसंगै उत्तर खोज्नमा हामीले पहिलो ध्यान केन्द्रित गर्नुपर्छ । त्यसमा नै पार्टी एकता र हामी सबैको भविष्य छ ।
० अहिले पार्टीका दुई पक्षबीच निकै नै दोषारोपण र इगो बढेको बुझिन्छ, अझ केपी ओलीका सल्लाहकारहरूको भूमिका स्थिति सपार्नभन्दा बिगार्न केन्द्रित छ भन्ने आरोप आइरहेको छ, विवाद तल्लो तहसम्मै झाँगिरहेको सन्दर्भमा कसरी समाधान होला ?
माथि केन्द्रमा भएको अथवा सचिवालयमा भएको बहस र दुई नेताबीच भएको बहसबारे तल कार्यकर्ता, जनताले चासो राख्नु र त्यसबारे अभिमत सिर्जना गर्नुलाई हामीले अन्यथा मान्नुहुँदैन । कम्युनिस्ट आन्दोलनमा आरोप–प्रत्यारोप, गालीगलौजको जो राजनीति छ, त्यसबाट कम्युनिष्ट आन्दोलज अझै मुक्त भएन । यो एउटा हाम्रो सोचनीय प्रश्न छ । मलाई लाग्छ, हामीले दुई पार्टीका बीचमा जो पार्टी एकता सम्पन्न ग¥यौं, त्यो एकताको मूल स्पिरिटबाट हामी कतै डाइभर्ट भइसकेपछि पनि गुटबन्दीका समीकरणहरू बनेका हुन् । एकताको मूल स्पिरिटलाई हामीले पक्रिने दिशातर्फ हामी गयौं भने यसको समस्या समाधान हुन्छ । अब हामीले तललाई दोष दिएर हुुँदैन । हामीले माथि अर्थात नेतृत्व तहमै गम्भीर आत्मसमीक्षा गर्न आवश्यकता छ ।
० यो बैठकबाट प्रधानमन्त्री केपी ओलीलाई दुईवटा पदमध्ये एउटाबाट फिर्ता हुन निर्णय ग¥यो भने के उहाँले त्यो पद छाड्नुपर्छ कि पर्दैन ?
उहाँले छाड्नुहुन्छ कि छाड्नुहुन्न भन्ने प्रश्न दोस्रो प्रश्न हो । उहाँलाई दुईवटा पदमध्ये एकबाट राजीनामा दिनुपर्छ अथवा दुईवटैबाट राजीनामा दिनुपर्छ भन्ने स्थायी समितिमा प्रस्ताव नै छैन । पहिले त यदि त्यस्तो हो भने स्थायी समितिले त्यो विषयमा छलफलका लागि प्रस्ताव ल्याउनुप¥यो । यहाँ त्यो प्रस्ताव अहिले पनि ‘मुभ’ नभएको हुनाले वैधानिक रूपले त्यो प्रस्ताव स्थायी समितिभित्र प्रवेश गरेको छैन । बाह्य छलफल–बहस र अन्तर्वार्ताहरूमा नेताहरूले भनिराख्नुभएको छ । तसर्थ पहिलो त त्यो विषय प्रवेश गर्नुप¥यो । दोस्रो पार्टी एकतालाई हामीले अक्षुण राख्न प्रयत्न गर्नुप¥यो । अर्को कुरा, पार्टी एकता हुने बेलामा जुन स्पिरिट थियो, त्यही भित्रबाटै शक्तिको विन्यास गर्नुपर्छ भन्ने मलाई लाग्छ । तसर्थ, पद छोड्नु मात्र पनि हल भने होइन । एउटा पद वा दुईवटा पदबाट राजीनामा दिने कुराले हल निस्कँदैन । हलचाहिँ राजनीतिक रूपले सहमतिमा राजनीतिक निकास खोजिनुपर्छ भन्ने मलाई लाग्छ ।
० अवसरका लागि भागबन्डा नमिलेर आफूले भनिएका मान्छेहरूलाई निश्चित अवसर नदिएर नै यो खालको रडाको मच्चिएको वा विवाद बढेको भन्छन्, तपाईंलाई पनि त्यस्तै लाग्छ ?
केही असमझदारी भए । विशेष गरेर कम्युनिस्ट आन्दोलनमा पनि परिवारवाद, नातागोता र इष्टमित्रहरूलाई मेरिट्सका आधारमा भन्दा पनि गुटका आधारमा अवसरहरू दिने खालको जो प्रवृत्ति छ, त्यो पनि एउटा समस्याको कारण हो भन्ने मलाई लाग्छ ।
० अबको समाधान के देख्नुहुन्छ ?
भाद्र १६ गतेको हाम्रो जो निर्णय थियो त्यो निर्णयमाथिको गम्भीर समीक्षा र त्यसैको जगमा टेकेर नयाँ समाधान गर्नुपर्छ । पार्टी एकता र यसको अक्षुण्णतालाई केन्द्रमा राखेर यो सबै काम गर्नुपर्छ ।
० केन्द्रीय कार्यालयको दुरुपयोग गरे आरोपपत्र तलसम्म पठाइयो, जो खारेज गरिनुपर्छ भन्ने कुरा आएको छ, यसमा तपाईंको धारणा के छ ?
अन्तरविरोध सिर्जना भएपछि धेरै खालको आरोप–प्रत्यारोपहरू आउँछ र धेरै खालको विधि प्रक्रियाहरू अपनाइन्छ । त्यो धेरै ठूलो समस्याको विषय हो जस्तो मलाई लाग्दैन ।
० अध्यक्ष ओलीले पूर्वमाओवादी पक्ष चाहन्छन् भने अलग्गिए हुन्छ भन्ने भावको प्रतिवेदन ल्याएका छन्, केही नेताले पनि यस्तै कुरा गरेका छन्, यसलाई के भन्ने ?
त सबै कुरा अन्तरविरोध शिखरमा भएका बेला भनिएका हुन् भन्ने लाग्छ । त्यसलाई मूल मुद्दा पनि बनाउनुहुँदैन । त्यसरी समस्या समाधान हुँदैन । त्यहाँ लेखिएको कुरा ठ्याक्कै त्यही मक्सदमा छ भन्ने पनि मलाई लाग्दैन ।
० पूर्वएमाले नामको पार्टी ब्युँताउने, अध्यादेशहरू ल्याउन प्रयास गर्नेजस्ता गतिविधिले शंका बढाउदै लगेको भन्ने छ नि ?
त्यो त कानुनी रूपमा र राजनीतिक रुपमा कहाँ देखिएको छ र ? प्रस्ट देखिएको छैन । पूर्वमाओवादी ब्युँताइँदैछ र पूर्वएमाले ब्युताइँदैछ भन्ने त्यति धेरै राजनीतिक आधार भएका हल्लाहरू होइनन् । पछाडिको बाटो फर्कन कोही तयार भएजस्तो मलाई लाग्दैन ।
० अध्यक्ष ओलीको प्रस्तावमा पुस्ता हस्तान्तरणको जुन चाहना व्यक्त भएको छ, त्यो कत्तिको पत्यारलाग्दो प्रस्ताव हो र सम्भावना कत्तिको छ ?
त्यो कुरा त मैले पनि एकदमै दृढतापूर्वक राखेको कुरा हो । प्रधानमन्त्री कमरेड केपी ओलीले पुस्ता हस्तान्तरण भन्ने जे प्रश्न राख्नुभएको छ, त्यो प्रश्नको जनमत छ भन्ने मेरो विश्लेषण छ र त्यो सही छ भन्ने मलाई लाग्छ ।
० त्यो प्रस्ताव साँच्चै आफूले नेतृत्व त्यागेर नयाँ पुस्तालाई हस्तान्तरण गर्नकै लागि असल मनशायले नै ल्याउनुभएको हो भन्ने लाग्छ तपाईंलाई ?
त्यो त हामीले टेस्ट गर्नुपर्छ । कुन विधिमा टेस्ट गर्ने, त्यसका निम्ति त अरू नेताहरू पनि तयार हुनुपर्छ । अरू नेताहरूले पनि त्यही खालको सोच ल्याउनुप¥यो । अन्य उहाँका समकालीन नेताहरू कमरेड प्रचण्ड, कमरेड झलनाथ र कमरेड माधवले पनि यसरी बोलिदिनुभयो भने त समस्या हल भयो । त्यसका निम्ति अरू नेताहरूले पनि समर्थन गर्नुप¥यो भन्ने मलाई लाग्छ ।
० यसमा परीक्षणका रूपमा दुई पदमध्ये एउटा त्यागेर कमरेड केपी ओलीले आफैंबाट सुरु गरदिनोस् भन्ने आग्रह पनि छ नि ?
त्योचाहिँ राजनीतिक कुरा प¥यो । उहाँले दुईवटै पद छाडेर अर्को पुस्तालाई हस्तान्तरण गर्ने भन्ने कुरा रणनीतिक, सैद्धान्तिक कुरा प¥यो । त्यो एउटा भविष्य भएको प्रश्न प¥यो । अर्को प्रश्नचाहिँ पावर सेयरिङको प्रश्न प¥यो । नेताहरू मिलेर पावर सेयरिङलाई सही ढंगले गरियो भने तपाईंले राखेको प्रश्न गलत नै भयो पनि म भन्दिनँ । तर, नेताहरूका बीचमा सहमतिबाट हुनुप¥यो । बहुमतबाट त्यो कुरा भयो भने मात्र त्यो अन्यथा हुन्छ । सहमतिबाट त हुन सक्छ नि त ।
० अघिल्लो पंक्तिको एउटा खालको नेताहरूको ‘लेयर’ सबैलाई बिदा दिएर दोस्रो पुस्ताले अहिले पार्टीको मूल नेतृत्वदेखि सरकारको नेतृत्व सबै चलाउने ढंगले त्यो सामथ्र्य तयार भइसकेको भन्ने लाग्छ तपाईलाई ?
दोस्रो पुस्ताका नेताहरूको जुन क्षमता थियो त्यो क्षमता बिस्तारै ह्रास हुने स्थिति आयो । उनीहरूले लिडरसिप गर्ने जुन अवसर हो, त्यो नपाएपछि त ह्रास हुनु स्वाभाविक हो । हाम्रोे पहिलो पुस्तामा विचार, राजनीति, संस्कृतिमा विचलनतिर छ । अब उहाँहरूले नेतृत्व गर्न सक्नुहुन्न । पुरानो इतिहासको आधार मानेर मात्र उहाँहरूले नेतृत्व गर्ने हो । दोस्रो पुस्ता, तेस्रो पुस्ता जो क्रियाशील छ, गतिशील छ र क्षमता राख्छ, अवसर नपाउँदा उनीहरूको नेतृत्व क्षमता बिस्तारै गुम्दै जाने सम्भावना छ ।
० चालु स्थायी कमिटी बैठकमा यो ढंगले पुस्तान्तरणको बहस छेडिएला त ?
यो त अहिले ठ्याक्कै प्रश्तावका रूपमा नआएको हुनाले यसैमा नै अहिले बहस केन्द्रित गर्नु कति उपयुक्त हुन्छ, कति अनुपयुक्त हुन्छ, त्यो यसै भन्न सकिँदैन । तर पुस्तान्तरण गर्ने बेला, अर्को नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बेला हाम्रो अघिल्लो पुस्ताको बेला भइसक्यो । अब यसलाई हामीले हस्तान्तरण गर्न सोचेनौं भने अब कम्युनिस्ट आन्दोलनलाई प्रगतिशीलकरण, क्रान्तिकारीकरण, जनपक्षीयकरण गर्न अब पुरानो पुस्ताले सक्दैन ।
० अहिले नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग जोडिएर बजारमा आएका विषयमा के भन्नुहुन्छ ?
त्यसबारे मेरो कुनै टिप्पणी छैन । सार्वजनिक रूपले आएका कुराहरूमा नेताहरू जवाफदेही हुनुपर्छ । म त्यतिमात्रै भन्न चाहन्छु ।
० केहीले त राजीनामा नै दिनुपर्छ भनेका छन् नि ?
त्यो तहका नेताहरू जवाफदेही हुनुप¥यो । कुरा यति मात्र हो । जनताप्रति उत्तरदायी हुनुप¥यो । प्रश्नहरू उठेपछि त्यसको उत्तर दिनुप¥यो ।
० तपाईंलाई केपी ओली समूहले लोभ देखाएर गुट परिवर्तन गरायो भन्छन्, कुरा के हो ?
त्यो सत्य कुरा होइन । हामी पार्टी एकताका पक्षमा छौं । पार्टी एकताका पक्षमा काम गर्ने हामी पूर्वमाओवादीबाट पाँच–सात जना स्थायी समिति सदस्यहरूले पार्टी एकताका पक्षमा काम गरिरहेका छौं । तसर्थ, त्यो आरोपजस्तो मात्र हो । यस्ता कुरा कतै प्रमाणित हुँदैनन् ।
मणि थापा,स्थायी कमिटी सदस्य,नेकपासम्बन्धित समाचार
- एमालेको कार्यक्रममा अब यी नेताहरुको मात्र तस्वीर रहने
- राष्ट्रपति संविधान मिच्न उत्ताउलिएर अघि बढ्नुभयो : केपी ओली
- सरकारमाथिको समर्थन ९९ प्रतिशतबाट घटेर ५३ मा झर्यो : केपी ओली
- एमालेमाथि हुँडारको बथानले जस्तो चौतर्फी हमला भयो : ओली
- लडाकु शिविरको भ्रष्टाचार अख्तियारले छानविन थालोस् : ओली
- नक्कली शरणार्थी प्रकरण अख्तियारलाई बुझाउने गल्ती नहोस् : सांसद लिङदेन
- देश असाध्यै अप्ठ्यारो स्थितिमा छ, ढुङ्गा हान्दै हिंड्नेलाई केहि चिन्ता छैन : ओली
- उत्तेजना र भावनाले देश बन्दैन, देश बनाउन विचार चाहिन्छः अध्यक्ष ओली
- प्रचण्ड पथको कामै जाति–जातिबीच भिडन्त बढाउने हो : ओली
- प्रधानमन्त्रीलाई लिङ्देनको प्रश्न : मान्छेको मुख थुन्नुपर्ने कस्तो दिन आयो ?
- प्रचण्डलाई विष्णु पौडेलको प्रश्न : अर्को पटक विश्वासको मत कहिले लिने?
- यस्तो छ नेपालमा राष्ट्रपति निर्वाचन इतिहास
Leave a Reply