25th April 2018, Wednesday

E-budhabar

लुम्बिनीमा बँदेल गायब



काठमाडौं । लुम्बिनी गुरुयोजनाभित्र घाइते अवस्थामा भेटिएको एउटा बँदेल रातारात गायब पारिएको छ । केही दिनअघि लुम्बिनीभित्र घाइते अवस्थामा पाइएको बँदेल करिब एक क्विन्टल रहेको थियो ।
केही दिनअघि लुम्बिनी गुरुयोजना क्षेत्रभित्र छिरेका जंगली जन्तु बँदेलमाथि अज्ञात व्यक्तिहरूले भाला हानेर घाइते बनाइएको भेटिएको थियो । दिउँसोको समयमा घाइते अवस्थामा भेटिएको उक्त बँदेललाई लुम्बिनी विकास कोषका कर्मचारीहरूले स्थानीय पशु चिकित्सकलाई बोलाएर उपचार गराएका थिए । उपचार गरेपछि घाइते बँदेललाई लुम्बिनीको शान्तिद्वीप छेउमा अवस्थित बर्मा मोडमा राखिएको थियो । सो ठाउँमा खरबारी रहेको छ ।
तर, कोषका कर्मचारीहरूको पहलमा घाइते बँदेलको उपचार भए पनि सोही रात भने उक्त बँदेल गायब हुन पुगेको थियो । घाइते बँदेललाई कोको मिलेर राति मारे र भागबन्डा लगाए भन्नेबारे अहिलेसम्म केही सत्यतथ्य रिपोर्ट बाहिर आएको छैन । घाइते बँदेल कोषकै कर्मचारीहरूको मिलेमतोमा मारिएको हुन सक्ने आशंका गर्दै अख्तियार रुपैयाँ अनुसन्धान आयोगका कर्मचारीहरूले भने छानबिन थालेको छ । घाइते बँदेल मारेर गायब पारिएपछि अख्यितारका कर्मचारीहरू पुगेर कोषका कर्मचारीहरूसँग सोधपुछ गरिएको थियो ।
यसैगरी, कोषको नक्कली टिकट प्रकरणमा पनि अख्तियारले छानबिन गर्ने चासो देखाएको छ । अघिल्लो हप्ता थाइल्यान्डबाट लुम्बिनी घुम्न आएका १५८ जना तिर्थालुको टिकट नक्कली परेपछि सो काण्डले लुम्बिनीमा बबन्डर मच्चिएको थियो । नक्कली टिकट प्रकरणमा समातिएका काउन्टरका कर्मचारी र दुई जना ट्याक्सी ड्राइभरलाई कोषले बिनाछानबिन नै छाडिदिएपछि अख्तियारले चासो देखाएको हो ।
नक्कली टिकट प्रकरणमा मुछिएका काउन्टरका कर्मचारी र दुई जना ट्याक्सी ड्राइभरलाई प्रहरीले समातेको केही दिनपछि नै छाडिदिएको थियो । नक्कली टिकट प्रकरणमा ट्याक्सी ड्राइभरले काउन्टरका कर्मचारीलाई दोष दिने र कर्मचारीले ट्याक्सी ड्राइभरलाई दोष दिँदै आएका छन् । पहिलादेखि नै टिकट छापिएर आएपछि स्टोरका कर्मचारीले राजस्व शाखालाई दिने र राजस्व शाखाले इन्ट्री गरे काउन्टरका कर्मचारीलाई पठाउने गरिएको थियो । तर, फागुन २७ गते भने १ सय ५८ नक्कली टिकट फेला परेपछि यो प्रकरण चर्किन पुगेको हो ।
कोषको कार्यालयमा सोमबार पुगेको अख्तियारको टोलीले लेखा प्रमुख भीमबहादुर बस्नेत, राजस्व शाखाका कर्मचारी परशुराम राई र स्टोरकिपर कपिलमणि भट्टराईलाई सोधपुछ गरेको थियो । नक्कली टिकट प्रकरणमा मुछिएका कर्मचारीलाई कारबाही नगरी छाड्ने उपाध्यक्ष अवधेश त्रिपाठी, कोषाध्यक्षण सुरेन्द्रमणि शाक्य र निमित्त सदस्य सचिव सरोज भट्टराईलाई भने अख्तियारको टोली कुनै सोधपुछ नगरी फर्किएको थियो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

वरिष्ठ नेता नेपाल आज फर्कने

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पाँच दिनको चीन भ्रमणपछि आज स्वदेश फर्कंदै छन् । उनी गत शनिबार चीन प्रस्थान गरेका थिए । एमाले विदेश- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सञ्चालनमा ल्याऊ बन्द पुस्तकालयहरू

२०७२ साल वैशाख १२ र २९ गतेको विनाशकारी भूकम्पका झिल्काहरू नेपाली जनका मानसपटलबाट बिस्तारै बिलाउँदै छन् । भूकम्पले थोपरेका पीडा र मानसिक तनावहरू क्रमशः कम हुँदै गए पनि त्यसका- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

दुई देशका झझल्काहरू

नयाँ भूभागमा पाइला टेक्ने इच्छा र चाहना कसलाई हुँदैन र ? नयाँ ठाउँमा पुग्दा नौला अनुभूति मात्र सँगालिदैनन्, त्यहाँको हावापानी, प्राकृतिक सौन्दर्य, सामाजिक, सांस्कृतिक तस्बिरहरू- ...
पूरा पढ्नुहोस्

छोटकरीमा