१५ फाल्गुन २०८०, मंगलवार ०४:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
१५ फागुन, सर्लाही । सर्लाहीको कौडेनामा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारका अनुसार गएराति सवा नौ बजे कौडेना गाउँपालिका–३ मा भारतीय स्कारपियोले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको हो ।
‘घटनामा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको छ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’
दुर्घटनापछि भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोका चालक फरार भएका प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
प्रतिनिधिसभामा हर्क साम्पाङको प्रदर्शन, बालेनमाथि जवाफदेहिताको माग
-
वर्षा लागेपछि बीपी राजमार्गमा सास्ती : बाढीले सडकसँगै करोडौँ रकम पनि बगाउँदै
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तयारीबारे विज्ञसँग छलफल गर्ने वित्त समिति निर्णय
Leave a Reply