१५ फाल्गुन २०८०, मंगलवार ०४:३६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
१५ फागुन, सर्लाही । सर्लाहीको कौडेनामा स्कारपियो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) दीपेन्द्र पञ्जियारका अनुसार गएराति सवा नौ बजे कौडेना गाउँपालिका–३ मा भारतीय स्कारपियोले भारतीय मोटरसाइकललाई ठक्कर दिँदा दुई नेपाली युवकको मृत्यु भएको हो ।
‘घटनामा रौतहटको माधवनारायण नगरपालिका–६ का २३ वर्षीय शियानन्दन महतो र सोही ठाउँका १९ वर्षीय अजय महतोको मृत्यु भएको छ,’ डीएसपी पञ्जियारले नेपालखबरसँग भने, ‘दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।’
दुर्घटनापछि भारतीय एचआर ५९ ए ०१३१ नम्बरको स्कारपियोका चालक फरार भएका प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply