कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
१६ मंसीर, काठमाडौं । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आज (शनिबार) देखि बुटवलमा शुरू हुँदैछ । बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ । सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ ।
सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने छन् । सम्मेलनमा ५२ वटै निर्वाचन क्षेत्रका प्रदेश महाधिवेशन प्रतिनिधि, प्रदेश क्षेत्रीय सभापति, क्षेत्रीय सभापति, जिल्ला सभापति, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख, प्रदेश समितिका पदाधिकारी सदस्य तथा सल्लाहकारहरू, प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारी समेत गरी ७५० बढी सम्मेलनमा सहभागी हुनेछन् ।
उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
- राष्ट्रिय सभा अध्यक्ष माओवादीकै हुन्छ : जनार्दन शर्मा
Leave a Reply