सरकार नबन्दै मन्त्री बन्न दौडधुप
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको सत्तालिप्साका कारण सरकार गठन कम्तीमा एक महिनापछि धकेलिए पनि माओवादी केन्द्रभित्र अहिल्यैदेखि नयाँ सरकारमा मन्त्री बन्न दौडधुप सुरु भएको छ । एमालेसँगको भागबन्डामा १५ वटा मन्त्रालयमध्ये माओवादीले उपप्रधानमन्त्रीसहित बढीमा ६ वटा मन्त्रालय पाउन सक्ने सम्भावना छ । पाँचवर्षे स्थिर सरकार बन्ने भएकाले यसअघि मन्त्री भइसकेका माओवादीका स्थायी समिति र पोलिटब्युरो तहका अधिकांश नेता मन्त्रीको दौडधुपमा लागेका छन् । त्यसका निम्ति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि भावी प्रधानमन्त्री केपी ओलीलाई रिझाउने माओवादी नेताहरूले प्रयास गरिरहेका छन् ।
नेताहरू कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा र टोपबहादुर रायमाझीले नयाँ सरकारमा उपप्रधामन्त्रीसहित महŒवपूर्ण मन्त्रालयमा दाबी प्रस्तुत गरेको स्रोतले जनाएको छ । अर्कातिर नयाँ शक्तिबाट भर्खरै माओवादी केन्द्रमा आएका नेता देवेन्द्र पौडेलले मन्त्रीका लागि अस्वाभाविक चलखेल गर्दै नियमितजसो प्रचण्ड निवास खुमलटार धाइरहेको स्रोतको दाबी छ । प्रचण्डको जानकारीबिनै एकताको मोडालिटीका कुराहरू बाहिर ल्याएपछि उनलाई आइन्दा त्यस्तो काम नगर्न सचिवालय बैठकमै निर्देशन दिनुपरेको माओवादीको केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित चर्चा हुने गरेको छ । मन्त्री बन्ने धुनमा रहेका उनी एमाले अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालको निवास डल्लुसमेत पुगिसकेका छन् ।
माओवादीभित्र प्रभावशाली हुँदै गएका वर्षमान पुनले यसपटक उपप्रधानमन्त्री दाबी नछाड्ने भएका छन् । प्रतिद्वन्द्वी ठानिएका कृष्णबहादुर महरालाई एकीकृत पार्टीमा पनि रोकेर प्रभाव बढाउन उपप्रधानमन्त्री बन्नैपर्ने निष्कर्षमा उनी पुगेका हुन् । यसपटक उपप्रधानमन्त्री नबने अघिल्लो मन्त्रिमण्डलमा लोकप्रियता कमाएर पार्टीमा प्रभाव बढाइरहेका जनार्दन शर्माले उछिन्ने हो कि भन्ने चिन्ता पुनलाई परेको बताइन्छ । त्यसो त महराले उपप्रधानमन्त्रीसहित गृह वा अर्थ, पुनले अर्थ र शर्माले पुनः जलस्रोत वा गृह मन्त्रालयमा नजर लगाएको माओवादी कार्यकर्ताहरू चर्चा गर्ने गर्छन् । उता, चुनावअघि नै एमाले अध्यक्ष ओलीसँग लाइन मिलाएर चर्चामा आएका नेता अग्नि सापकोटा पनि मन्त्री बन्ने दौडमा लागेका छन् । ३ नम्बर प्रदेशमा अष्टलक्ष्मी शाक्य, पशुपति चौंलागाईं, राजेन्द्र पाण्डेदेखि अरुण नेपालसम्मका प्रभावशाली नेताहरू एमालेभित्रको समीकरणमा फरक कित्तामा रहेको भन्दै उनले अहिल्यैदिख बालकोटमा एमालेकै नेताहरूमार्फत लाइन मिलाइसकेको चर्चा चल्न थालेको छ । त्यस्तै, मधेसबाट मातृका यादव र प्रभु शाहले पनि मन्त्री बन्ने इच्छा जनाएका छन् भने जाजरकोटका शक्ति बस्नेतले पनि मन्त्रीका लागि दौडधुप थालेको बताइन्छ । काठमाडौं उपत्यकाबाट भने मन्त्रीका लागि माओवादीबाट कोही पनि दाबेदार छैनन् ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply