हार्दा पनि देउवा नै बलिया
काठमाडौं । गत निर्वाचनमा लज्जास्पद पराजय बेहोरेपछि पहिलोचोटि गत हप्ता सुरु भई अहिलेसम्म जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा गुट र रामचन्द्र पौडेलबीच चर्काचर्की परेको छ । पौडेल गुटले पराजयको सम्पूर्ण दोष देउवामाथि खन्याएको छ भने देउवा समूहकाले टिकट वितरण सबै बसेर गरेको र पैसा पनि मिलेर बाँडफाँट गरेको भन्दै आन्तरिक कुरा छताछुल्ल बनाएका छन् ।
पार्टीको पराजयसँगै पार्टीभित्र सभापति देउवा कमजोर भएको चर्चा कांग्रेसभित्रै कार्यकता पंक्तिमा व्याप्त छ । तर, यो चर्चा पौडेल समूहले नियोजित तरिकाले सतहमा ल्याएको बताइन्छ । स्रोतका अनुसार पछिल्लो समयमा देउवा कमजोर नभई झन् बलियो बनेका छन् । इतिहासमै यति कमजोर प्रतिपक्ष भएका बेला कमजोर प्रतिपक्षको बलियो नेता देउवा बनेको बताइन्छ ।
अझ पछिल्लो समय नेता खुमबहादुर खड्काको निधनपछि पार्टी समीकरणमा देउवा बलियो बनेको दाबी स्रोतको छ । जीवित छउन्जेल खड्काले चलाउँदै आएको गुटले अब देउवालाई साथ दिने बुझिएको छ । खड्कासँग देउवाका साढुभाइ मोहनबहादुर बस्नेत, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, शंकर भण्डारी, अजय चौरासिया, पार्वती डीसी चौधरीलगायत थिए । कुनै समय खड्कासँगै रहेका पूर्णबहादुर खड्का भने अहिले उक्त गुट जीवितै राखेर त्यसको नेतृत्व आफूले गर्ने दाउमा छन् । तर, अरूले उनलाई साथ नदिने भएका छन् । कुनै गुट नै समात्नुपरेपछि ठूलै गुट समातेर भाग खोज्ने मनस्थितिमा अरू रहेको बताइन्छ । पौडल समूहले हिजो खड्कासँग रहेका मान्छेलाई अब कन्भिन्स गर्न सकिने र तिनीहरूले आफूहरूलाई साथ दिने भ्रम पालेको बताइन्छ । बरु, हिजो पौडेल समूहमै रहेकाले पनि अहिले खुलेर देउवालाई सघाएका छन् । डा. मीनेन्द्र रिजाल, डा. नारायण खड्का अहिले देउवा गुटमा फर्किसकेका छन् । चुनावमा पराजयपछि सात युवाको समूह बनाएर नेतृत्वको खुलेआम आलोचना गर्दै आएका बद्री पाण्डे राष्ट्रिय सभा सदस्य बनाइएपछि अहिले देउवाप्रति नरम बनेका छन् भने प्रवक्ता बनाइएपछि विश्वप्रकाश शर्माको स्वर पनि मसिनो बनेको बताइन्छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply