२ नम्बर गणमा अनियमितता
काठमाडौं । नेपाल प्रहरीको २ नम्बर गण रानीबारीमा अनियमितता भएको छ । नयाँ जवानहरूलाई तालिम दिने उक्त निकायमा सुबेदार मेजर, कार्यालय प्रमुख र लेखापाल मिलेर गम्भीर अनियमितता गर्ने गरेको रहस्य खुलेको छ ।
अहिले बटालियन मेजरको अनियमित धन्दाले प्रश्रय पाएको बताइएको छ । यस गणमा हालका डीआईजी केदारमान सिंह भण्डारी एसपी रहँदा गुणस्तरहीन रासन खुवाएका कारण झन्डै २ सय प्रहरीले खाना बहिष्कार गरी विरोध जनाएका थिए । त्यसपछि केही सुधार भए पनि अहिले उस्तै अनियमितता र खाना गुणस्तरहीन हुन थालेको स्रोतको दाबी छ ।
अहिले गणमा बटालियन मेजरको धन्दाले गणका प्रहरीहरू आजित बनेका छन् । गुल्ममा मेजर र क्वाटरमास्टर चलाउँदै आएका हवल्दार कालसिंह लामाले यस्तै अनियमितता गरेका कारण उनलाई कारबाहीस्वरूप गरे पनि उनी सेटिङ मिलाएर त्यहीँ रहँदै आएका थिए ।
मेट्रो कार्यालयले छानबिन गर्दा लामा दोषी देखिए पनि उनको राइँदाइँ चलिरहेको बताइन्छ । बटालियन मेजर लामाले अहिले गणमा कार्यरत प्रहरीहरूलाई जबर्जस्ती ट्र्याकसुट किन्न लगाउने गर्दछन् । ८ सय रुपैयाँ पर्ने ट्याकसुटलाई १५ सय रुपैयाँमा उनले बिक्री गरी प्रतिसेट ७ सयका दरले नाफा खाई खुलेआम प्रहरीलाई नै ठग्ने काम गरिरहेका छन् । उनको यो कार्यमा सुबेदार मेजर हर्कबहादुर राईदेखि लेखापाल शिव घिमिरेसमेतको संलग्नता रहेको छ ।
एसपी विक्रम चन्दलाई समेत ट्र्याकसुट बिक्री गरेबापतको भाग दिनुपर्ने भन्दै मेजर लामाले रकम असुलिरहेको बताइएको छ । एसपीलाई बुझाएका कारण आफूलाई कसैले कारबाही गर्न नसक्ने भन्दै उनले आफ्नो धन्दा तीव्रता दिइरहेको बताइएको छ । त्यति मात्र होइन, सिपाही र हवल्दारलाई घर बिदा छोड्दा प्रतिव्यक्ति ५ सयदेखि हजार रुपैयाँसम्म उठाउने गरेको एक पीडितले गुनासो गरे । त्यति मात्र होइन, गणका धेरै सिपाही, हवल्दारहरूसँग उनले सापटी भनी रकम माग्ने र फिर्ता नगरेका धेरै घटना रहेको बताइन्छ । यो कुरा थाहा पाएर पनि सुबेदार मेजर र एसपीले कुनै कारबाही नगर्नु रहस्यमय भएको बताइन्छ । उनको यो काममा प्रशासनका कर्मचारी र गुल्म मेजरको सम्म प्रत्यक्ष सहयोग रहँदै आएको बताइन्छ ।
बटालियन मेजर लामाको यो अवैध धन्दाका विषयमा महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीको उजुरी छानबिन शाखामा उजुरी गर्दासमेत कुनै सुनुवाइ र छानबिन नभएपछि गणमा असन्तुष्टि छाएको छ ।
सम्बन्धित समाचार
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कान्तिपुरविरुद्ध रविको उजुरी
- किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
- कांग्रेसको मधेश प्रदेश सम्मेलन आजदेखि सुरु
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- बोलेरोले ठक्कर दिँदा शिक्षक र लेखापालको मृत्यु
- नेकपा एसको सचिवालय बैठक बस्दै, महाधिवेशनको नयाँ मिति तय हुने
- कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि
- भुटानी शरणार्थी प्रकरण: टोपबहादुर रायमाझीसहित ८ जनालाई पुर्पक्षका लगि थुनामा राख्ने आदेश सदर
- आचार्य श्रीनिवास पक्राउ
- प्रचण्डलाई सिंहदबारको कुर्सीबाट माइतीघरमा पछार्ने तागत छ : महेश बस्नेत
Leave a Reply