अमेरिकामा कविता सुनाउादै वसन्त

काठमाडौं । अनेसास कोलोराडो च्याप्टरद्वारा आयोजित कवि तथा गीतकार बसन्त चौधरीको ‘विश्व काव्य यात्रा’सम्पन्न भएको छ । गत शनिवार अमेरिकाको कोलोराडो राज्यको डेनवर शहरस्थित ब्रूम्फिल्ड कम्युनिटी सेन्टरमा कार्यक्रम भएको थियो ।
कार्यक्रमको प्रथम चरणमा कवि बसन्त चौधरीको परिचयात्मक वृतचित्र प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा उनको एकल कविता वाचन भएको थियो । त्यस्तै कार्यक्रममा कवि चौधरीसाग सहभागीहरूले अन्तक्र्रिया समेत गरेका थिए । चौधरीको कृति ‘मेरा कविताहरू’ को विमोचन बरिष्ठ साहित्यकार, कथाकार गजलकार मनु ब्राजाकीले गरेका थिए । सो अवसरमा च्याप्टरकी अध्यक्ष आचार्य प्रभाले कवि चौधरीलाई सम्मानपत्र प्रदान गर्दै खादा ओढाएकी थिइन भने कोलोराडोस्थित अन्य संघ–संस्थाहरूका प्रतिनिधिहरूले पनि कवि/गीतकार चौधरीलाई खादा ओढाएर सम्मान गरेका थिए ।
त्यस क्रममा कवि बसन्त चौधरीले अनेसास कोलोराडो च्याप्टरको नाममा मायाको चिनो हस्तान्तरण गरेका थिए । कार्यक्रममा गायक मनोज तुलाधर र सुरेश प्रधानले गीतकार बसन्त चौधरीको राष्ट्रप्रेमले ओतप्रोत गीत ‘शान्ति लुकाऊँ कहाँ’ प्रस्तुत गरेर सबै दर्शकलाई मोहित पारेका थिए ।
कार्यक्रमको अन्तिममा संस्थाकी अध्यक्ष आचार्य प्रभाले नारी दिवसको उपलक्ष्यमा सम्पूर्ण उपस्थित नारीहरूलाई शुभकामना दिंदै ‘नारी उत्साह’ शीर्षकको कविता नारीहरूमा समर्पण गरिन् ।
सम्बन्धित समाचार
-
नेपालबाट भारतले थप २५१ मेगावाट बिजुली किन्ने
-
चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
-
प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै
-
अमेरिकाका राष्ट्रपति बाइडेन र चीनका राष्ट्रपति सीबीच भेटवार्ता
-
विश्वकप छनोट : आज नेपाल र यूएई भिड्दै
-
राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
-
पहिलो पटक कुल आचार्य र बद्री केसीलाई गैरआवासीय नेपाली नागरिकता
-
एनआरएनलाई नागरिकता दिलाउन ठूलो संघर्ष गर्नुपर्यो -प्रधानमन्त्री प्रचण्ड
-
इजरायलबाट २५४ बिद्यार्थीलाई आज नेपाल ल्याइँदै
-
इजरायलमा मारिएका साहका परिवारलाई मधेस प्रदेश सरकारले ५ लाख राहत दिने
-
इजरायलमा मृत्यु भएका नेपालीको शोकमा भोली सार्वजनिक बिदा
-
मन्त्रिपरिषद्को विशेष बैठक आव्हान
Leave a Reply