राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
१३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज (सोमबार) सोलुखुम्बु जाँदैछन् । चार दिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ ।
जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन् ।
गुटेरेस भोलि बिहान पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उनी पोखराबाट लुम्बिनी जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधवार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ ।
शनिवार राति काठमाडौँ आइपुगेका उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतले जनाएको छ । उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमाण्डो खटाइएको छ । बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply