राष्ट्र संघका महासचिव एन्टोनियो आज सोलुखुम्बु जाँदै
१३ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेस आज (सोमबार) सोलुखुम्बु जाँदैछन् । चार दिने औपचारिक भ्रमणको क्रममा काठमाडौँ आइपुगेका महासचिव गुटेरेस आज सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम रहेको छ ।
जलवायु परिवर्तनको असरलाई बुझ्न उनले त्यहाँको अवलोकन भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोलुखुम्बुबाट काठमाडौं फर्केपछि गुटेरेस ललितपुरस्थित युएन हाउसको कार्यक्रममा सहभागी भई साँझ पोखरा जानेछन् ।
गुटेरेस भोलि बिहान पोखराबाट अन्नपूर्ण सर्किट अवलोकनमा जानेछन् । अन्नपूर्ण सर्किटबाट फर्केपछि पोखरास्थित पुरानो विमानस्थलमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उनी पोखराबाट लुम्बिनी जानेछन् । लुम्बिनीबाट काठमाडौं फर्केर उनले सङ्घीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम छ । महासचिव गुटेरेस बुधवार संयुक्त राष्ट्रसंघको मुख्यालय फर्किने कार्यक्रम छ ।
शनिवार राति काठमाडौँ आइपुगेका उनको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । उनी चढ्ने ‘बुलेट प्रुफ’ गाडीको पछुवामा विशेष प्रविधि जडित ‘जामर’ गाडीसहित दायाँबायाँ तथा अगाडि–पछाडिबाट ६ वटा सवारीसाधनले सुरक्षा प्रदान गर्ने सुरक्षा स्रोतले जनाएको छ । उनको सुरक्षा थ्रेटलाई हेरेर नेपाली सेनाको स्पेसल कमाण्डो खटाइएको छ । बाह्य सुरक्षा, सूचना संकलन र समन्वयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विशेष प्रहरी परिचालन गरिएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply