बोल्न पाएँ भन्दैमा…

सत्तामा पुगेपछि नेपाली कांग्रेसले जनतालाई केही न केही ‘उपहार’ दिने गरेको छ । यो कांग्रेस सरकारको विगतदेखिकै बानी हो । यस पटक सत्तासीन भएपछि कांग्रेस नेतृत्वको करकारले जनतालाई मूल्यवृद्धि नामक ‘उपहार’ उदारतापूर्वक प्रदान गरेको छ । पहिला दुग्ध पदार्थमा मूल्यवृद्धि गरेर जनतालाई राहत दिने दुस्साहस गरेको छ । लगातारको मूल्यवृद्धिको भारीले जनता थिचिएकै बेला सहानुभूति प्रकट गर्नुको साटो उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले भने मूल्यवृद्धिको वकालत गरेर कांग्रेसको असली चरित्र देखाएका छन् । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिलाई मन्त्री सिंहले ‘बाध्यताको उपज’ बताएर मूल्यवृद्धिको वकालत गरिरहेका छन् । मूल्यवृद्धि आवश्यक रहेको बताउने अहिलेको सरकार जनतालाई राहत दिने मनस्थितिमा नरहेको पुष्टि गरिदिएको छ । हरेक नयाँ सरकारसित जनताले राख्ने अपेक्षा भनेकै शान्ति–सुरक्षा, मूल्यवृद्धिमा नियन्त्रण र सुशासन हो । तर, नेपाली कांग्रेसले सत्ताको बागडोर सम्हालेको महिना दिन कट्दा नकट्दै जनतालाई महँगीको भारी बोकाएर जनमतको ‘उचित कदर’ गरेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिपश्चात् अहिले विद्यार्थीहरू सडकमा उत्रिएका छन् । बन्द, हड्ताल, चक्काजाम जस्ता कार्यक्रममा विद्यार्थी वर्ग रमाइरहेका छन् । आमजनता र विद्यार्थी वर्गको तीव्र असन्तुुष्टि प्रकट हुँदाहुँदै पनि मूल्यवृद्धि गर्नु र जिम्मेवार मन्त्रीले त्यसको विकल्प नरहेको देख्नु अचम्मको विषय मात्र होइन, नेपालीमा एउटा उखान नै छ– ‘बोल्न पाएँ भन्दैमा प्याच्च नबोल्नु, बस्त पाएँ भन्दैमा थ्याच्च नबस्नु…†’ प्याच्च बोलिहाल्ने मन्त्री सिंहको बानीले अन्तत: उनकै कद घटाउने काम गरेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply