सर्वोच्चमा जाने पालो कुर्दै न्यायाधीश
काठमाडौं । तुरुन्तै सर्वोच्च अदालतमा सबै न्यायाधीश नियुक्त गर्नुपरेमा पुनरावेदनमा रहेका सात जना मुख्य न्यायाधीश नै सर्वोच्च अदालतमा आउने छन् । सर्वोच्चमा १० स्थायी न्यायाधीश नै खाली छन् त्यति नै संख्यामा अस्थायी नियुक्त गर्न मिल्छ ।
सर्वोच्च अदालतमा पुनरावेदनका मुख्य न्यायाधीश र वरिष्ठ अधिवक्तामध्येबाट न्यायाधीश बनाउने चलन छ । विगतमा खुलाबाट बढीमा ३० प्रतिशतसम्म न्यायाधीश लिने गरेको पाइन्छ भने बाँकी न्यायाधीशहरू चाहिँ पुनरावेदनका मुख्य न्यायाधीशबाटै हुन्छन् । अहिले सर्वोच्च अदालतमा आउनका लागि पुनरावेदनमा सात जना मात्रै उम्मेदवार छन् । तीमध्ये हेटौंडाको मुख्य न्यायाधीशमा पदाधिकार रहेका वैद्यनाथ उपाध्याय विगतदेखि नै सर्वोच्चमा अस्थायी न्यायाधीशमा कार्यरत छन् भने न्यायाधीश नियुक्ति प्रक्रिया सुरु हुनासाथ बाँकी छ जना मुख्य न्यायाधीश पनि सर्वोच्च आउनेछन् । अहिले १६ वटा पुनरावेदनमध्ये छवटामा मात्रै ‘कम्फर्म’ मुख्य न्यायाधीश छन् भने दुईमा कामु र ७ मा निमित्त मुख्य न्यायाधीश छन् ।
त्यसरी सर्वोच्च अदालतमा आउनेको पहिलो नम्बरमा विराटनगर पुनरावेदन अदालतमा पदाधिकार रही पाटन पुनरावेदनमा मुख्य न्यायाधीशमा काजमा रहेका गोपाल पराजुली पहिलो नम्बरमा छन् भने पुनरावेदन अदालत सुर्खेतका मुख्य न्यायाधीश दीपकराज जोशी दोस्रो नम्बरमा छन् । तेस्रोमा पुनरावेदन अदालत इलामका न्यायाधीश गोविन्दकुमार उपाध्याय, चौथोमा राजविराजका ओमप्रकाश मिश्र, पाँचौंमा जुम्लामा पदाधिकार रही सर्वोच्चमा काजमा रहेका एकराज आचार्य र छैटौंमा महेन्द्रनगरका देवेन्द्रगोपाल श्रेष्ठ छन् । बाँकीमध्ये बुटवलमा चोलेन्द्रशमशेर जबरा र हेटौंडामा जगदीश शर्मा पौडेल कामु छन् भने अरू सबैमा निमित्त मात्र छन् । त्यसरी निमित्त भएर काम चलाउनेहरूमा तेजबहादुर केसी (जनकपुर), शम्भुबहादुर खड्का (धनकुटा), गिरिराज पौडेल (विराटनगर), शारदाप्रसाद घिमिरे (बागलुङ), विश्वम्भर श्रेष्ठ (पोखरा), ईश्वरप्रसाद खतिवडा (दिपायल), आनन्दमोहन भट्टराई (तुलसीपुर) र प्रकाशकुमार ढुंगाना (नेपालगन्ज) छन् ।
मुख्य न्यायाधीशमा पनि दौड
यसैबीच, मुख्य न्यायाधीशका लागि पनि न्यायाधीशहरूबीच प्रतिस्पर्धा छ । केही कनिष्ट न्यायाधीशहरूले निमित्त मुख्य न्यायाधीश भएर काम चलाउने मौका पाएपछि पछि कतै त्यही आधारमा उनीहरूकै त बढुवा हुने होइन भन्ने झस्का अरूलाई परेको छ । पुनरावेदनका वरिष्ठ न्यायाधीशहरूमध्येबाट मुख्य न्यायाधीश बनाउने परम्परा छ । तर, निमित्त पाउँदा मुख्य न्यायाधीशले बिदा लिँदा जो दुई नम्बरमा छ, उसैले पाउने हुँदा वरिष्ठता कायम हुन सकेको छैन ।
न्याय परिषद्का कामु सचिव कृष्ण गिरीका अनुसार अहिले पुनरावेदनमा ९७ जना न्यायाधीश छन् भने ३० जना अतिरिक्त न्यायाधीश छन् । पुनरोवदनका न्यायाधीशहरूमध्ये पहिलो नम्बरमा चोलेन्द्रशमशेर जबरा छन् । त्यसपछि क्रमश: जगदीश शर्मा पौडेल, बलराम विष्ट, दीपककुमार कार्की, तेजबहादुर केसी, केदारप्रसाद चालिसे, पुरुषोत्तम भण्डारी, सुरेन्दवीरसिंह बस्नेत, शम्भुबहादुर खड्का, गिरिराज पौड्याल, पोषनाथ शर्मा र मीरा खड्का छन् । उनीहरूमध्येबाटै मुख्य न्यायाधीश बन्नेछन् ।
तर, पहिला यत्तिकै सुस्ताएर बसेको न्याय परिषद् अहिले प्रधानन्यायाधीशकै नियुक्ति नभएको भन्दै चुप छ । उता, संसदीय सुनुवाइका लागि व्यवस्थापिका–संसद्ले पनि संसदीय सुनुवाइ समिति गठन गरेको छैन । प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक समितिलाई प्रधानमन्त्री सुशील कोइरालाले अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply