कमलको कमाल
काठमाडौं । दुई महिनाअघि १ सय ७० जना कामदारको फाइल गायब पारेको घटनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका केही कर्मचारीलाई दैनिक हाजिर हुन बोलाउने क्रममै हिरासतमा जाके पनि त्यस प्रकरणका मुख्य योजनाकारलाई भने अझै पक्राउ गरेको छैन ।
मलेसिया शाखाका प्रमुख कमल भण्डारी साधारण तारेखमा रिहा भए पनि अन्यलाई हिरासतमा लिएपछि उनको ‘कनेक्सन’को रहस्यबारे विभागभरि चर्चा चलेको छ । आलामदेवी मेनपावरलगायत केही कम्पनीका कामदार मलेसिया पठाउन नक्कली फाइल खडा गरेको सम्बन्धमा विभागका एक दर्जन कर्मचारीलाई अनुसन्धानको दायरामा राखेकोमा मुख्य योजनाकार भण्डारीलाई त्यसै छाडेर उनीभन्दा मुनिका कर्मचारीलाई भने सोमबार अख्तियारले हिरासतमा लिएको छ ।
विभागका अर्का निर्देशक चिरञ्जीवी अधिकारीको युजर आईडी र पासवर्ड प्रयोग गरी अधिकृत बाबुलाल रेग्मी र निर्देशक भण्डारीले अधिकारीलाई आफूहरूले गरेको गल्तीको भागीदार बनाउन खोजेको बताइन्छ । विभागको सुधारमा लागेका महानिर्देशक कृष्णहरि पुष्करलाई असफल बनाउन अहिले भण्डारीलगायतको समूह सक्रिय भएर लागेको बताइन्छ ।
उनीहरूले अख्तियारको छानबिन प्रक्रिया सुरु भएपछि पनि दैनिक रूपमा अनियमित फाइल पेस गरी गैरकानुनी काम गरिरहेका छन् । अनियमित फाइलहरू अधिकृत रेग्मीले निर्देशक भण्डारीकै घरमा बिहान–बेलुकी लगेर सदर गराउने र कार्यालय समयमा आफ्नो टेबलमा नबसी मेनपावर सञ्चालकसँग पैसा उठाउन बाहिर हिँड्ने गर्दै आएका छन् । अहिले भने राम्रोसँग कम्प्युटर नै चलाउन नजान्ने पुरानो पुस्ताका चिरञ्जीवी अधिकारीलगायत ९ जनालाई अख्तियारले हाजिर हुन टंगालस्थित केन्द्रीय कार्यालयमा आएको बेलामा हिरासतमा राखेपछि विभागमा ‘कमल भण्डारीले चिरञ्जीवी अधिकारीलाई फसायो’ भनेर कर्मचारी र मेनपावर व्यवसायीबीच चर्चा हुने गरेको छ । त्यस्तै, अनियमित कार्य गर्ने भण्डारीलाई सरकारले भने विभाग सुधार कार्यदलको सदस्य बनाएको थियो । केही वर्ष अगाडि निर्देशक भण्डारीकी श्रीमती पनि विभागमा बसेर राम्रै कमाउनेमा चिनिन्थिन् ।
यस्तै, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल डेस्कका कर्मचारीलाई पनि अख्तियारले कारबाहीका लागि बोलाएको छ । अध्यागमनको मिलेमतो र संलग्नताबिना त्यति धेरै संख्यामा कामदार विदेश जान सम्भव हुँदैन । विभिन्न जिल्लामा सहायक सीडीओ र सीडीओ भएर काम गरेका भण्डारी ती ठाउँमा पनि विवादित भएका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply