काठमाडौं । ग्रान्डी अस्पतालमा स्थायी समितिको बैठक सकेर हतार–हतार शपथका बारेमा कुरा गर्न …
बीचमै प्रधानमन्त्री कोइरालालाई रोकेर रिजालले भने– ‘प्रधानमन्त्रीज्यू, कति पुरानो कुरा कोट्याउने ? असमझदारी भएको बेला त्यस्ता कुरा आउँछन् । अहिले पुराना कुरा बिर्सौं । सहकार्यका बेला त सहमतिका कुरा पो गर्नुपर्छ त ।’ एमाले नेता गौतमप्रति कोइरालाको यसै पनि सकारात्मक धारणा छैन भन्ने कुरा त यसअघि उहाँले गौतमलाई सहजै गृह मन्त्रालय दिन नखोज्नुले पनि बताउँछ । यसपटक चाहिँ अर्का नेता पौडेलप्रति पनि रिस उठेको रहेछ । खासगरी, पौडेलले संसद्मा आफूले जवाफ दिनुपर्ने गरी राष्ट्रपतिबाट आएको सातबुँदे निर्देशनका बारेमा तर्कपूर्ण भाषण गरेपछि कोइरालालाई रिस उठेको रहेछ । अझ गृह मन्त्रालय दिए पनि सरकारमा नजाने भन्दै आक्रामक रूपमा
पौडेलका अभिव्यक्ति सार्वजनिक भएका थिए । कोइरालाले भने– ‘तपाईं जस्ता नेताले त्यति चर्को रूपमा बोल्नुहोला भन्ने लागेकै थिएन । मैले कहिल्यै पनि एमालेलाई गृह मन्त्रालय दिन्न भनेको थिइनँ । पार्टीभित्र अप्ठेरो थियो, साथीहरूले मानिरहेका थिएनन्, मनाउँदै थिएँ । तर, तपाईंहरूले चर्को रूपमा बोलेर मलाई अप्ठेरो पारिदिनुभयो ।’
यति भनेर पनि कोइरालाको रिसको पारा घटेन । उनले थपे– ‘पूरै गोयबल्स शैलीमा मेराविरुद्धमा प्रचार गर्नुभयो, एकतर्फी कुरा गर्नुभयो ।’ यति भनिसक्दा रिजालले बीचैमा रोके– ‘पुराना कुरा कति कोट्याउनु ?’ यही मौका छोपेर पौडेलले थपे– ‘सहकार्य गर्दा सहकार्यको भाषा प्रयोग हुन्छ, विमति बढ्दा विमतिको भाषा प्रयोग हुन्छ । अहिले हामी सहकार्यका लागि तयार भएका छौं । म प्रधानमन्त्रीज्यूलाई विनम्रतापूर्वक अनुरोध गर्दछु, गृह मन्त्रालय नपाएको भए तपाईंको टाङमुनि छिरेर हामी सरकारमा जाने थिएनौं ।’ रिजालले थपे– ‘यो व्यक्तिगत रूपमा विष्णुजीको भनाइ नभएर एमालेकै भनाइ थियो ।’
एमाले टोलीले प्रधानमन्त्रीलाई सोमबारै शपथका लागि आग्रह गरेको थियो । अरू मन्त्रीको नभए पनि उपप्रधानमन्त्री गौतमको शपथ साँझसम्म गराउन आग्रह गरे पनि कोइरालाले होइन, एकैचोटी गरौंला भनेर फर्काएका थिए । फर्किने बेलामा ढोकैमा आएर रिजालले एमाले टोलीलाई भने– ‘के गर्नु ? तालै यस्तै छ । अप्ठेरो नमान्नुहोला ।’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply