भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
काठमाडौं : भारतका विदेश सचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन् । परराष्ट्र सचिव श्री सेवा लम्सालको निमन्त्रणामा सचिव मिश्री साउन २७ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका हुन् । परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ । द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेशसचिवको भ्रमण अवसर हुने पनि भारतको विश्वास छ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनेको छ, ‘विदेश सचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीति अन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ ।’
नेपाल र भारतविचको द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेश सचिवको भ्रमण अवसर हुने भारतीय विदेश मन्त्रालयले जनाएको छ । भनेको छ, ‘भारत र नेपालबीच सदियौं पुरानो सभ्यतागत, साँस्कृतिक र जनता–जनताबीचको सम्बन्ध रहेको छ, र भारत सरकारको सहयोगमा नेपालमा ठूला पूर्वाधार तथा कनेक्टिभिटी परियोजनाहरु सम्पन्न भई र नयाँ परियोजनाहरु अघि बढाई उच्चस्तरीय आदानप्रदानलाई गति दिदै पछिल्लो वर्षहरुमा दुई देशबीचको द्विपक्षीय सहकार्य अझ मजबुत भएको छ ।’
परराष्ट्र स्रोतका अनुसार नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालाई भेट्नेछन्। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेट्ने कार्यक्रम रहेको छ। एमाले–कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply