प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन महामन्त्री डा. मुकुल ढकालले विभिन्न विषयमा १५ बुँदे सुझाव पेस गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सोमबार उनले आफ्ना सुझाव पेस गरेका हुन् ।
‘…मैले आफ्ना पनि केही सुझाव र देश यात्राका क्रममा जनताबाट प्राप्त सुझाव समेटी तपशिल बमोजिम सुझावहरू सम्माननीय प्रधानमन्त्रीसामु पेस गर्न चाहन्छु’, उनले लेखेका छन् । उनले गत जेठ ६देखि असार ५ गतेसम्म ३८ जिल्ला घुमेर पार्टीमा प्रतिवेदन बुझाएका थिए । त्यही प्रतिवेदनको अंश पार्टीलाई नबुझाए मिडियामा चुहाएको भन्दै उनलाई स्पष्टीकरण सोध्दै निलम्बन गरिएको थियो ।
डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन् । अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन् ।
आइटी हबका रूपमा नेपाल चिनाउन, लुम्बिनीमा मायादेवी प्रसूति गृह एवं गौतम बुद्ध शिशु स्याहार अस्पताल निर्माण, वैदेशिक रोजगारीमा गएर समस्यामा परेकाहरूका लागि उद्धार, न्यायालयमा सुधार, कानुन निर्माणमा चुस्तता, संविधान संशोधनका लागि सुझाव प्रस्तुत गरेका छन् ।
डा. ढकालले सुझाव पत्र प्रस्तुत गर्दै प्रदेश खारेज गर्नुपर्ने बताएका छन् । त्यस्तै जिल्ला समन्वय समिति, उपराष्ट्रपतिजस्ता मानार्थ पद पनि खारेज गर्न सुझाव दिएका छन् । थ्रेसहोल्ड बढाउने, एउटै मतपत्रमा निर्वाचन गर्ने, एक पटक समानुपातिकबाट चुनाव जितेकालाई फेरि समानुपातिकबाट निर्वाचित हुन नदिनेलगायत विधि अवलम्बन गर्न पनि सुझाव दिएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply