महाधिवेशनको तयारी तीव्र
काठमाडौं । आगामी जेठको अन्तिम साता नवौं महाधिवेशनको तयारीमा जुटेको नेकपा (एमाले)ले महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथिको प्रारम्भिक छलफल सिध्याएको छ । राजनीतिक प्रतिवेदनमा कुन–कुन विषय थप्नुपर्ने भन्नेमा केन्द्रीय सदस्यहरुले सुझावहरु दिइसकेपछि अध्यक्ष झलनाथ खनालसमक्ष पेश भइसकेको छ । अब अध्यक्ष खनालले मस्यौदा ल्याएपछि उक्त प्रतिवेदनले पूर्णता पाउने छ । राजनीतिक प्रतिवेदनमाथि एमालेले गएको चैत ३ गतेदेखि नै छलफल सुरु गरेको थियो ।
राजनीतिक प्रतिवेदनमाथिको छलफल टुंगिसकेपछि त्यसैको मार्गनिर्देशस्वरुप अरु प्रस्तावहरुमाथिको छलफल प्रारम्भ हुने एमालेले जनाएको छ । अबको केही दिनपछि नै संगठनात्मक सिद्धान्तसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ भने त्यसपछि विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । एमालेको महाधिवेशन आगामी २०७१ साल जेठ २४ देखि ३१ गतेसम्म काठमाडौंमा हुन लागिरहेको छ । यसअघि नै महाधिवेशनको तयारीका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा ६३ सदस्यीय मुल व्यवस्थापन कमिटी गठन भई काम सुरु भइसकेको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply