……तलकाबीच हानाहान
काठमाडौं । रामचन्द्र झा नेकपा (एमाले) छाडेर एमाओवादीमा गए पनि एमाले धनुषाको विवाद अझै सल्टिएको छैन । विवादकै कारण अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पोलिटब्युरो सदस्य रघुवीर महासेठ जाने भनिएको सोमबारको एउटा कार्यक्रम अन्तिममा भाँडिएको छ ।
एमाले जनकपुर अञ्चल समन्वय कमिटीको गत माघ ५ गते बसेको बैठकले हरिनारायण महतो अध्यक्ष रहेको धनुषा जिल्ला कमिटीलाई विघटन गर्ने निर्णय गरेको थियो । उक्त कमिटीलाई अराजक भएको, स्वेच्छाचारी ढंगले चलेको र अञ्चलको निर्देशन नमानेका कारण देखाएर विघटन गरिएको थियो । अञ्चल कमिटीको माघ १० मा बसेको अर्को बैठकले राजकिशोर यादवको अध्यक्षतामा नयाँ जिल्ला कमिटी गठन गर्नुका साथै विघटित जिल्ला कमिटीका अध्यक्ष महतोलाई अञ्चलमा मनोनीत गर्ने निर्णय गरेको थियो ।
यो निर्णय अनुमोदनका लागि अञ्चल कमिटीले केन्द्रमा पठाएको थियो । केन्द्रीय सचिवालयले संगठन विभागमार्फत यो प्रस्ताव स्थायी कमिटीमा पठाएको थियो । फागुन ८ गते बसेको स्थायीको बैठकले उक्त प्रस्ताव अनुमोदन गरे पनि उक्त निर्णय अन्तरपार्टी निर्देशिकामा आएको छैन । तर, यही बीचमा विघटित कमिटीले नै अस्ति सोमबार बृहत् कार्यकर्ता प्रशिक्षण तथा भेला आयोजना गरेको छ । कार्यक्रममा अध्यक्ष झलनाथ खनाल, उपाध्यक्ष विद्या भण्डारी र पोलिटब्युरो सदस्य रघुवीर महासेठ आउने भनेर व्यापक प्रचार गरियो । तर, केन्द्रीय कमिटी सदस्य तथा अञ्चल इन्चार्ज केशव देवकोटा र अर्का वैकल्पिक केन्द्रीय सदस्य शत्रुघन महतोले विवादित कमिटीले आयोजना गरेको कार्यक्रममा नजान सुझाव दिएपछि तीनै जना नेता गएनन् ।
उता, केन्द्रबाट नेता आउने भनेपछि झन्डै २ सय कार्यकर्ता जनकपुर उद्योग वाणिज्य संघको हलमा दिनभरि पर्खेर बसे । तर, कोही नआएपछि सबै रिसाउँदै घर–घर फर्केका थिए । आफूहरूलाई झुक्याएर बोलाएको भन्दै कार्यकर्ता आयोजक माथि नै खनिएका थिए । कार्यकर्ता र आयोजकबीच सामान्य झडप भए पनि कुनै अप्रिय घटना नभएको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply