बैरोमा ढकालको सुराकी
काठमाडौं । वैदेशिक रोजगार विभागको एक जना अधिकृतले आफूले गरेको गल्तीको भागीदार अन्य कर्मचारीलाई बनाउँदै आएका छन् ।
लामो समयदेखि विभागमै अड्डा जमाउँदै आएका ज्ञाननाथ ढकालले बैरोको सूचना अख्तियारमा पुर्याउन र अन्य साथीहरूलाई फसाउने तर आफू भने जोगिने गर्दै आएका छन् । आफूलाई वैद्य माओवादीनिकट कर्मचारी संगठनको सचिव समेत बताउने तिनले हरेक पटक फेरिएका हाकिमलाई घुमाएर आफ्नो स्वार्थ सिद्घि गर्दै आएका छन् ।
नायब सुब्वा हुँदादेखि नै बैरोमा बसेर कमाउन पल्किएका उनले बैरोभित्रका मालदारका रूपमा चिनिने पूर्वस्वीकृति, अन्तिम स्वीकृति र व्यक्तिगत स्वीकृति शाखामा बसेर राम्रै चलखेल गर्न भ्याइसकेका छन् ।
आम्दानी हुने सबै शाखा भ्याइसकेका उनले बीचमा एक वर्ष आफंैले रोजेर ईपीएस शाखामा सरुवा मागेका थिए । त्यहाँबाट फेरि विभागमा आएका उनी आफूलाई धेरै पुरानो कर्मचारी र आफूलाई यहाँको सबल र दुर्वल दुवै पक्ष राम्ररी थाहा छ भन्दै माथिका कर्मचारीलाई प्रभावमा पार्न र तलका कर्मचारीलाई थर्काउन खप्पिस मानिन्छन् ।
पछिल्लो समय विभागमा अधिकांश कर्मचारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परे पनि उनी भने सबै कुुरा थाहा पाएको कर्मचारी भएकाले कर्मचारी फसाउने आइडिया रचेर आफू भने उम्किँदै आएको स्रोतले बतायो ।
महानिर्देशक कृष्णहरि पुष्करको सल्लाहकार जस्तो बनेर उनले अरूका विरुद्व भने विभिन्न पत्रपत्रिकामा समाचार सम्प्रेषण गराउने तथा अख्तियारमा बेनामे उजुरी हाल्नेसम्मका काम गर्ने गरेको स्रोतले बतायो ।
लामो समय विभागमा बसेर शंकास्पद ढंगले सम्पत्ति आर्जन गरिसकेका उनले विभिन्न एलटी नम्बर (लट नम्बर) अख्तियारका कर्मचारीहरूलाई टिपाए र बदमासी तथा कमिसन भएको फाइल रोकाउन पहल गर्ने र पहिले मिलिजुली सँगै काम गरेका साथीहरूलाई फसाउन प्रयत्न गर्ने गरेको स्रोतले बतायो । त्यसैले उनलाई देख्नासाथ अहिले साथीभाइले टाढैबाट अख्यिारको सुराकी आयो, सतर्क हुनु भन्दै कानेखुसी गर्ने गरेको बताइन्छ ।
यस्तै, विभागका अर्का कर्मचारी उपेन्द्र न्यौपानेले पनि आफूले बदमासी गर्ने र अन्य साथीभाइलाई फसाउने गर्दै आएका छन् । न्यौपानेले दूतावासबाट भिसा झर्ने बेलामा ‘इन्फो’ आउने र सो पछि आफूले हस्ताक्षर गरी फाइल अगाडि बढाउन स्वीकृति दिने गरे पनि आफू भने सधैं जोगिँदै आएका छन् । ८ महिनाअघि नै अध्यागमनमा सरुवा भइसकेका उनी रमाना पनि नलिइकन अझै त्यहाँ बसिरहेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply