बालमा बबाल
काठमाडौं । नेपाल बाल संगठनका महासचिव सुवास पोखरेलले संगठनलाई बालबालिकाको हितभन्दा पनि मागीखाने भाँडो बनाएको आरोप लागेको छ । संगठनलाई कमाइ गर्ने थलो बनाएको भन्दै उनको व्यापक विरोध हुन थालेको छ ।
लामो समयदेखि संगठनको महासचिव रहँदै आएका र संगठनभित्र कांग्रेसी राजनीति गर्दै आएका उनको एकोहोरो कार्यशैली र अध्यक्ष रितासिंह वैद्यलाई समेत पन्छाउने प्रवृत्तिको चर्को विरोध भएको छ । चैत १२ गते विदेशमा धर्मपुत्र–पुत्री पठाउन चिकित्सकले सबै हिसाबले तन्दुरुस्त भनेर सिफारिस गरेकी एक बालिका (रोशनी……)को मृत्यु भएपछि बाल संगठनलाई रक्षक होइन, बालबालिकाको भक्षक भन्दै आक्रोश उत्पन्न भएको छ ।
नक्सालस्थित केन्द्रीय कार्यालयमा भएको सो घटनालाई केन्द्रीय बालकल्याण समितिले छानबिनको विषय बनाउन खोज्दा सुवासले नै छानबिन प्रभावित पारेका थिए । समितिका अध्यक्ष डिल्लीराम गिरी कांग्रेस रहेको र पोखरेल पनि कांग्रेसबाट मेचीका लागि केन्द्रीय सदस्यमा उठेर पराजित भएकाले समितिले छानबिन नगरी छाडेको बताइन्छ ।
गम्भीर बिरामी भएकी रोशनीलाई अस्पताल भर्ना गरेर उपचार गर्नुपर्नेमा क्लिनिकमा लगेर साधारण औषधि दिएकाले मृत्यु भएको थियो । संगठनमा आएका अनुदान र अन्य राम्रा सामान पोखरेल र उपाध्यक्ष तीर्थनारायण श्रेष्ठले घरमै लिएर जाने गरेको एक अधिकाद्दरीले बताए ।
यता, उपाध्यक्ष श्रेष्ठ, महासचिव पोखरेल र पूर्वमहासचिव कृष्णशंकर शाह मिलेर संगठनको १३ रोपनीे जग्गा ७५ लाख कमिसन खाएर भाडामा दिएको बारे अहिले अख्तियारले छानबिन गरिरहेको छ । नक्सालको केन्द्रीय कार्यालयनजिकै वृहस्पति विद्याश्रमले चर्चेको जग्गा तरुण निर्माण सेवा नामक निर्माण कम्पनीलाई २० वर्षसम्म भोगचलन गर्न पाउने गरी भाडामा दिएपछि विवाद बढेको हो ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply