युवामा छाँटकाँट
काठमाडौं । युवा संघ नेपालको धुलिखेलमा सम्पन्न तेस्रो बैठकले १२ जनालाई कारबाही गर्दै ३९ जनालाई केन्द्रीय सदस्य थप गरेको छ । चैत २२ देखि २४ सम्म सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।
एमाओवादीलाई सहयोग गरेको भन्दै पूर्वाञ्चल उपप्रमुख रहेका रुपेश शाक्यलाई निलम्बन गरेको छ भने संविधानसभामा निष्क्रिय रहेको र सोचे जसरी काम नगरेको भन्दै ११ जनालाई बिदा गरेको प्रचार विभाग प्रमुख प्रभातविक्रम कटुवालले जानकारी दिए । बिदा भएकोमा मोतीकला डाँगी, मनोहर बुढाथोकी, राजकुमार थापा, शेरबहादुर तामाङ, मिनिताकुमारी ठाकुर, गणेश थापा, जोग गुरुङ, सुष्मा कट्टेल, अर्जुन गुरुङ, मुस्लिम खाली र प्रकाश सारु छन् ।
थपिएका ३९ जनामा हरि लम्साल, चमन भण्डारी, रबीन्द्र लम्साल, रामजी सापकोटा, सुमन पुरी, प्रदीप डल्लाकोटी, भरत खत्री, विष्णुहरि त्रिपाठी, वामदेव गौतमका छोरा हरिश गौतम, रोशन शाक्य, राममणि मिश्र, बाबुराम पाण्डे, सुन्दर भुसाल, खेम ज्ञवाली, विनोद वली र राजेश खाती छन् ।
यस्तै, कृष्णहरि केसी, सुदीप सापकोटा, किरण गौतम, देवराज पोखरेल, रोशन थापा, कमल दहाल, धर्म शाही, किरण वैद्य, गोपाल पुन, सरिता श्रीश, अन्जु जिसी, सुमित्रा बोगटी, सुमित्रा थापा, बिनु बज्राचार्य, सुशीला बडुवाल, सुनिता खतिवडा, अन्जु काङमाङ, रेवत राना, सञ्जीव राई, देवानन्द मेहता, खिलबहादुर राना, पूर्ण लामा, सुन्दरमान श्रेष्ठ, शिवचन्द्र जिसी र बक्स मियाँ पनि थपिएका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply