पर्दाबाहिर पनि खलनायकीपन

कुनै बेला, युवराज लामा नेपाली फिल्ममा खुबै चम्किएका थिए । खासगरी, फिल्मी क्षेत्रमा निर्माताको रूपमा छिरेका लामाले केही फिल्म खेले पनि । प्राय: उनी खलनायकको चरित्रमा देखा पर्थे र हिरो, हिरोइन वा अरूलाई दु:ख दिएर हैरान पार्थे । किनभने, खलनायकले कहिल्यै पनि राम्रो भूमिका खेल्दैनन् । अरूलाई दु:ख दिनु नै खलनायकको काम हो, अरूलाई हैरान तुल्याउनु नै खलनायकको स्वभाव हो ।
कालान्तरमा, तिनै लामा श्रद्धेय पुष्पकमल दाहालको आशीर्वाद पाएर राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा नियुक्त भए । पञ्चायकालभरि मण्डले उत्पादन गर्ने थलोको रूपमा बदनाम खेलकुद परिषद्मा लामाले प्रवेश पाएपछि नवमण्डलेहरू उत्पादन गर्नतिर त उनी त्यतिविधि लागेनन् । तर, फिल्ममा आफूले निर्वाह गरेको खलनायकी चरित्र भने उजागर गर्न उनी पछि परेनन् ।
लामाको खलनायकीपनबाट अहिले सबभन्दा बढी आजित युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल बन्न पुगेका छन् । परिवर्तित राजनीतिक सन्दर्भमा लामाले पदबाट राजीनमा दिएर मार्गप्रशस्त गर्ने अपेक्षा मन्त्रीले नराखेका होइनन् । तर, आफूलाई मन्त्रीले पद त्याग्न खोजाइरहेको रहस्य बुझेपछि लामा मन्त्रीप्रति नै खनिन थालेका छन् अहिले । आफूलाई हटाए अदालत जाने धम्कीसमेत दिन थालेका छन् ।
साता दिनअघिको एउटा कार्यक्रममा त उनले मन्त्रीलाई लल्कारेनन् मात्र, आफूलाई पुष्पकमलले सदस्य–सचिव बनाएका हुँदा उनले भने मात्र पद छाड्नेसमेत बताए । र, अहिले आफूले कुनै पनि हालतमा पद नछाड्ने बताउँदै आएका छन् । कुनै बेला, फिल्म खेल्दा स्क्रिनमा देखाउने खलनायकी चरित्रलाई लामाले अहिले भने वास्तविक जीवनमै देखाउन थालेको हुँदा उनी पर्दाका मात्र होइन, पर्दा बाहिरका पनि खलनायक नै हुन् कि भन्ने आशंका उठ्न थालेको छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
तटीय क्षेत्रका नागरिकको दुःख : नदी तर्न डुंगाकै भर, बाढी आएर लैजाने डर
-
पासाङ ल्हामु शेर्पाको सम्मानमा चन्द्रमाको एक क्रेटर ‘ल्हामू’ नामाकरण
-
पशुपतिनाथ मन्दिर आसपास मासु, मदिरा तथा नशालु पदार्थ बिक्री र सेवन गर्न रोक
-
एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
Leave a Reply