समृद्ध सिन्धुलीबारे बहस
काठमाडौं । सिन्धुली जिल्लालाई समृद्ध र नमुना बनाउने संकल्प जिल्लाका राजनीतिक दलका प्रतिनिधिले गरेका छन् । काठमाडांैमा गएको शनिबार आयोजित ‘नमुना सिन्धुली, समृद्ध सिन्धुली’ विषयक विचार गोष्ठीमा नेकपा (एमाले) नेपाली कांग्रेस र एमाओवादीका नेताहरूले प्रतिबद्धता जनाएका हुन् ।
एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि एमाले सचिव शंकर पोखरेलले राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकिएको हुँदा अबको लडाइँ आर्थिक समृद्धितर्फ केन्द्रित हुनुपर्ने बताए । एमाओवादी नेता हरिबोल गजुरेलले राजनीतिक स्थायित्व नभई आर्थिक क्रान्ति नहुने बताए । उनले सिन्धुली जिल्लालाई समृद्ध बनाउन सबै राजनीतिक पार्टीमा रहेको संकीर्ण भावना हटाउनुपर्ने बताए । उनले बीपी राजमार्ग, पुष्पलाल मार्ग, चतरा–हेटौंडा वैकल्पिक मार्गको संयोजनले सिन्धुलीको विकासमा धेरै सम्भावना रहेको बताए ।
एमाले सभासद् गणेश पहाडीले सिन्धुली जिल्लालाई समृद्ध बनाउन कृषि, पर्यटन, उद्योग र ऊर्जाको विकासमा ध्यान दिनुपर्ने बताए । पहाडीले भने, ‘कोखाजोर खोलाबाट १० मेगावाट विद्युत् उत्पादन गर्न सकिन्छ । फिक्कल–सिन्धुलीगढी–हरिहरपुरगढी ट्रेकिङ रुट बनाई पर्यटनको विकास गर्न सकिन्छ । सिमेन्ट फयाक्ट्री खोल्न सकिन्छ । कृषिलाई व्यावसायिककरण गर्न सकिन्छ ।’
एमाले सिन्धुलीका पूर्वअध्यक्ष कमलजंग राईले कमला नदी र मरिन खोला नियन्त्रण गरे मात्र पनि करिब १० हजार खेतीयोग्य जमिन निस्किने र व्यावसायिक खेती गर्न सकिने बताए । शिक्षाविद् विद्यानाथ कोइरालाले प्राविधिक शिक्षामा जोड दिँदै बेरोजगार उत्पादन हुने शिक्षा होइन, व्यावसायिक शिक्षा हुनुपर्ने बताए ।
स्थानीय विकास अधिकारी धु्रव खड्काले सिन्धुली सम्भावनै सम्भावना भएको जिल्ला भएको बताउँदै राजनीतिक रूपमा सहमति भएमा विकासले गति लिने बताए ।
डा.रेवतीमान श्रेष्ठद्वारा प्रस्तुत कार्यपत्रमाथि एमाले केन्द्रीय सदस्य केशव देवकोटा, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, पूर्वसांसद शंकरनाथ शर्मा, महिला नेतृ उमा कोइराला, सिन्धुली उद्योग वाणिज्य संघका उपाध्यक्ष अमरेशचन्द्र बैदार, एमाओवादी गणतान्त्रिक मञ्चका अध्यक्ष कमल दाहालले टिप्पणी गर्दै विकासका सम्भावनाबारे आफ्ना भनाइ राखेका थिए । सम्पर्क मञ्चका अध्यक्ष ईश्वर आचार्यको अध्यक्षतामा भएको गोष्ठीको टिप्पणीकर्ताको तर्फबाट तारानिधि पोखरेलले टिप्पणी गरेका थिए ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply