सदस्य नै भन्छन्– ‘थाहा छैन’
५ बैशाख, काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक आज ११ बजेका लागि डाकिएको भए पनि मध्यान्ह १२ बज्दा पनि केन्द्रीय सदस्यहरू बैठक बस्छ कि बस्दैन भन्ने अन्योलमा थिए । केन्द्रीय कमिटीमा हाल रहेका १ सय १६ सदस्यमध्ये ११ बज्दासम्म दुई–चार जना मात्र केन्द्रीय कार्यालयको चौरमा भेला भएका थिए । केन्द्रीय कमिटीमा नभए पनि कार्यालयमा पुगेका केही जिल्ला अध्यक्षहरू पार्टीको बेवारिसे शैलीप्रति कटाक्ष गरिरहेका थिए ।
आगामी जेठ २४ देखि ३० गतेसम्मका लागि तोकिएको पार्टीको नवौं महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथिको छलफलका लागि आज ११ बजे बैठक डाकिएको थियो । तर, दस्तावेज मस्यौदा कमिटीले दस्तावेज लेखनको काम नै गरेको छैन भन्ने थाहा पाएपछि आज केन्द्रीय कमिटी बैठक नै बस्दैन भनेर धेरैजसो सदस्य नआएको बुझिएको छ । तर, मध्यान्ह १२ बजे एक्कासि आजै दिउासो २ बजे बैठक बस्ने खबर महासचिव ईश्वर पोखरेलले केन्द्रीय कार्यालयलाई गराएपछि बल्ल अहिलेबाट सदस्यहरू विस्तारै आउने क्रम सुरु भएको छ ।
आजको बैठक केही समय गलफत्तीमै अल्झेर स्थगित हुने बुझिएको छ । बैठकमा केन्द्रीय सदस्यहरूले दस्तावेजको खोजी गर्ने भएका छन् । अचम्म त के छ भने, दस्तावेज मस्यौदा कमिटीमै रहेकाहरू पनि ‘दस्तावेज खोइ ?’ भनेर प्रश्न गर्ने तयारीमा छन् । ३३ सदस्यीय दस्तावेज मस्यौदा कमिटीले अध्यक्ष झलनाथ खनाल र महासचिव ईश्वर पोखरेललाई ०७० चैत मसान्तभित्र दस्तावेज लेखेर मस्यौदा कमिटीमा ल्याउने जिम्मेवारी तोकेको थियो । दस्तावेजको मस्यौदा त्यो कमिटीमा छलफल गराएर मात्र केन्द्रीय कमिटीमा लैजानुपर्ने हुन्छ । तर, महासचिव पोखरेल समूहले दस्तावेज लेखिसकेको र कमिटीमा छलफलसमेत भइसकेको झूटो प्रचार गरेको बुझिएको छ । पोखरेल निकट मानिने एक केन्द्रीय सदस्यले इबुधबारसागको कुराकानीमा भने– ‘दस्तावेजको मस्यौदा कमिटीमा छलफल भइसकेको छ, त्यहााबाट सहमति बनाउने भन्ने हुादैन, अब केन्द्रीय कमिटीमै छलफल हुन्छ ।’
उता दस्तावेज मस्यौदा कमिटीमै रहेका सदस्य एवम् सचिव युवराज ज्ञवाली भने आफूले दस्तावेजको मस्यौदा अहिलेसम्म नदेखेको बताए । उनले भने– ‘म त्यही कमिटीमा छु, कसले, कहाा छलफल गरे, मलाई थाहा छैन । म त आज बैठकमा दस्तावेज खोइ भनेरै सोध्ने तयारीमा छु ।’ उनले २ बजे बैठक बस्ने खबर भर्खर थाहा पाएको तर आफू चाहिं संविधानसभाको मस्यौदा कमिटीको बैठकमा जान थालेको बताए ।
दस्तावेज मस्यौदा कमिटीकै अर्का सदस्य बेदुराम भुसालले पनि दस्तावेजको मस्यौदाबारे आफूलाई केही थाहा नभएको बताए । उनले भने– ‘म पनि त्यही कमिटीमा छु, मलाई नै थाहा छैन । त्यहाा छलफल नगरी केन्द्रीय कमिटीमा लैजानै मिल्दैन, ख्वै के ताल हो, बुझिसक्नु छैन ।’
११ बजे बल्खु पुगेका काठमाडौ जिल्ला कमिटीका अध्यक्ष निर्मल कुइाकेल पनि पार्टीको ताल देखेर आश्चर्य प्रकट गर्दै थिए । उनी भन्दै थिए– ‘आज बैठक भन्छन्, यस्तो छ ताल, कसरी चल्छ पार्टी ?’
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply