पुष्पलाल पुरस्कार भुसाल, थापा र अकेलालाई
काठमाडौं । सरकारले २०७० सालको पुष्पलाल राष्ट्रिय पुरस्कार बेदुराम भुसाल, प्राडा कृष्णबहादुर थापा र डा. गंगाप्रसाद अकेलालाई प्रदान गर्ने निर्णय गरेको छ । विभिन्न तीन विधामा प्रदान गरिने यी पुरस्कारमा भुसाललाई राजनीतिक/सैद्धान्तिक, थापालाई इतिहास र अकेलालाई साहित्य, संस्कृत र विज्ञान विधामा प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि जनही १ लाख रुपियाँ छ ।
सरकारले गत चैत ५ गते पर्यटन तथा संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुबेदीको संयोजकत्वमा पाँच सदस्यीय प्रतिभा छनोट समिति गठन गरेको थियो । मन्त्रिपरिषद्को हिजो बसेको बैठकले समितिको सिफारिसका आधारमा उहाँहरूलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको मन्त्रालयद्वारा हिजो जारी विज्ञप्तिमा जनाइएको छ । बर्रे संघर्षको नेतृत्व गरी १२ वर्षसम्म जेल जीवन बिताएका भुसालले मुलुकको प्रगतिशील राजनीतिक परिर्वतनमा महत्त्वपूर्ण योगदान गर्नुका साथै दर्शनशास्त्र, उग्रवामपन्थता, बहुलवाद र बहुदलीय जनवाद जस्ता कृतिहरूको प्रकाशनमार्फत पुर्याएको योगदानको कदर स्वरूप पुरस्कार दिने निर्णय गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, नेपाली समाजको इतिहास, नेपाली राजनीतिक आन्दोलनको इतिहासको अध्ययन र अनुसन्धानमा लामो समय बिताएका थापाले सामाजिक, आर्थिक र कूटनीतिक इतिहासका बारेमा दर्जनौं पुस्तक प्रकाशनमार्फत योगदान पुर्याएको जनाइएको छ । साहित्य र संस्कृतका क्षेत्रमा चार दशकदेखि सक्रिय अर्का व्यक्तित्व अकेलाले सीतायण र मिथिला संस्कृतिका केही अवलोकनीय पक्ष, शिरीषको फूलको अनुवाद, करिया सुरज अनुवाद, केही लोककथालगायतका पुस्तक प्रकाशन गर्नुका साथै २ हजारभन्दा बढी लेख रचनामार्फत योगदान गरेको विज्ञप्तिमा जनाइएको छ । उहाँहरूलाई यसै आर्थिक वर्षभित्र पुरस्कार प्रदान गरिने जनाइएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply