पत्रकार चुनावमा
काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी शनिवार राजधानीमा आयोजना हुने २४ औं महाधिवेशनका लागि पत्रकारहरु चुनावमा होमिएका छन् । भेला, बैठक र छलफलका अतिरिक्त प्रविधिमा अग्रणी मानिने पत्रकारका उम्मेदवारहरु फेसबुक, इमेल र फोनमार्फत प्रतिनिधिहरुसँग मत माग्न व्यस्त छन् ।
देशभरबाट छानिएका झन्डै १ हजार ६ सय प्रतिनिधिले भाग लिने उक्त महाधिवेशनले आगामी तीन वर्षका लागि महासंघको नयाँ नेतृत्व छान्दै छ । तीन वर्षअघि निर्वाचित अध्यक्ष शिव गाउँलेले कार्यकाल शानदार रुपमा पूरा गर्ने क्रममा आज केन्द्रीय कार्यालयको नवनिर्मित भवनको उद्घाटन गराउँदैछन् । ६ करोड रकम लाग्ने अनुमान गरिएको उक्त भवन गाउँलेको सक्रियताका कारण ४ करोडमै सम्पन्न भएको छ ।
यसपटकको निर्वाचनमा यसअघि महासंघको महासचिव भइसकेका र एक–एक पटक अध्यक्षमा प्रतिस्पर्धा गरिसकेका महेन्द्र विष्ट र पोषण केसी अध्यक्षमा प्रतिस्पर्धा गर्दैछन् । राधा बुढाथोकीले पनि अध्यक्षमा उम्मेदवारी दिन लागेको बुझिएको छ । उनीहरुले आ–आफ्नो टीम बनाएर व्यक्तिगत र संस्थागत रुपमा मत मागिरहेका छन् । पत्रकारहरुबीच चलेको चर्चा अनुसार उपाध्यक्षमा मात्रिका पौडेल, खिलबहादुर भण्डारी, रामजी दाहाल र रमेश विष्ट प्रतिस्पर्धामा उत्रिँदैछन् भने नयाँ व्यवस्था गर्न लागिएको समावेशी उपाध्यक्षमा अहिलेसम्म अनिता बिन्दुको मात्रै नाम सुनिएको छ । यसैगरी, महासचिवमा भुपराज खड्का, जगत नेपाल र उजिर मगर चुनाव लड्न लागेका छन् भने सचिवमा बालकृष्ण बस्नेत, संगीता खड्का, प्रभात चलाउनेलगायतको चर्चा छ । उता कोषाध्यक्षमा राजेश मिश्र, सूर्यमणि गौतम, दीपक पाण्डेलगायतको चर्चा छ ।
केन्द्रीय सदस्यमा दर्जनौं पत्रकारले प्रचार गरिरहेका छन् । उपत्यकाबाट माधव पौडेल, रामहरि सिलवाल, ईश्वरी वाग्ले, कृष्णकुमार श्रेष्ठ, शिरोमणि ढुंगाना, भुपेन्द्र आचार्य, कमल गुरुङ, युवराज विद्रोही, बैकुण्ड भण्डारी, अस्मिता भण्डारीलगायतको चर्चा छ । महिलाबाट पवनवर्षा शाह, निलिफा सुब्बा, सरिता ढकाल, सलोजा दाहाल, प्रतिमा बाँस्कोटालगायत प्रतिस्पर्धामा छन् । यसैगरी, जनजातितर्फ लक्की चौधरी, मोहनसिंह लामालगायत छन् भने प्रतिष्ठानबाट रोहित दाहाल, सुरज आचार्य, रोशन पुरी, सुबोध गौतम, नारायण अर्याल, सुनील दाहाललगायत छन् ।
यसपटक पत्रकारका संगठनहरुमध्ये पहिलो नम्बरमा रहेको प्रेस चौतारीले आफूभन्दा आधा मत पनि नरहेको क्रान्तिकारी पत्रकार संघलाई बहुमत पदाधिकारी र एक्लै लड्दा पनि जित्ने ठाउँमा समेत केन्द्रीय सदस्य दिएका कारण असन्तुष्टि देखिएको छ । जबकि, अघिल्लो पटकभन्दा चौतारी बलियो छ भने क्रान्तिकारी फुटेर दुई भएको छ । उम्मेदवार छनोटमा क्षेत्र र गुट विशेष हावी भएपछि पत्रकारहरु आक्रोशित बनेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply