यस्ता पनि व्यवसायी !
काठमाडौं । व्यवसाय गर्न खोज्नेहरूले बैंक वा वित्तीय संस्थाहरूबाट ऋण लिएर व्यवसाय थालनी गर्नु स्वाभाविक कुरा हो । हरेक व्यवसायीले आफ्नो व्यवसायलाई आवश्यक पर्ने ऋण वित्तीय संस्थाहरूबाट लिनु र वित्तीय संस्थाहरूले पनि व्यवसाय हेरेर ऋण प्रवाह गरिनु सामान्य कुरा हो ।
तर, नेपालका एक जना प्रतिष्ठित उद्योगी एवम् नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भइसकेका एक जना व्यक्तिले भने अहिले विभिन्न बैंकहरूबाट लिएको ऋणको अंक हेर्दा भने आश्चर्य उत्पन्न हुन्छ । ती उद्योगपतिले लाखौं, करोडौं होइन, विभिन्न बैंकहरूबाट हजार अंकसम्मका ऋण लिएर आफ्नो समस्या टारिरहेको बुझिएको छ । महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी अहिले विभिन्न बैंकहरूबाट थोरबहुत ऋण बटुल्दै हिँडिरहेको बताइन्छ ।
केही समयअघि उनले ग्रान्ड बैंक लिमिटेडबाट १ लाख ३० हजार रुपियाँ ऋण लिएको स्रोतले बताएको छ । उक्त ऋण उनले छोराछोरी पढाउनका लागि शैक्षिक ऋणअन्तर्गत लिएको बुझिएको छ । त्यसरी नै, उनले अरु बैंकहरूसित पनि ५० हजार रुपियाँसम्म ऋण लिएको थाहा हुन आएको छ । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको अध्यक्षसमेत रहेका जोशी पछिल्लो समयमा हेटौंडा–काठमाडौं फास्ट ट्रयाकका कारण पनि समस्यामा फस्दै गइरहेको बताइन्छ । कामभन्दा पनि हल्लाखल्ला गर्ने प्रवृत्तिका जोशी फास्ट ट्रयाकका मुख्य लगानीकर्ताहरूले छाडेपछि समस्याको चंगुलमा पर्न थालेका हुन् ।
उनको कार्यशैली देखेपछि केही समयपहिले फास्ट ट्रयाकका मुख्य लगानीकर्तामध्ये एक कालिका कन्स्ट्रक्सनले हात झिकेको थियो । उक्त कन्स्ट्रक्सनका मालिक निर्माण व्यवसायी एवम् सभासद् विक्रम पाण्डे हुन् । केही लगानीकर्ता बाहिरिए पनि जोशीले फास्ट ट्रयाकका नाममा काठमाडौंको ट्रेड टावरमा कार्यालय खोलेर महँगो तलब दिई कर्मचारीहरू राख्न भने छाडेका छैनन् । फास्ट ट्रयाकको निर्माण कम्पनी नेपाल पूर्वाधार विकास कम्पनी उनले आफ्ना आफन्त र आसेपासेहरूले भरेका छन् ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply