शेर्पा संघमा पासाङ
काठमाडौं । आगामी शुक्रबार आयोजना हुने शेर्पाहरूको साझा संस्था नेपाल शेर्पा संघको पाँचौं महाधिवेशनमा राजनीतिक दलसमेत तानिएका छन् । संघको नेतृत्व हात पार्ने हिसाबले दलसम्बद्ध शेर्पाहरू दौडधुपमा लागेपछि उनीहरू स्वत: सक्रिय भएका हुन् ।
अहिलेको ५७ सदस्यीय कार्यसमितिमा अध्यक्ष पेमाछिरी लामा र महासचिव नाम्गेल शेर्पालगायत एमाओवादी निकटले जितेका थिए । करिब ११ सय मतदाता रहेको संघमा अघिल्लो पटक एमालेका उम्मेदवार कृर्पाशुर शेर्पाले भोगेको पराजयको बदला लिने गरी तयारी चलिरहेको छ ।
‘भर्खरै जंगलबाट आएकाले त्यो बेला माओवादी प्रभाव निकै बलियो थियो’– अभियानमा सक्रिय एक नेताले भने– ‘सोही प्रभावले पेमाछिरीले जिते पनि यस पटक भने एमाले समर्थित उम्मेदवार पासाङ शेर्पा सबैभन्दा बलियो रूपमा देखापरेका छन् ।’
पृथ्वीसुब्बा गुरुङ अध्यक्ष रहेको नेपाल लोकतान्त्रिक आदिवासी–जनजाति महासंघले शेर्पा संघको निर्वाचनमा पासाङलाई पार्टीका तर्फबाट उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । शेर्पाहरूको छाता संस्थामा सुखदु:खका साथीका रूपमा परिचित पासाङ शेर्पा समुदायमा लोकप्रिय नेता हुन् । उनले शेर्पा संघलाई सामाजिक न्यायको सिद्धान्त अनुरूपको जनजाति आन्दोलनको प्रमुख हिस्सेदारको रूपमा रूपान्तरण गर्ने आफ्नो मुख्य एजेन्डा रहेको बताए । ‘जातीय अतिवादी, विसर्जनवादी र यथास्थितिवादीको बोलवाला रहेको बेला संघलाई विशुद्ध शेर्पाहरूको छाता संघका रूपमा विकास गर्नेछु’– पासाङले भने ।
यस पटक एमाले, कांग्रेस र राप्रपासहितको एमाओवादी गरी तीन समूहबीच प्रतिस्पर्धा हुने बताइएको छ । एमाओवादीले आफ्नो पक्षमा राम्रो र उपयुक्त मान्छे नभेटिएपछि राप्रपाका कार्यकर्ता अघि सारेर तालमेल गर्न लागेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply