पुष्कर रित्तै फिर्ता
काठमाडौं । वैदेशिक रोजगार विभागको सुधारका लागि आक्रामक योजना पेस गरेपछि विभाग सुधार्न उनैलाई जिम्मा दिइए पनि महानिर्देशक कृष्णहरि पुष्कर विभागबाट रित्तो हात बिदा भएका छन् ।
सुझाव दिए अनुसार सुधार ल्याउने अपेक्षा गरेर सरकारले श्रम विभागमा रहेका पुष्करलाई विभागमा ल्याए पनि तीन महिनाको बीचमा खासै सुधार हुन सकेन । तीन महिनाका लागि महानिर्देशकको जिम्मेवारी पाएका पुष्करको सोमबारबाट म्याद सकिएको छ । विभागमा सोचेजस्तो परिवर्तन ल्याउन नसकेपछि निराश हुँदै कमै मात्रामा आउने गरेका पुष्कर सोमबार भने कार्यालय आएका थिए । अर्को महिना अध्ययनका लागि अमेरिका जान लागेका उनले सेवाग्राहीहरूलाई खासै सन्तुष्ट पार्न नसक्दा आफैं पनि सन्तुष्ट छैनन् ।
पूर्णचन्द्र भट्टराईलाई माथ गर्नेगरी काम गर्ने अपेक्षा राखिए पनि सहयोग नै नपाएपछि उनले खास काम गर्न नसकेको बताइन्छ । यसबीचमा दैनिक हजारौं सेवाग्राही अलमलमा पर्ने गरेका थिए । ंकर्मचारीहरूको सानोभन्दा सानो काम पनि सजिलोसँग नगरिदिएपछि सेवाग्राहीहरू रुष्ट हुँदै आएका थिए ।ं पुष्कर दिनभर बाहिर व्यस्त हुने गरेका कारण महत्त्वपूर्ण फाइलहरू लेखा अधिकृत र प्रशासनका अधिकृतहरूले महानिर्देशकको घर वा मन्त्रालयमा नै गएर सदर गराउने बाध्यता यसबीचमा कर्मचारीलाई आइपरेको थियो । सरकारले सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरे पनि आधिकारिक रूपमा पत्र नबुझिसकेको उनले बताए । महार्निेशककै असहयोगका कारण विभागका अधिकृतहरू बाबुलाल रेग्मी, ज्ञाननाथ ढकाललगायत अन्य तीन जना मन्त्रालयमा काजमा सरुवा भएर गएको अन्य कर्मचारीको आरोप छ ।
अनावश्यक दबाब नसहँदा नेपाली कांग्रेस डँडेल्धुराका सभापति कर्णबहादुर मल्लले महानिर्देशक पुष्करमाथि हातपातको प्रयाससमेत गरेका थिए । पुष्करले आवश्यक जनशक्तिको अभावमा विभागको कामले गति दिन नसकेको बताए । विभागमा १ सय ६० दरबन्दी भए पनि दैनिक करारसमेत गरी ९० जनाले मात्र काम गरिरहेका छन् । त्यसमध्ये ठूलो संख्यामा कर्मचारी बिदामा बस्ने गरेकाले काममा समस्या आएको स्रोतको दाबी छ । पुष्करले कामको बाँडफाँड र देश अनुसार कामको सहजीकरण गर्न विभिन्न मुलुकका छुट्टै शाखा स्थापना गराएका थिए । पुष्करको पदावधिभरि पूर्वस्वीकृतिदेखि अन्तिम स्वीकृति शाखासम्मको काम प्रभावित भएको थियो । प्रतिवेदनमा उनले दिएको सुझाव अनुसार कुनै काम नभएको गुनासो छ । सो अवधिमा अरू समय ३ दिनमा हुने काम १२ दिनभन्दा बढी लागेको बताइन्छ । अभिमुखिकरण, विभिन्न मुद्दा, पुन: श्रम स्वीकृतिलगायतका काम लिएर विभागमा जानेहरूले दिनहुँ पैसा खर्च गरिरहनुपरेको छ । ‘पूर्व र अन्तिम शाखामा पनि पैसा नभई काम हँुदैन’– एक सेवाग्राहीले भने– ‘एक दुई दिन सुधारिएको जस्तो भए पनि अहिले उही ताल छ ।’
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
-
कान्तिपुरविरुद्ध रविको उजुरी
-
किराँतीलाई मन्त्रीबाट बर्खास्त गर्न कमल थापाको माग
Leave a Reply