दिन घर्किदै, तालिका धकेलिादै
जम्मा ३५ दिन बाँकी
काठमाडौं । महाधिवेशनका लागि आवश्यक तयारीमा कुनै गति नआए पनि नेकपा (एमाले)को नवौं महाधिवेशन तोकिएकै मितिमा हुने भन्दै नेता–कार्यकर्ता आ–आफ्नो गुटका काममा सक्रिय भएका छन् । महाधिवेशनको तयारीमा देखिएको सुस्तताले समयमा महाधिवेशन हुनेमा आशंका जन्मिएका बेला मध्य वर्षामा असार १९ गतेदेखि २५ गतेसम्म महाधिवेशन गर्ने निर्णयले आशंका जन्माइरहेको छ ।
अध्यक्ष झलनाथ खनाल चीन भ्रमणमा जानुअघि वैशाख २१ मा बसेको केन्द्रीय कमिटीको सत्ताइसौं बैठकले पूर्वनिर्धारित मितिलाई २५ दिन पछाडि सार्ने निर्णय गरेको थियो । यसअघि फागुन १० देखि २१ सम्म चलेको केन्द्रीय कमिटीको २६औं बैठकले महाधिवेशन जेठ २४ देखि ३० गतेसम्म गर्ने निर्णय गरेको थियो । तर, महाधिवेशन तयारीका सन्दर्भमा त्यतिबेला बनाएको तालिका अनुसार कुनै काम नभएपछि मिति पछि सारिएको थियो । अचम्म त के छ भने अब महाधिवेशन आउन ३५ दिन मात्र बाँकी छ तर अघिल्लो केन्द्रीय कमिटी बैठकमा तयारी नपुगेको भनिए पनि त्यसयता थप कुनै काम भएको छैन । कार्यतालिका अनुसार एक महिना अगाडि नै सक्नुपर्ने तयारीका काम अझै बाँकी छन् ।
आजबाट केन्द्रीय कमिटीको २८औं बैठक सुरु हुँदैछ । अघिल्लो केन्द्रीय कमिटी बसेयताका २० दिनमा नयाँ काम अरू केही भएको छैन । भएको भनिएको एउटा मात्र काम अध्यक्षको राजनीतिक प्रतिवेदनको मस्यौदामा मस्यौदा कमिटीमा सहमति हो । पूर्वतालिका अनुसार यो काम चैत मसान्तभित्रै सकिनुपथ्र्याे । यो प्रतिवेदनलाई वैशाख १० मै केन्द्रीय कमिटीले अन्तिम रूप दिने भनिए पनि बल्ल ३४ दिनपछि आज केन्द्रीय कमिटीमा छलफलमा जाँदैछ । यसलाई छपाएर तलका कमिटीसम्म पुर्याउँदा महाधिवेशन नै आइसक्ने देखिन्छ ।
विधान र सांगठनिक प्रतिवेदन लेखनको जिम्मा लिएका महासचिव ईश्वर पोखरेलले कामप्रति हेलचक्र्याइँ गरिरहेकाले सबै काम जाम भएको सदस्यहरू नै बताउँछन् । यी दुवै प्रतिवेदनलाई राजनीतिक प्रतिवेदनसँगै टुंग्याउनुपर्ने हुन्छ र यी प्रतिवेदन पनि आजबाट बस्ने केन्द्रीय कमिटीबाट अनुमोदन गराउनुपर्ने हुन्छ । केन्द्रीय कमिटीमा लैजानुअघि मस्यौदा कमिटीमा छलफल चलाउनुपर्ने व्यवस्था छ । तर, यी दुवै प्रतिवेदन आजसम्म मस्यौदा कमिटीमा आएका छैनन् । छिटोभन्दा छिटो महाधिवेशन गर्नुपर्ने भन्दै बाहिर चर्का कुरा गर्ने तर जिम्मेवारीप्रति हेलचक्र्याइँ गर्नुका पछाडि गलत नियत लुकेको हुनसक्ने अनुमान गरिएको छ ।
पार्टीको सांगठनिक चरित्र कस्तो बनाउने भन्ने कुरा सांगठनिक प्रतिवेदनमा उल्लेख हुन्छ । महाधिवेशनमा अध्यक्षका प्रत्यासी घोषणा गरिएका केपी ओली समूहले अहिलेको विधानमा हुँदै नभएको वरिष्ठ उपाध्यक्ष र उपमहासचिवको पद पनि बाँडिसेका छन् । त्यही कारण प्रतिवेदनमा यी पद पनि राखेर धेरै छलफल नचलाई हारहुरमा प्रतिवेदन पास गराउने दाउमा ओली समूह रहेको बताइन्छ । तर, उनीहरूको यस्तो प्रयास कुनै हालतमा पूरा नहुने सचिव युवराज ज्ञवाली बताउनुहुन्छ । ‘वरिष्ठ उपाध्यक्ष र उपमहासचिवका कुरा पनि बाहिर प्रचारमा आएका छन् तर यस्तो कुनै हालतमा हुँदैन’– सचिव ज्ञवालीले भन्नुभयो– ‘उपाध्यक्ष र सचिव तीन जना नै गर्ने कि पाँच बनाउने चाहिँ छलफल हुनसक्छ ।’
अध्यक्षको राजनीतिक प्रतिवेदनको मस्यौदा भने अहिले धमाधम उपलब्ध केन्द्रीय सदस्यहरूलाई अध्ययनका लागि बाँड्ने काम भइरहेको सचिव ज्ञवालीले बताउनुभयो । तयारी जतिसुकै सुस्त भए पनि अब महाधिवेशन नसर्ने पनि ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले विचारको छलफलका लागि पनि केही पर सारौं भनेर विगतमा निकै जोड गरेका थियांै, तर केही साथीहरूले मान्दै मान्नुभएन, अब चाहिँ तोकिएकै मितिमा हुन्छ ।’ केन्द्रीय सदस्य योगेश भट्टराईले पनि अब महाधिवेशन सर्ने कुनै गन्जायस नभएको बताउनुभयो ।
संगठित सदस्यता नवीकरणको काम भने अहिले अन्तिम चरणमा पुगेको संगठन विभाग प्रमुखसमेत रहनुभएका ज्ञवालीले बताउनुभयो । उहाँलेभन्नुभयो–‘सबै जिल्लाबाट सदस्यता नवीकरण भएर आइसकेको छ, अहिले हामी त्यसलाई रुजु गरेर अन्तिम रूप दिइरहहेका छौं, यो कामले महाधिवेशनलाई प्रभावित पार्दैन ।’ प्रारम्भिक अनुमानलाई आधार मान्दा अहिलेसम्म संगठित सदस्य साढे दुई लाख तीन लाखको बीचमा पुग्ने पनि ज्ञवालीले बताउनुभयो ।
महाधिवेशनका सन्दर्भमा व्यवस्थापकीय काम र त्यस सन्दर्भमा कुनै भेला बैठक नभए पनि गुटका भेलाहरू भने दिनहँुजसो भइरहेका छन् । अध्यक्षका प्रत्यासी माधव नेपाल समूहले राजनीतिक प्रतिवेदन छलफलका लागि तल जाने समय घर्केपछि त्यसैको आधारका विकास क्षेत्रस्तरीय भेलामार्फत वैचारिक बहस अगाडि बढाएको छ भने केपी विचार होइन जतिसक्दो छिटो महाधिवेशन भन्दै हुटहुटी चलाउने ओलि समूह हुादै नभएका पद खडा गरेर नेताको व्यवस्थापनमा तल्लीन छ ।
सम्बन्धित समाचार
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
-
प्रधानमन्त्री ओलीलाई मुकुल ढकालको १५ बुँदे सुझाव
-
अडानबाट पछि हटे हर्क साम्पाङ
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
भारतीय विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै
-
दस लाख खर्चेर पञ्चायत घर जीर्णोद्धार
Leave a Reply